आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको प्रचण्डको ब्रिफिङ,लिखित रुपमा टुंग्याउने जिम्मा प्रचण्डलाई



माओवादी हेडक्वाटर बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको मौखिक सहमतिको ब्रिफिङ गरेका छन्।

खुमलटारस्थित अध्यक्ष दाहालको निवासमा बसेको बैठकमा दाहालले एमालेसँग द्विअध्यक्षात्मक प्रणाली र आलोपालो सरकारको नेतृत्व गर्नेगरी सहमति भएको ब्रिफिङ गरेका थिए।
बैठकमा सहभागी अन्य नेताले त्यसलाई लिखित रुपमै टुंगो लगाउन अध्यक्ष दाहाललाई जिम्मा दिएका थिए।
‘सहमतिबारे लिखित रुपमै स्पष्ट भएर जानुपर्छ’, एक नेताले भने, ‘पछि किचलो आउनु राम्रो हुँदैन।’
आजै बिहान भएको दुई पार्टीका अध्यक्षबीचको छलफलपछि दुवै पार्टीको छुट्टाछुट्टै बैठक बसेको हो। एमाले स्थायी कमिटि बैठक भने ललितपुरको मानभवनमा बसिरहेको छ।

आजै पार्टी एकता संयोजन समितिको पनि बैठक बस्ने कार्यक्रम छ।
दुई पार्टीबीच आजै एकता हुनसक्ने अनुमान गरिएको छ।

यता वाणिज्यमन्त्री मीन बहादुर विश्वकर्माले आफूहरु एमाले–माओवादी केन्द्रवीचको एकताको पक्षमा भएकोले एकतासँगै मुलुकमा आर्थिक समृद्धि र विकासको ढोका खुल्ने विश्वास व्यक्त गरेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री विश्वकर्माले आफू सुरुदेखि नै दुई पार्टीवीचको एकताको पक्षमा रहेकोले एमाले–माओवादीबीच एकता भए मुलुक र जनताको लागि पनि शुभ हुने विश्वास दिलाए । उनले भने,‘म त दुई पार्टी मिल्नुपर्छ भन्ने पक्षको मान्छे हुँ, उहाँहरुबीच एकता भयो भने यो खुशीको कुरा हो, यदि भएन भने पनि उहाँहरुलाई एक बनाउन अर्थात मिलाउनको लागि कांग्रेसले मध्यस्थता गर्छ, म यही मञ्चबाट विश्वास दिलाउन चाहन्छु।’

साक्षात्कारमा बोल्दै नेता विश्वकर्माले निर्वाचन आयोगले प्रतिनिधि सभा समानूपातिकतर्फको परिणाम राष्ट्रपतिसमक्ष बुझाए आजै प्रधानमन्त्री शेरबहादुर देउवाको राजिनामा आउन सक्ने पनि स्पष्ट पारे । उनले भने,‘आयोगले आज मतपरिणाम बुझायो भने प्रधानमन्त्रीज्यूले आजै साँझ राजिनामा दिनुहुन्छ, हामी तयारी अवस्थामा छौं।’

उनले मुलुकलाई सही दिशातर्फ डोर्याउनको लागि कांग्रेस नेतृत्वको सरकारले महत्वपूर्ण जिम्मेवारी पूरा गरेको स्मरण गराए । विश्वकर्माले भने,‘हामीले मुलुकमा जातीय, सामाजिक तथा क्षेत्रीय सद्भावलाई एकताबद्ध बनायौं, देउवा नेतृत्वकै सरकारले मुलुकमा एकता कायम गर्न सफल भएको छ, सबै निर्वाचन समयमै सम्पन्न गरेको छ, यो सरकार पूर्ण रुपमा सफल भएको छ, हामीले देश र जनताको हितमा केन्द्रित भएर काम गरेका छौं।’

त्यस्तै उनले आफूहरुले गरेका निर्णयहरुमा अरु दलले विरोध जनाएपनि ती निर्णयहरु पूर्णतयः देश र जनताको हितलाई केन्द्रविन्दुमा राखेर गरिएकोले विरोध गर्नुको कुनै अर्थ नहुने स्पष्ट पारे । ‘हामीले वृद्धभक्ताको लागि ७० वर्षबाट घटाएर ६५ वर्ष बनायौं, यो निर्णय जनहितमा जारी छ, यसको लागि स्वयम मैलेपनि धेरै नै जोड गरेको थिएँ, यो काम राम्रो हो।’–उनले थपे।

मन्त्री विश्वकर्माले देउवा नेतृत्वको सरकारले मित्रराष्ट्रहरुसँगको सम्बन्ध सुमधुर बनाउनुको साथै अन्र्तराष्ट्रिय सम्बन्ध पनि राम्रो बनाउन सफल भएको स्पष्ट पारे । उनले वर्तमान सरकारले रचनात्मक र जनप्रिय कामहरु गरेको फेहरिस्त सुनाएका थिए । त्यस्तै उनले आफूहरुले भुकम्पपीडितको लागि थप एक लाख दिने निर्णयपनि सोचविचार गरेर नै गरेको जिकिर गरे ।

त्यस्तै उनले विकास निर्माणको लागि पनि आफूहरुले महत्वपर्ण निर्णय तथा कामहरु गरेको विश्वास दिलाए । उनका अनुसार जोगबनीमा आईसीपी बनाउने, दोधार–चाँदनीमा ड्राई–पोट बनाउने र अन्र्तराष्ट्रिय व्यापारलाई प्रर्वद्धन गर्न वर्तमान सरकारले जोड दिएको हो ।

जनताको जीवनमा प्रत्यक्ष जोडिएको स्वास्थ्य क्षेत्रमा पनि आफूहरुले महत्वपूर्ण योगदान पुर्याएको विश्वकर्माको विश्वास थियो । उनले भने,‘मृगौला, क्यान्सर, ब्रेन ट्युमर, मुटुरोगीहरुलाई माँसिक पाँच हजार दिने निर्णय गर्यौं, यो निर्णय गर्दा धेरै विरोध गरे।’

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री स्वदेश नफर्किँदासम्म रविलाई पक्राउ नगरिने

      प्रहरी स्रोतले पूर्वगृहमन्त्री लामिछानेलाई आजभोलि नै पक्राउ गर्ने सम्भावना नरहेको

दुर्गा प्रसाईको पक्राउविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन

     मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउको विरोधमा आज पनिविरोध प्रदर्शन भएको छ

बालेन प्रवृत्ति निरंकुश भयो, तानाशाह लाद्न खोजियो : अध्यक्ष निरौला

    नेकपा  एमाले काठमाडौंका अध्यक्ष दीपक निरौला बालेनको कार्यशैलीप्रति रुष्ट बन्नु भएको छ

कुलेखानी-सिस्नेरी सडक १२ दिन बन्द

  दक्षिणकाली-छैमले सडक कालोपत्रे गर्नका लागि हेटौँडा-काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडक १२ दिन