ओली र प्रचण्डको गोप्य बैठक फेरी शुरु,आजै पार्टी एकता टुंगिने भने पनि यस्तो आयो पछिल्लो अपडेट



एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पुनः ‘वान टु वान’ वार्ता सुरु भएको छ । दुवै नेताले पार्टी एकता र सरकार गठनबारे भएको प्रगतिबारे आ–आफ्नो पार्टीमा आन्तरिक छलफल गरेपछि पुनः वार्तामा जुटेका हुन् ।

भर्खरै सकिएको एमालेको आकस्मिक स्थायी समिति बैठकले ओली एमाले माओवादीबीच आलोपालो सरकारको नेतृत्व गर्ने विषयमा भएकाे समझदारीकाे बारेमा व्रिफिङ गरेका थिए ।

सरकारको नेतृत्व पहिला कसले गर्ने भन्ने विषयमा दुई पार्टीबीच टुंगिन नपाउँदै एमालेको स्थायी समिति बैठकले प्रधानमन्त्रीकोरुपमा ओलीलाई अगाडि बढाउने निर्णय गरेको छ ।

वाम गठबन्धनका नेताकाअनुसार पार्टी एकताको मोडालिटी र सरकार गठनका बारेमा आजै टुंग्याउने गरी छलफल भइरहेको बताए । उनका अनुसार ओली-प्रचण्डबीचको बैठकले सो बारे धारणा बनाउने र बाँकी छलफलका लागि पार्टी एकता संयोजन समितिको बैठमा पेस हुनेछ ।
आज नै पार्टी एकताको मोडालिटी र नयाँ सरकार गठनका बारेमा बिबाद टुंगो लगाउने गरी छलफल अघि बढिरहेको उनले जानकारी दिए ।

 

एमाले र माओवादीबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको एमालेले स्वीकार गरेको छ।

आकस्मिक रुपमा बसेको पार्टीको स्थायी समिति बैठकपछि पत्रकारहरुलाई जानकारी दिँदै एमाले नेता सुरेन्द्र पाण्डेले भने, ‘आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको हो तर त्यसको मोडल टुंगो लाग्न बाँकी छ। पाण्डेले कसले पहिले नेतृत्व गर्ने, कति समयसम्म गर्ने लगायतका कुरा एकता संयोजन समितिको बैठकले टुंगो लगाउने बताए। यसअघि एमालेका नेताहरुले आलोपालो सरकारको नेतृत्व गर्ने कुरालाई अस्वीकार गर्दै आएका थिए।

दुई अध्यक्षात्मक प्रणालीमा पनि सहमति भएको पाण्डेले जानकारी दिए।

दुई पार्टीबीचको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको एमालेले निष्कर्ष निकालेको छ।

बैठकले पार्टी एकताका प्रधानमन्त्रीको रुपमा अध्यक्ष केपी शर्मा ओलीलाई अघि सार्ने निर्णय पनि गरेको छ।

आज बिहान ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफलपछि आकस्मिक रुपमा दुवै पार्टीको बैठक बसेको हो। माओवादीले भने एमालेसँग भएका मौखिक सहमतिलाई लिखित रुपमा टुंगो लगाउन अध्यक्ष प्रचण्डलाई जिम्मा दिएको छ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री स्वदेश नफर्किँदासम्म रविलाई पक्राउ नगरिने

      प्रहरी स्रोतले पूर्वगृहमन्त्री लामिछानेलाई आजभोलि नै पक्राउ गर्ने सम्भावना नरहेको

दुर्गा प्रसाईको पक्राउविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन

     मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउको विरोधमा आज पनिविरोध प्रदर्शन भएको छ

बालेन प्रवृत्ति निरंकुश भयो, तानाशाह लाद्न खोजियो : अध्यक्ष निरौला

    नेकपा  एमाले काठमाडौंका अध्यक्ष दीपक निरौला बालेनको कार्यशैलीप्रति रुष्ट बन्नु भएको छ

कुलेखानी-सिस्नेरी सडक १२ दिन बन्द

  दक्षिणकाली-छैमले सडक कालोपत्रे गर्नका लागि हेटौँडा-काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडक १२ दिन