आजै एकता गर्ने गरी ओली र प्रचण्डवीच वार्ता शुरु,कहाँ हुदैछ गोप्य भनिएको एकताको अन्तिम बैठक?



हाम्रो इकोनोमि

ललितपुरको मानभवनस्थित व्यवसायी शारदा प्रसाद अधिकारीको घरमा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डवीच ‘वान टू वान’ वार्ता शुरु भएको छ ।

पार्टी एकता र शक्ति बाँडफाँडमा अन्तिम सहमति जुटाउन एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डवीच ‘वान टू वान’ वार्ता शुरु भएको छ ।
अधिकारीको घरमा वाम एकताबारे दर्जनौं पटक शीर्ष तहमा छलफल हुँदै आएको छ ।

एकता र शक्ति बाँडफाँडवारे ओली र प्रचण्डले सोमवार ‘प्रारम्भिक सहमति’ गरेको बताएका थिए । त्यसपछि आजको संवादलाई निकै चासोका साथ हेरिएको छ ।

त्यसलाई अन्तिम रुप दिन यी दुई नेताले आज पनि ‘वान टू वान’ संवाद शुरु गरेका हुन् ।

दुई नेतावीच सहमति जुट्यो भने पार्टी एकता संयोजन समितिको बैठक बोलाएर त्यसलाई अनुमोदन गर्ने तयारी छ ।

सहमति के–के मा ?
पार्टी एकताका लागि सहमति हुँदा पार्टी नेतृत्व, सरकारको नेतृत्व, संगठनको स्वरुप र पार्टीको नीतिका विषयमा पनि सहमति जुटाउनुपर्नेछ ।
सोमबार ओली र प्रचण्डबीच ‘लन्च’सहित भएको ‘वान टू वान’ संवादमा यी चार विषयमा छलफल भएपनि अन्तिम सहमति भने बन्न वाँकी छ ।
यद्यपी, दुवै नेताले ‘वान टू वान’ भेटवार्तामा भएका छलफलका विषय र भएका भनिएका सहमतिवारे मुख खोलेका छैनन् ।
सोमबारको छलफल अनुसार आज दुई नेतावीच पुनः वार्ता भएको हो ।
आजको वार्तामा एकताको ‘खाका’ तयार हुने केही नेताहरुको दावी छ ।
दुई नेताले एकताको खाका तयार गरेपछि पार्टी एकता संयोजन समितिको बैठक राखेर अनुमोदन गर्ने बताइएको छ ।

टुंगाउनुपर्ने चार विषय
१.पार्टीको नेतृत्व कसले गर्ने ?
२.प्रधानमन्त्री एउटै व्यक्ति वा आलोपालो गर्ने ?
३.संगठनको स्वरुप कस्तो र कत्रो बनाउने ?
४. पार्टीको नीति के हुने ?
यसअघि एकजना अध्यक्षले पार्टीको नेतृत्व र अर्कोेले सरकारको नेतृत्व गनुपर्ने विकल्प माओवादीले अघि सारेको थियो ।
तर, मओवादीको यो विकल्पमा एमाले अध्यक्ष ओली सहमत नभएपछि केही खटपट समेत भएको थियो ।
एमालेका केही नेताले अध्यक्ष र प्रधानमन्त्री दुवै ओलीले नै गर्नुपर्ने बताएपछि माओवादीका नेता कार्यकर्ता झस्किएका थिए ।
उनीहरुले अपमानजनक एकता हुन नसक्ने प्रतिकृया नै दिएका थिए ।
सहमति जुट्न सक्ने मोडालिटी
–दुवैलाई वीन वीन हुने गरी सरकारमा आलोपालो प्रणालीअनुसार पहिला एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा अढाइ बर्ष सरकार बनाउने ।
–त्यसपछिको अढाइ बर्ष दोस्रो चरणमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा सरकार बनाउने ।
–सांगठानिक संरचना छरितो बनाउने ।
–पार्टीको नीति जनताको बहुदलीय जनवाद र २१ औँ शताब्दीको जनवादमध्ये मिल्ने विषय अहिले मिलाउने र बाँकी विषय महाधिवेशनबाट टुंग्याउने ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...