नेपाल क्यानडाविरुद्ध बलिङ गर्दै



हाम्रो इकोनोमि

आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईअन्तर्गतको समूह चरणको अन्तिम खेलमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ ।

नामिबियाको विन्डोहक मैदानमा अहिले भइरहेको खेलमा सन् २०१९ मा इङ्ल्याण्डमा हुने विश्वकप क्रिकेटको छनोट खेल खेल्नका लागि नेपाललाई आज क्यानाडामाथि जित निकाल्नै पर्ने दबाब परेको छ ।

आज हुने खेलले विश्वकप छनोटमा पुग्ने दुई टोलीको टुंगोसमेत लाग्नेछ । अब नेपालले शीर्ष दुईमा स्थान बनाउँदै एक दिवसीय विश्वकप छनोटमा स्थान बनाउन क्यानडालाई हराउनै पर्नेछ । हराउन असफल भएमा नेपालको यात्रा डिभिजन दुईमै यथावत रहने सम्भावना बढी हुन्छ ।

डिभिजन दुईको शीर्ष दुई स्थानमा रहने टोली विश्वकप छनोट प्रतियोगिताको लागि छनोट हुनेछन् भने तेस्रो र चौथो स्थानमा रहने टोली डिभिजन दुईमै यथावत रहनेछन् । अहिलेसम्म एक खेल पनि जित्न नसकेको केन्या डिभिजन दुईंंबाट तीनमा घटुवा भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...