पर्यटन महोत्सव शुरु



हाम्रो इकोनोमि

पाथीभरा पर्यटन महोत्सव तथा हिमालयन गाइड्स पाथीभरा म्याराथन यहाँ आजदेखि शुरु भएको छ ।

‘ताप्लेजुङमा अवस्थित आस्था र विश्वासको धरोहर पाथीभरा जाऔँ, अलौकिक दैवी शक्ति र अद्धितीय प्राकृतिक सौन्दर्यसँग साक्षात्कार गरौँ’ नाराका साथ महोत्सव शुरु भएको हो ।

पाथीभरा मन्दिर र कञ्चनजंघा हिमाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रर्वद्धन गर्र्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो । प्रदेश नं १ का प्रदेशसभा सदस्य प्रताप प्रकाश हाङगामले परेवा उडाएर कलशयात्राको उद्घाटन गर्नुभएको थियो ।

महोत्सवमा आजैदेखि खेलकुद प्रतियोगिता, राष्ट्रिय र स्थानीय कलाकारद्वारा सांस्कृतिक कार्यक्रमको प्रस्तुति तथा विभिन्न झाँकी प्रदर्शनी गरिनेछ । पाथीभरा म्याराथन महोत्सवको अन्तिम दिन फागुन ३ गते गरिने आयोजकले जनाएको छ ।

तीन हजार ७९४ मिटरको उचाइमा रहेको पाथीभरा मन्दिरसम्म म्याराथन दौड प्रतियोगिता हुनेछ । पाथीभरादेवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समिति, पाथीभरा क्षेत्र विकास समिति र नयाँ रणभिम गुल्मले संयुक्त रुपमा उक्त महोत्सवको आयोजना गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...