हेडमास्टरले बलात्कार गरेकी बालिकाको गर्भ तुहाउन खोज्दा मृत्यु,यस्तो छ घटनाको नालीबेली



फाइल तस्बिर

हिमाली जिल्लामा हुम्लाको नाम्खा गाउँपालिकामा श्री महावौद्ध माविका प्रधानाध्यापक दनलाल रोकायले आफ्नै विद्यालयमा अध्ययनरत छात्रामाथि बलात्कार गरेको पीडितका आफन्तले अभियोग लगाएका छन् । बलात्कृत छात्राको पेटमा रहेको गर्भ तुहाउन खोज्दा छात्राको निधन भएपछि पीडितका आफन्त न्यायको खोजी गर्न भन्दै काठमाडौं आईपुगेका छन् ।
यसअघि हुम्लाको विभिन्न विद्यालयमा कार्यरत रहँदा छात्रामाथि दुव्यर्वहार गर्ने गरेको आरोप लाग्दै आएका महाबौद्ध माविका प्रधानाध्यापक रोकायाले सोही विद्यालयमा कक्षा १० मा अध्ययनतर छात्रा सिचु डोमा लामालाई बलात्कार गरी गर्भपतन गराउने भन्दै हत्या गरेको पीडितका परिवारले आरोप लगाएका छन् ।

हुम्ला जिल्लाबाट हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका तथा संविधानसभा २०६४ का सदस्य छिमी लामाले ट्युसन पढ्न गएकी छात्रालाई प्रधानाध्यापक रोकायाले बलात्कार गरेपछि चुपलागेर बस्न धम्की दिएको, गर्भ रहेको तथ्य चाल पाएपछि गर्भपतन गर्ने औषधी खुवाएर छात्राको हत्या गरिएको जानकारी आफूले पाएको बताए । उनले सो घटनाको सम्बन्धमा जिल्ला प्रशासन कार्यालय हुम्लामा किटानी जाहेर दर्ता गराउन लगाएको जानकारी लामाले दिए ।

गर्भपतनको प्रयास गरिएकी छात्रा बिरामी भएपछि हेलिकोप्टर मगाएर पोखरा पु¥याइएको । पोखराको मणिपाल अस्पतालमा उनको ज्यान गएको थियो ।
घटना भएको स्थल नेपाल–चीन सीमाना हिल्सा नाका आपसासको क्षेत्रमा पर्दछ । पुनारो मुचु गाविसमा रहेको सो स्थान निकै विकट मानिन्छ ।
बलात्कार गरी गर्भपतन गराउने क्रममा छात्राको मृत्यु भएको सम्बन्धमा पीडित पक्षको तर्फबाट बुधवार अपरान्ह २ बजे राजधानीको संवाडवलीमा पत्रकार सम्मेलन गरेर सत्यतथ्य सार्वजनिक गर्ने जानकारी दिएको छ ।  

यता  मदिरामा मात्तिएका एक सईले डिस्कोमा गएर पेस्तोल देखाई धम्काएका छन्।  दरबारमार्गको आईक्लबाट मंगलबार राती सई राजकुमार श्रेष्ठले धम्काएका हुन्। उनलाई दरबारमार्ग प्रहरीले पक्राउ गरेको छ।

मदिरामा मात्तिएर साथीसँग गएका उनले सामान्य विवादमा पेस्तोल देखाएर कर्मचारी तथा ग्राहकलाई धम्काएका थिए। उनका साथी विकास पाण्डेलाई समेत महानगरीय प्रहरी वृत्त दरबारमार्गले हिरासतमा राखेको छ।

म्दिरामा मात्तिएका सई श्रेष्ठले पक्राउ परेपछि पनि प्रहरीलाई नै गाली गरेका थिए।
सई श्रेष्ठ महानगरीय प्रहरी वृत्त जनसेवा अन्र्तगत सुन्धारामा सिआरभीमा कार्यरत छन्। उनलाई विभागीय कारबाहीको प्रक्रिया अघि बढ्ने प्रहरीले जनाएको छ।

जनसेवा वृत्तमा डिएसपी सरुवा भएलगत्तै विकृती बढेको छ। वृत्तका डिएसपी मोहन थापा काठमाडौं परिसरमा सरुवा भएपछि इन्सपेक्टर भिम सिलवाल निमित्त इन्चार्ज छन् । वृत्तको कमाण्ड कमजोर हुँदा विकृती बढेको छ।

प्रतिक्रिया दिनुहोस
तराइ मधेश समृद्धि कार्यक्रमका लागि दरबन्दी स्वीकृत, तीनवटा कार्यालय खारेज

    सरकारले तराइ मधेश समृद्धि कार्यक्रमका लागि तीन जनाको दरबन्दी स्वीकृत गरेको

सरकारले चुच्चे नक्सा अंकित १०० को नयाँ नोट छाप्ने

    नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट

रवि लामिछानेमाथि इजलासमा दुर्व्यवहार भएको छैन : कास्की प्रहरी

    कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

राजनीति नगर्न एनआरएनएलाई प्रधानमन्त्रीको सुझाव

     प्रधानमन्त्री केपी शर्माले गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र राजनीति नगर्न आग्रह गरेका