सरकारी वकिल दोहोरो मारमा च्यापिए,सिलवालको कीर्ते भनिएको मुद्दा बुझाइयो



नेकपा एमालेका सांसद तथा पूर्वडिआइजी नवराज सिलवाल विरुद्धको सरकारी दस्तखत तथा कीर्ते मुद्दाको अनुसन्धान पूरा गरी प्रहरीले रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ। तर, एमाले नेताहरुले दबाब दिएपछि सरकारी वकिल कार्यालयमा प्रतिवेदन दर्ता भएको छैन।

अनुसन्धानका क्रममा सिलवालले बुझाएको कार्यसम्पादन मूल्यांकनको विवरण कीर्ते गरेको ठहर गर्दै प्रहरीले मुद्दा चलाउन अनुसन्धान प्रतिवेदन बुझाएको हो। आइजिपी नियुक्तिसम्बन्धी मुद्दामा सिलवालले बुझाएको कार्यसम्पादन मूल्यांकनको कागज सरकारसँग भएको भन्दा फरक भएको भन्दै अनुसन्धान गरी कारबाही गर्न सर्वाेच्चले प्रहरीलाई पत्राचार गरेको थियो।

सोहीअनुसार प्रहरीले अनुसन्धान गरी मुद्दा चलाउन अनुसन्धान प्रतिवेदन बुझाएको हो। स्रोतका अनुसार अनुसन्धानका क्रममा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले प्रहरीलाई असहयोग गरेको छ।

सरकारी वकिलमाथि सरकार पक्षका अधिकारीले मुद्दा चलाउन दबाब दिएका छन् भने सिलवाल निकट व्यक्ति तथा एमाले नेताहरुले मुद्दा नचलाउन चेतावनी दिँदै आएका छन्। जसकारण मुद्दा सरकारी वकिल कार्यालयले दर्ता गरेको छैन।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले कीर्ते मुद्दाको फाइल सरकारी वकिल कार्यालय पुगिसकेको पुष्टि गरे। उलने भने, ‘म आउनुभन्दा अघि नै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय पुगिसकेको थियो। मुद्दा प्रक्रिया अघि बढेको छ।’ पोखरेलले सोमबारदेखि काठमाडौं प्रहरीको नेतृत्व सम्हालेका हुन्। उनीअघि रवीन्द्र धानुक महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख थिए।

एमाले सांसद तथा पूर्वडिआइजी नवराज सिलवालमाथिको अनुसन्धान पूरा भएको प्रहरीले जनाएको छ। अनुसन्धानको क्रममा उनले अदालतमा पेश गरेको कार्यसम्पादन मूल्यांकन (कासमू) सम्बन्धी विवरण कीर्ते गरेको पुष्टि भएको छ।

उनले बुझाएको कासमू कीर्ते भएको पुष्टि भएसँगै उनलाई मुद्दा दायरको तयारी सुरु भएको छ। यही हप्ताभित्र सिलवालविरुद्ध मुद्दा दायर गरिने महानगरीय प्रहरी परिसरका एक अधिकारीले बताए।

सिलवालले पेश गरेको कागजपत्र कीर्ते भएको प्रयोगशालाको रिपोर्टबाट समेत प्रस्ट भएको छ। त्यस्तै लोकसेवा आयोग, गृह मन्त्रालय तथा प्रहरी प्रधान कार्यालयमा भएको कासमुसम्बन्धी फाइल समेत झिकाएर परिसरले अनुसन्धान गरेको थियो। सो क्रममा सिलवालले अदालतमा पेश गरेको कासमू र अन्य निकायमा भएको कासमू फरक परेपछि सिलवालले नै कीर्ते गरेको पुष्टि भएको निष्कर्ष प्रहरीले निकालेको हो।

सर्वोच्च अदालतले सिलवालले पेश गरेको कागजपत्र कीर्ते भएको भन्दै दोषीलाई छानबिन गरी कारबाही गर्न प्रहरीलाई पत्राचार गरेको थियो। सोही पत्रका आधारमा सिलवालमाथि छानबिन सुरु भएको हो। छानबिन सुरु भएलगत्तै उनी फरार भएका थिए। फरार प्रतिवादी बनाएर उनीविरुद्ध मुद्दा दायर गर्ने प्रहरीको तयारी छ। सरकारी कागजपत्र कीर्तेसम्बन्धी मुद्दामा एक वर्षसम्म कैद सजाय हुने कानुनी प्रावधान छ। सिलवाललाई मात्र प्रतिवादी बनाएर मुद्दा दायर गर्न लागिएको प्रहरी स्रोत बताउँछ।

कार्यसम्पादन मूल्यांकनमा आफ्नो नम्बर सबैभन्दा धेरै देखाउन सिलवालले नक्कली कागजपत्र पेश गरेको आरोप लाग्दै आएको छ। सिलवालले भने अनलाइन मिडियामा आएको विवरण आफूले अदालतमा पेश गरेको बताउँदै आएका छन्।

आइजिपी नियुक्तिसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गत भदौमा फैसला गरेको थियो। मुद्दा हारेपछि सिलवाल राजीनामा दिएर एमाले प्रवेश गरेका थिए। मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा उनी ललितपुर १ बाट निर्वाचित भएका हुन्।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री स्वदेश नफर्किँदासम्म रविलाई पक्राउ नगरिने

      प्रहरी स्रोतले पूर्वगृहमन्त्री लामिछानेलाई आजभोलि नै पक्राउ गर्ने सम्भावना नरहेको

दुर्गा प्रसाईको पक्राउविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन

     मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउको विरोधमा आज पनिविरोध प्रदर्शन भएको छ

बालेन प्रवृत्ति निरंकुश भयो, तानाशाह लाद्न खोजियो : अध्यक्ष निरौला

    नेकपा  एमाले काठमाडौंका अध्यक्ष दीपक निरौला बालेनको कार्यशैलीप्रति रुष्ट बन्नु भएको छ

कुलेखानी-सिस्नेरी सडक १२ दिन बन्द

  दक्षिणकाली-छैमले सडक कालोपत्रे गर्नका लागि हेटौँडा-काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडक १२ दिन