कांग्रेसको अन्तिम प्रधानमन्त्री हुदै यसरी आजै सिंहदरबार छोड्दै देउवा,आजै क्याबिनेट राखेर करोडौ बाड्दै



शेरबहादुर देउवा नेतृत्वको मन्त्री परिषदको आज अन्तिम बैठक बस्ने भएको छ। बैठक लगत्तै प्रधानमन्त्री देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजिनामा पेश गर्ने भएका छन्।

आजै निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रतिनिधि सभा तथा राष्ट्रिय सभा निर्वाचनको परिणाम पेश गर्दैछ। त्यसपछि राजिनामा दिने योजनामा देउवा छन्।

राजिनामा अगाडि मन्त्री परिषद बैठक बोलाउने योजनामा प्रधानमन्त्री देउवा रहेको एक मन्त्रीले बताए। ती मन्त्रीले भने, ‘त्यसपछि राजिनामा दिने योजना छ।’

निर्वाचन आयोगले अन्तिम परिणाम बुझाउनासाथ राष्ट्रपतिलाई नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने बाटो खुल्छ। त्यसैलेपनि राजिनामा गर्न देउवामाथि नैतिक दबाब छ।

आजै एमाले–माओवादी केन्द्रले एकता संयोजन समितिको बैठक राखेका छन् र सम्भवत आजै पार्टी एकता सम्बन्धी विषयलाई टुङ्ग्याउँदैछन्।

त्यसैले, सहज रुपमा एमाले–माओवादी केन्द्रको संयुक्त सरकार बन्ने स्थिति छ। नयाँ सरकार बन्नासाथ सरकार छाड्नु पर्ने भएकाले पनि देउवा राजिनामाको मनस्थितिमा छन्। ओलीले देउवालाई कांग्रेसको अन्तिम प्रधानमन्त्री भनेका छन्।
उता पार्टी एकीकरणको प्रयासमा जुटेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार मानभवनस्थित एक घरमा एक्लाएक्लै वार्ता भएकाे थियो त्यहाँ रहेका प्रचण्डलाई देउवाले फोन गरेर बुधबार राजिनामा दिने बताएका थिए ।
करिब ४० मिनेटसम्म भएकाे वार्तापछि भोली एकता संयोजन समितिको बैठक राख्ने सहमति भएकाे छ।

एकीकृत पार्टीको नेतृत्वबारे सहमति भइसकेको अवस्थामा दुई अध्यक्षबीचको वार्ताले एकता प्रक्रिायालाई नयाँ मोड दिने विश्वास गरिए पनि मंगलबारकाे बैठकले त्यसाे गर्न सकेन। एकता समिति बैठकले एकताकाे खाका सार्वजनिक गर्दै सांगठनिक संरचना एवं सैद्धान्तिक विषयलाइ टुंगाे लगाउन फरक फरक कार्यदल गठन गर्ने अपेक्षा गरिएकाे छ।
सोमबार दुवै नेताहरूबीच एकीकृत पार्टीकाे अध्यक्षमा दुवै नेता रहने र सरकारमा आलोपालो गर्ने समझदारी भएको थियो।

गत असोज १७ गते पार्टी एकतासहित वामगठबन्धन गरेका दुई दल एमाले र माओवादीबीच पछिल्लो दिनमा एकताको पक्षमा ठोस प्रगति नभएपछि विभिन्न कोणबाट आशंकाहरु व्यक्त भएका थिए। सोमबार र हिजोको छलफलपछि एकताले मूर्त रुप लिएको बताइएको छ।

आगामी महाधिवेशनसम्म एमालेले मान्दै आएको जनताको बहुदलीय जनवाद र माओवादी केन्द्रले अंगीकार गरेको माओवाद र जनताको बहुदलीय जनवादमा रहेका समान धारणालाई एकीकृत गर्ने विषयमा समेत नेताहरुबीच सहमति भएको जनाइएको छ।

पार्टीका शीर्षनेताको विषयमा सहमति भएको छ भने स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय समितिमा रहने नेताका सम्बन्धमा पार्टी एकता संयोजन समितिले कार्यदल बनाएर हल गर्ने विषयमा नेताहरुबीच सहमति भएको बताइएको छ। तर यी विषयमा शीर्ष नेताले सार्वजनिक रुपमा केही बताएका छैनन्।

एकता संयोजन समितिमा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष दाहाल, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य छन्।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री स्वदेश नफर्किँदासम्म रविलाई पक्राउ नगरिने

      प्रहरी स्रोतले पूर्वगृहमन्त्री लामिछानेलाई आजभोलि नै पक्राउ गर्ने सम्भावना नरहेको

दुर्गा प्रसाईको पक्राउविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन

     मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउको विरोधमा आज पनिविरोध प्रदर्शन भएको छ

बालेन प्रवृत्ति निरंकुश भयो, तानाशाह लाद्न खोजियो : अध्यक्ष निरौला

    नेकपा  एमाले काठमाडौंका अध्यक्ष दीपक निरौला बालेनको कार्यशैलीप्रति रुष्ट बन्नु भएको छ

कुलेखानी-सिस्नेरी सडक १२ दिन बन्द

  दक्षिणकाली-छैमले सडक कालोपत्रे गर्नका लागि हेटौँडा-काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडक १२ दिन