त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा अागलागी,१५ मिनेट उडान-अवतरण ठप्प
त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलकाे अान्तरिकतर्फको कार पार्किंग क्षेत्रमा अागलागी भएकाे छ। अागलागीका कारण अान्तरिक र अन्तरार्ष्ट्रिय उडान-अवतरण राेकिएकाे त्रिवि अन्तरार्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए। ‘कार पार्किंग नजिकै अागलगी हुँदा विमानस्थलबाट हुने उडान तथा अवतरण राेकिन पुगेका छन्। चुराेट खाएर फाल्दा अागलागी भएकाे शंका छ।’
करिब १०-१५ मिनेट उडान-अवतरण राेकिएपछि अागाे नियन्त्रणमा अाएकाे छ। अागाे नियन्त्रणमा अाएसँगै त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलबाट हुने अान्तरिक तथा अन्तरार्ष्ट्रिय उडान-अवतरण सुचारू भएका छन्।
‘अागाे निभाइसकिएकाे छ। केही अघिदेखि विमानस्थलमा उडान अवतरण सुचारू भएका छन्’, प्रवक्ता ठाकुरले भने।
यता नेपाल वायुसेवा निगमले चीनबाट ल्याएको दुई चिनियाँ ‘वाई १२ र्इ’ जहाज त्रिभुवन विमानस्थलमा ओर्लिएका छन् । तर, यि जहाज निगमका लागि ‘सेतो हात्ती’ मात्रै हुने खतरा छ ।
एक साता अघि चीनको चीनको हर्बिन शहरबाट उडेका यि जहाज सोमबार दिउँसो २ बजे त्रिभुवन बिमानस्थलमा ओर्लिएका हुन् ।२०६९ सालमा नेपाल र चीनबीच सरकारीस्तरमा भएको सम्झौताअनुसार यि जहाज न निगमले थपेका हो । सम्झौताअनुसार ६ मध्ये चार वटा जहाज यसअघि नै आइसकेका थिए ।
निगमका प्रवक्ता रविन्द्र श्रेष्ठका अनुसार ६ वटामध्ये दुई अनुदानमा र चार वटा सहुलियत ऋणमा ल्याउने सम्झौता छ । एउटा एमए ६० र एक वाई १२ जहाज चिनियाँ अनुदानका हुन् । दुवै जहाज सन् २०१४ मै ल्याइसकिएको छ । सोमबार आइपुगेका २ ‘वाइ १२ ई ‘ जहाज भने सहुलियन ब्याजमा आएका जहाज हुन् ।
हर्बिन एयरक्राफ्ट इन्डस्ट्रीको उत्पादन वाई १२ को क्षमता १९ सिट हो । दुई वाई १२ आएसँगै निगमको आन्तरिक उडानमा आठ वटा जहाज भएका छन् ।
पछिल्ला ४ वटा वाई १२ भने सहुलियत ऋणमा चीनले उपलब्ध गराएको हो । अनुदानमा उपलब्ध भएका जहाजका लागि चिनियाँ एक्जिम बैंकले सहुलियत व्याजमा ऋण उपलब्ध गराएको छ ।
सरकारले यसअघि नै रकम तिरिसकेकाले निगमले जहाज थपेको निगमका प्रवक्ता श्रेष्ठ बताउँछन् ।
चलाउन चुनाैति
दुई सरकारबीच जहाज खरिदको सम्झौता हुनुअघि निगमको टोलीले चीन पुगेर त्यसबारे अध्ययन गरेको थियो ।
चिनियाँ जहाजले नेपालको हिमाली भेगमा उडान गर्न मिल्ने निष्कर्ष उक्त टोलीको थियो । सोहीबमोजिम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रक्रिया अगाडि बढाएको थियो ।
तर, हाल उडान भरिरहेका दुई एमए-६० र दुई वाई-१२ जहाज निगमका लागि बोझ सावित भएका छन् ।
उडान भर्न पाइलट र मर्मतका लागि पार्टपूर्जा नपाउने समस्याबाट आजित भइसकेको छ, निगम । ती समस्या समाधान नभई बाँकी दुई जहाज पनि ल्याउनैपर्ने बाध्यतामा परेको छ, निगम नेतृत्व ।
वाई-१२ भित्र्याउनुको उद्देश्य हिमाली रुटमा उडान भर्नु थियो । तर, अहिलेसम्म त्यस रुटमा परीक्षण उडानसमेत गर्न सकेको छैन ।
मन्त्रालयका एक उच्च अधिकारी भन्छन्, ‘निगमले केही तयारी नगरी जहाज थप्दैछ । अहिलेकै अवस्थामा दुवै जहाजलाई लामो समय विमानस्थलमै घाम तपाएर राख्नुपर्ने देखिन्छ ।’
हाल निगमका दुई वटा वाई-१२ जहाज मर्मत गर्नुपरे पार्टपूर्जा नपाएर दुई महिनासम्म ग्राउन्डेड गर्नुपर्ने अवस्था छ ।
चिनियाँ जहाजको बीमा शुल्क अन्यको तुलनामा बढी तिर्नुपर्छ । र, पाइलट तालिमका लागि पनि ठूलो रकम खर्च हुन्छ । नेपाली आकाशमा उडिरहेका चार वटा चिनियाँ जहाजबाट निगमले आम्दानीभन्दा ज्यादा घाटा बेहोर्नु परिरहेको छ ।
थप दुर्इ चिनियाँ जहाज निगमले कसरी चलाउने भन्ने चुनाैति निगमसँग छ ।