दाङमा तोरीको उत्पादन घट्दो



हाम्रो इकोनोमि

कुनै समय तोरी बालीको लागि प्रख्यात दाङमा पछिल्लो समयमा उत्पादन घट्दो क्रममा छ ।

किसानले खेतबारीमा प्रशस्त तोरी खेती गर्ने गरेका थिए । यहाँको तोरी अन्य जिल्लामा बिक्री हुन्थ्यो । दाङको तोरीको तेल नेपालमै प्रचलित थियो । पछिल्लो समयमा दाङ तोरी उत्पादनमा परनिर्भर भएको कृषि विकास कार्यालयले जनाएको छ ।

पहिले तोरीको तेल कपालमा लगाउने चलन थियो । यहाँको तोरीको तेल विदेशमा समेत निर्यात हुने गरेको थियो । पछिल्लो समयमा स्थानीयवासीले तरकारीमा प्रयोग गर्ने तोरीको तेलको साटो सूर्यमुखी र स्वयाविनको प्रयोग गर्न थालेको स्थानीयवासी यज्ञबहादुर थापा बताउनुहुन्छ ।

राधा कृष्ण तेलमिल सञ्चालन गर्दै आउनुभएका केशव सापकोटाले तोरी उत्पादन घट्दै गएको बताउनुभयो । उहाँले हाल प्रतिलिटर तोरीको तेलको मूल्य रु २०० भएको बताउनुभयो । स्थानीयवासीले सस्तो मूल्य खोज्ने भएका कारणले भारतको तेल बढी मात्रामा प्रयोग हुने गरेको छ । मिलमा तोरी पेल्न र तेल किन्न आउनेको संख्या घट्दै गएको उहाँको भनाइ छ ।

जिल्ला कृषि विकास कार्यालयले विभिन्न कारणले तोरी उत्पादन घट्दै गएको जनाएको छ । तोरी खेती घट्दै गएको कार्यालयमा सूचना अधिकारी भरतमणि पोख्रेलले बताउनुभयो । गत वर्ष १८ हजार हेक्टरमा गरिएको तोरी खेतीबाट १९ हजार २८२ मेट्रिक टन उत्पादन भएको थियो । यस वर्ष २१ हजार मेट्रिक टन उत्पादन भएको कार्यालयले जनाएको छ ।

तोरी उत्पादन घट्नुमा जग्गा पल्टिङ, प्राङ्गारिक मल र सिँचाइको समस्या मुख्य रहेको बाली संरक्षण अधिकृत पीताम्बर बस्नेतले बताउनुभयो । दाङमा तोरी खेती गर्ने जग्गा प्लटिङ हुनु, माटो बिग्रिनु र असन्तुलित रासायनिक मलको प्रयोग गर्नाले तोरीको उत्पादन घट्दै गएको उहाँको भनाइ छ । कार्यालयले किसानलाई तोरी उत्पादन बढाउन उन्नत बीउ वितरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...