समीट माइक्रोफाइनान्सको नाफा ८० लाख घट्यो



हाम्रो इकोनोमि

समीट माइक्रोफाइनान्स (SMFDB) को चालु आर्थिक वर्षको दोस्रो त्रैमासको खुद नाफा ८० लाख ३५ हजार घटेको छ । लघुवित्तले गत बर्ष दुई करोड ५२ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएकोमा एक करोड ७२ लाख २९ हजार रुपैयाँमा खुम्चिएको हो ।

१० करोड रुपैयाँ चुक्ता पूँजी वृद्धि गरेर १७ करोड रुपैयाँ पुर्याएको लघुवित्तको प्रतिसेयर आम्दानी घटेर २० रुपैयाँ २७ पैसा कायम भएको छ । कम्पनीको जगेडा कोषमा पाँच करोड ६७ लाख ८० हजार रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ४० पैसा रहेको छ ।

निष्कृय कर्जा अनुपात ०.३३ प्रतिशत रहेको लघुवित्तले यस अवधिमा ५३ करोड ७७ लाख रुपैयाँ निक्षेप संकलन गरि एक अर्ब ३३ करोड ४९ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । यसबाट पाँच करोड २२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ जुन गत बर्षको तुलनामा ५२ लाख ६६ हजार कम हो ।

त्यसैगरि सञ्चालन नाफा पनि ३१.८० प्रतिशतले गिरावट आएर दुई करोड ७० लाख रुपैयाँ मात्र आर्जन गरेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...