सिद्धार्थ बैंकको ६८ लाख २६ हजार कित्ता सेयर आजबाट बिक्री



सिद्धार्थ बैंकले बुधबारदेखि ६८ लाख २६ हजार ११७ कित्ता हकप्रद सेयरको बिक्री खुला गरेको छ । उक्त हकप्रदमा आगामी चैत्र ६ गतेसम्म आवेदन गर्न सकिनेछ ।

बैंकको सेयर निष्कासन तथा बिक्री प्रन्धकमा लक्ष्मी क्यापिटल रहेको छ । लगानीकर्ताले सिद्धार्थ बैंकका सम्पूर्ण शाखा कार्यालय, लक्ष्मी क्यापिटल, सिद्धार्थ क्यापिटल तथा आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्थाबाट हकप्रद सेयरका लागि आवेदन गर्न सक्ने लक्ष्मी क्यापिटलले जनाएको छ ।

सिद्धार्थले हाल कायम चुक्ता पूँजी ६ अर्ब ६२ करोड ८८ लाख ७९ हजार बराबरको १० प्रतिशतले हुन आउने ६८ करोड २६ लाख रुपैयाँ बराबरको ६८ लाख २६ हजार ११७ कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो ।

हकप्रद शेयरपछि बैंकको चुक्ता पूँजी सात अर्ब ५० करोड ८७ लाख पुग्नेछ । बैंकले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरिसकेको छ । बैंकले ९५ करोड ५६ लाख ५६ हजार रुपैयाँको बोनस वितरण गर्ने भएको हो । बोनस र हकप्रद पश्चात बैंकको चुक्तापूँजी आठ अर्ब ४५ करोड नाघ्नेछ ।

बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७७ करोड २८ लाख खुद मुनाफा गरेको छ । बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ६४ पैसा, प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ ५१ पैसा छ।

नेपाल धितोपत्र बोर्डले बैंकलाई पुस ४ गते हकप्रद निष्कासनको अनुमति दिएको थियो ।

प्रतिक्रिया दिनुहोस
खानेपानी बोर्डले ऐन संशोधनका लागि अघि सारेको प्रस्तावलाई संसदबाट पास गराउँछु : मन्त्री यादव

     खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौँ खानेपानी व्यवस्थापन बोर्डले आवश्यक ऐन संशोधनका

न्यूरोडमा काठमाडौं महानगर र स्थानीयवासीबीच तनाव

    न्यूरोडमा काठमाडौं महानगर र स्थानीयवासीबीच उत्पन्न भएको तनाव अझै साम्य भएको

प्रचण्ड, माधव र रविबीच भेटवार्ता

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव

सम्पन्न भएको आयोजना भुक्तानी रोकिँदैन : अर्थमन्त्री पौडेल

    उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण क्षेत्रका समस्याको आगो तापेर नबस्ने