देउवाले ११ बजे राष्ट्रका नाममा सम्बोधन गर्दै राजिनामा दिने,ओली प्रधानमन्त्री बनाउन वाम गठबन्धनका शीर्ष नेता शीतल निवास जाँदै



प्रधानमन्त्री शेरबहादुर देउवाले आजै पदबाट राजीनामा दिने भएका छन्।
केहीबेरमा बस्ने मन्त्रिपरिषद् बैठकपछि बिहान ११ बजे राष्ट्रका नाममा सम्बोधन गरी प्रधानमन्त्रीले राजीनामा दिन लागेको उनका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए।

प्रधानमन्त्री देउवा नेतृत्वको मन्त्रिपरिषद्को अन्तिम बैठक केहीबेरमा बालुवाटारमा बस्दै छ। उनले बुधबार नै राजीनामा दिने बताइए पनि निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको मतपरिणाम राष्ट्रपति कार्यालयमा साँझ अबेर मात्र बुझाएकाले रोकिएको थियो।

देउवा २०७४ जेठ २३ गते चौथोपटक प्रधानमन्त्रीमा नियुक्त भएका थिए।
उनले आजै सरकारी निवास बालुवाटार छोड्दैछन्। सरकारी निवास छाडेपछि उनी निजी निवास बूढानीलकण्ठ जानेछन्।
उता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न दाबी पेश गर्दै वाम गठबन्धनका शीर्ष नेताहरुले केहीबेरमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने भएका छन्।

कम्युनिस्ट गठबन्धनले सरकार गठनका स्पष्ट बहुमत भएको दाबी गर्दै गठबन्धनमा रहेका नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डसहितका केही शीर्ष नेता शीतल निवास जाने भएका हुन्।

निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको नतिजा बुधबार साँझ अबेर राष्ट्रपतिलाई बुझाएपछि सरकार गठनको बाटो सहज बनेको हो। राष्ट्रपतिल भण्डारीलाई आजै ओलीलाई प्रधानमन्त्री नियुक्ति गर्ने तयारी भएको स्रोतले जनाएको छ।

प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेता अथवा दुई वा त्योभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रतिनिधिसभा सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ।
त्यस्तै प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आज पद तथा गोपनीयताको शपथग्रहण गर्ने भएका छन्।

दिउँसो ३ बजे विराटनगरमा रहेको वीरेन्द्र सभागृहमा शपथग्रहणको तयारी भइरहेको १ नं प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङले राईलाई हिजो मुख्यमन्त्रीको नियुक्तिपत्र प्रदान गरेका थिए।

राई नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। मुख्यमन्त्री राईले शपथग्रहण गरेलगत्तै आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन्।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री स्वदेश नफर्किँदासम्म रविलाई पक्राउ नगरिने

      प्रहरी स्रोतले पूर्वगृहमन्त्री लामिछानेलाई आजभोलि नै पक्राउ गर्ने सम्भावना नरहेको

दुर्गा प्रसाईको पक्राउविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन

     मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउको विरोधमा आज पनिविरोध प्रदर्शन भएको छ

बालेन प्रवृत्ति निरंकुश भयो, तानाशाह लाद्न खोजियो : अध्यक्ष निरौला

    नेकपा  एमाले काठमाडौंका अध्यक्ष दीपक निरौला बालेनको कार्यशैलीप्रति रुष्ट बन्नु भएको छ

कुलेखानी-सिस्नेरी सडक १२ दिन बन्द

  दक्षिणकाली-छैमले सडक कालोपत्रे गर्नका लागि हेटौँडा-काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडक १२ दिन