क्यानडाले नेपाललाई दियो एक सय ९५ रनको लक्ष्य



हाम्रो इकोनोमि

नामिबियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले क्यानडाबाट १९४ रनको लक्ष्य पाएको छ।

नामिबियामा जारी जित्नैपर्ने खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि क्यानडाले पूरै ओभर खेल्दै एक सय ९४ रन बनाएको हो। क्यानडाका लागि सर्वाधिक श्रीमन्थ विजेरत्नले एक सय ५२ बलमा १०३ रन बनाए। ओपनर ब्याट्सम्यान श्रीमन्थ नटआउट शतकीय पारी खेल्न सफल भएका हुन्।

क्यानडाले पूरा ओभर खेल्दा नेपालले आठ विकेट लियो । अन्तिम विकेट नेपालले ४४ ओभरको दोस्रो बलमा लिएको हो । बसन्त रेग्मीले ४४ औँ ओभरमा विकेट लिएपछि नेपालले थप विकेट लिन सकेन । बसन्त रेग्मीले नै ४२ औँ ओभरमा सातौं विकेट लिएका थिए ।

त्यसअघि ४१ औँ खोभरको समाप्तिमा नेपालले छैटौं विकेट लिएको थियो । ४१ ओभरमा शरद भेषावकरले नेपालका लागि छैटौं विकेट लिए । यसअघि ३५ औं ओभरमा नेपालले पाँचौं विकेट लिएको थियो । करण केसीले नेपालका लागि पाँचौं विकेट लिएका थिए । २६ ओभरको चौथो बलमा नेपाललाई चौथो सफलता प्राप्त भएको थियो । क्यानडाका एमएस धलिवाललाई २६ बलमा चार रनमै बसन्त रेग्मीले आउट गरेका थिए ।

१७ औं ओभरको अन्तिम बलमा सन्दीप लामिछानेले क्यानडाका डिएन पथिरानालाई आउट गरेर नेपालका लागि तेस्रो विकेट लिएका थिए ।

क्यानडाले १३ ओभरका दोस्रो बल खेल्दा दुई विकेट गुमाएको थियो । नेपालका लागि दोस्रो विकेट सन्दीप लामिछानेले लिएका थिए । सन्दीप लामिछानेको बलमा ज्ञानेन्द्र मल्लले क्याचआउट गरेका थिए ।

१० ओभरमा नेपालले पहिलो विकेट लिएको थियो । बसन्त रेग्मीको बलमा रोहित पौडेलले आर गुनासेकरालाई क्याचआउट गरेर पहिलो विकेट लिएका थिए । नेपालले केही बेरमा जवाफी ब्याटिङ गर्ने छ । डिभिजन १ मा पुग्न नेपालले आजको खेल जित्नै पर्नेछ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न हुन्न : योगेश भट्टराई

  नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न खोजिरहेको आरोप लगाएका...

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    जेठ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

२०४६ देखि २०८२ चैत सम्म को-को पर्दैछन सम्पत्ति छानबिनमा

    सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदधारी बहाल र सेवा निवृत्त...

आयल निगम कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

    नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले पदबाट राजीनामा दिएका...