ओली र प्रचण्डको गोप्य बैठक फेरी शुरु,आजै पार्टी एकता टुंगिने भने पनि यस्तो आयो पछिल्लो अपडेट



हाम्रो इकोनोमि

एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पुनः ‘वान टु वान’ वार्ता सुरु भएको छ । दुवै नेताले पार्टी एकता र सरकार गठनबारे भएको प्रगतिबारे आ–आफ्नो पार्टीमा आन्तरिक छलफल गरेपछि पुनः वार्तामा जुटेका हुन् ।

भर्खरै सकिएको एमालेको आकस्मिक स्थायी समिति बैठकले ओली एमाले माओवादीबीच आलोपालो सरकारको नेतृत्व गर्ने विषयमा भएकाे समझदारीकाे बारेमा व्रिफिङ गरेका थिए ।

सरकारको नेतृत्व पहिला कसले गर्ने भन्ने विषयमा दुई पार्टीबीच टुंगिन नपाउँदै एमालेको स्थायी समिति बैठकले प्रधानमन्त्रीकोरुपमा ओलीलाई अगाडि बढाउने निर्णय गरेको छ ।

वाम गठबन्धनका नेताकाअनुसार पार्टी एकताको मोडालिटी र सरकार गठनका बारेमा आजै टुंग्याउने गरी छलफल भइरहेको बताए । उनका अनुसार ओली-प्रचण्डबीचको बैठकले सो बारे धारणा बनाउने र बाँकी छलफलका लागि पार्टी एकता संयोजन समितिको बैठमा पेस हुनेछ ।
आज नै पार्टी एकताको मोडालिटी र नयाँ सरकार गठनका बारेमा बिबाद टुंगो लगाउने गरी छलफल अघि बढिरहेको उनले जानकारी दिए ।

 

एमाले र माओवादीबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको एमालेले स्वीकार गरेको छ।

आकस्मिक रुपमा बसेको पार्टीको स्थायी समिति बैठकपछि पत्रकारहरुलाई जानकारी दिँदै एमाले नेता सुरेन्द्र पाण्डेले भने, ‘आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको हो तर त्यसको मोडल टुंगो लाग्न बाँकी छ। पाण्डेले कसले पहिले नेतृत्व गर्ने, कति समयसम्म गर्ने लगायतका कुरा एकता संयोजन समितिको बैठकले टुंगो लगाउने बताए। यसअघि एमालेका नेताहरुले आलोपालो सरकारको नेतृत्व गर्ने कुरालाई अस्वीकार गर्दै आएका थिए।

दुई अध्यक्षात्मक प्रणालीमा पनि सहमति भएको पाण्डेले जानकारी दिए।

दुई पार्टीबीचको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको एमालेले निष्कर्ष निकालेको छ।

बैठकले पार्टी एकताका प्रधानमन्त्रीको रुपमा अध्यक्ष केपी शर्मा ओलीलाई अघि सार्ने निर्णय पनि गरेको छ।

आज बिहान ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफलपछि आकस्मिक रुपमा दुवै पार्टीको बैठक बसेको हो। माओवादीले भने एमालेसँग भएका मौखिक सहमतिलाई लिखित रुपमा टुंगो लगाउन अध्यक्ष प्रचण्डलाई जिम्मा दिएको छ।

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...