नेप्से ८ अंकले बढ्दा ३८ करोड ६४ लाख रुपैयाँको सेयर कारोवार



हाम्रो इकोनोमि

बुधबार शेयर बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार मापक सूचक ८.६५ अंकले बढेर १३८८.९४ अंकमा पुगेर बन्द भएको छ ।

बुधवार क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.५१ अंकको वृद्धि संगै २९३.५८ अंकमा उक्लिएको छ।

आज १ सय ५५ कम्पनीका नौ लाख ३१ हजार कित्ता शेयर ३८ करोड ६४ लाख रुपैयाँमा खरिद बिक्री भयो। अघिल्लो कारोबार दिन भन्दा कारोबार रकम १४ करोड रुपैयाँ बढी हो। गत सोमबार २४ करोड रुपैयाँको कारोबार भएको थियो। बुधबार सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर पाँच करोड ५० लाख रुपैयाँमा खरिद बिक्री भएको हो।

१० समुहको कारोबारमा सात समूहमा वृद्धि देखिएको छ भने तीन समूह घटेका छन्। बैंक ५.६१, ट्रेडिङ ०.२६, होटल १०.३२, विकास बैंक २.७२, जलाविद्युत १८.२, बीमा १२१.५२ र लघुवित्त २०.५५ अंकले बढेका छन्। फाइनान्स २.७९, उत्पादन मूलक ३.५६ र अन्य १.५४ अंकले घटेका छन्। आरएसडीसी लघुवित्तका शेयरधनीले करिब १० प्रतिशत कमाएका छन्। कञ्चन डेभलपमेन्ट बैंकका शेयरधनीले करिब ६ प्रतिशत गुमाए।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...