ओली आजै यसरी बन्दैछन ४१ औ प्रधानमन्त्री,४ बजे सपथ खाने यस्तो छ तयारी



 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न दाबी पेश गर्दै वाम गठबन्धनका शीर्ष नेताहरुले केहीबेरमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने भएका छन्।

सरकार गठनका लागि कम्युनिस्ट गठबन्धनको स्पष्ट बहुमत भएको दाबी गर्दै गठबन्धनमा रहेका नेकपा एमाले र माओवादी केन्द्रबाट हस्ताक्षरसहित राष्ट्रपतिलाई दाबी पेश गर्न लागिएको एमाले नेता कृष्णगोपाल श्रेष्ठले बताए।

निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको नतिजा बुधबार साँझ अबेर राष्ट्रपतिलाई बुझाएपछि सरकार गठनको बाटो सहज बनेको हो।

सरकार गठनका लागि बहुमतसहितको हस्ताक्षरपत्र बुझेसँगै राष्ट्रपति भण्डारीले आजै ओलीलाई प्रधानमन्त्री नियुक्ति गर्नेछिन्। ‘दिउँसो ४ बजे सपथ ग्रहणको कार्यक्रम तय भएको छ,’ राष्ट्रपति कार्यालय स्रोतले भन्यो।

प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेता अथवा दुई वा त्योभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रतिनिधिसभा सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ।

यसैबीच पार्टी एकीकरणका लागि श्रृंखलाबद्ध बैठक गरिरहेका नेकपा एमाले र माओवादी केन्द्रबीच सात बुँदे सहमतिको मस्यौदा तयार भएको छ। बुधबार दिउँसो पार्टी एकीकरणको लागि यिनै बुँदामा अाधारित भएर नेताहरूले ९५ प्रतिशत काम सिध्याएका छन्।

बुधबार मस्यौदा गरिएको सहमतीअनुसार पार्टीका दुई अध्यक्षमध्ये प्रचण्ड कार्यकारी र ओली सेरेमोनियल हैसियतमा रहनेछन्। राष्ट्रपति, प्रधानमन्त्री र उपसभामुख एमालेबाट हुनेछन् भने सभामुख र उपराष्ट्रपति माओवादीबाट।

ती सात बुँदामा एकीकृत पार्टीमा केपी शर्मा ओली र पुष्पकमल दाहालको बराबर हैसियत हुने उल्लेख छ। यसमा केही तलमाथि गरेर बिहीबार दुवै दलले पार्टी एकीकरणकाे निर्णय गर्ने तयारी गरेकाे स्राेतले बतायाे।

प्राप्त अहिलेसम्म सार्वजनिक नभएका पार्टी एकीकरणका ७ बुँदे मस्याैदा यी हुन् :

१. एकीकृत पार्टीमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को समान हैसियत हुने। प्रचण्ड कार्यकारी अधिकारसहित अध्यक्ष हुनेछन् भने ओली प्रधानमन्त्री हुने भएकाले ‘सेरेमोनियल’ अध्यक्ष रहने छन्।

२. अध्यक्ष र प्रधानमन्त्रीमा आलोपालो गर्ने सुरुकै सहमति अनुसार पाँच वर्षे कार्यकालमा दुवै आधा–आधा सयम (साढे २ वर्ष ओली र साढे २ वर्ष प्रचण्ड) प्रधानमन्त्री हुनेछन्।

३. एकतापछि पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहने।

४. एकीकृत पार्टीको राजनीतिक दर्शन माक्र्सवाद र लेनिनवाद रहने।

५. एकता महाधिवेशनसम्म पार्टीको समाजवाद उन्मुख राजनीतिक कार्यदिशा निर्माण र संगठनात्मक संरचनाबारे गृहकार्य गर्न दुई कार्यदल बनाउने।

६. दुई अध्यक्षबाहेक बहुपद सृजना नगर्ने। एकसय भन्दा कमको केन्द्रीय समिति बनाउने।

७. राष्ट्रपति र उपसभामुख एमालेलाई, उपराष्ट्रपति र सभामुख माओवादी केन्द्रलाई।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री स्वदेश नफर्किँदासम्म रविलाई पक्राउ नगरिने

      प्रहरी स्रोतले पूर्वगृहमन्त्री लामिछानेलाई आजभोलि नै पक्राउ गर्ने सम्भावना नरहेको

दुर्गा प्रसाईको पक्राउविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन

     मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउको विरोधमा आज पनिविरोध प्रदर्शन भएको छ

बालेन प्रवृत्ति निरंकुश भयो, तानाशाह लाद्न खोजियो : अध्यक्ष निरौला

    नेकपा  एमाले काठमाडौंका अध्यक्ष दीपक निरौला बालेनको कार्यशैलीप्रति रुष्ट बन्नु भएको छ

कुलेखानी-सिस्नेरी सडक १२ दिन बन्द

  दक्षिणकाली-छैमले सडक कालोपत्रे गर्नका लागि हेटौँडा-काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडक १२ दिन