प्रधानमन्त्री शेरबहादुर देउवाले आजै राजीनामा दिने



हाम्रो इकोनोमि

प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार पदबाट राजीनामा दिने मनस्थिति बनाएका छन् ।

निर्वाचन आयोगले प्रतिनिधिसभाको परिणाम राष्ट्रपतिलाई बुझाउने तयारी गरेसँगै देउवा राजीनामा दिने सोचमा पुगेको एक मन्त्रीलाई उद्धृत गर्दै कान्तिपुरले समाचार लेखेको छ ।

आयोगले बुधबार प्रतिनिधिसभामा निर्वाचित सांसद्को सूची राष्ट्रपतिलाई हस्तान्तरण गर्नासाथ नयाँ सरकार निर्माण प्रक्रिया अघि बढ्ने छ ।

राजधानीबाट प्रकाशित भएका अखबारहरुको प्राथमिकतामा आज पनि एमाले–माओवादी एकता प्रक्रिया परेको छ । पत्रपत्रिकाहरुले विभिन्न शीर्षकमा यो विषयलाई आज छापेका छन् । केही पत्रिकाले वाम एकता सरकार गठनअघि हुने लेखेका छन् भने केहीले एकता संयोजन समितिबाट एकता टुंग्याउने तयारी भइरहेको दाबी गरेका छन् ।

सांसद् सिफारिस गर्दा तीन दलले बुझाएको सूची नमिलेको र आयोगले सच्याएर पठाउन गरेको आग्रहलाई पनि आजका पत्रपत्रिकाहरुले नछुटाइकन लेखेका छन् । समावेशीसमूहको प्राथमिकताक्रम अनुसार दलले सूची नबुझाएपछि आयोगले पुनः यसलाई सच्याउन भनेको पत्रपत्रिकाले लेखेको समाचारमा उल्लेख छ ।

 

पाँचवटा प्रदेशमा सरकार गठनको प्रक्रिया अघि बढे पनि ६ र ७ मा भने ढिलाइ भइरहेको छ । आजका पत्रपत्रिकाहरुले कहाँ, कसरी प्रदेश सरकार गठन हुँदैछन् भन्नेबारे पनि चर्चा–परिचर्चा गरेका छन् ।

शिक्षामन्त्री गोपालमान श्रेष्ठले पदबाट बाहिरिनै लाग्दा मन्त्रिपरिषद् बैठकको निर्णयविपरीत बुधबार एक दर्जन नर्सिङ कलेजलाई सम्बन्धन दिन लागेको समाचार कान्तिपुर दैनिकमा छ भने अन्नपूर्ण पोस्ट दैनिकले दर्दनाक घरेलु हिंसाको चित्र प्रस्तुत गरेको छ ।

सरकारमा सहभागी हुनेबारे राजपामा विवाद बढेको, प्रदेश ४ मा मन्त्रीको आकांक्षी धेरै हुँदा व्यवस्थापन पेचिलो बनेको लगायत समाचारलाई पनि आजको पत्रपत्रिकाले महत्त्व दिएर छापेको छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...