पर्यटन महोत्सव शुरु



हाम्रो इकोनोमि

पाथीभरा पर्यटन महोत्सव तथा हिमालयन गाइड्स पाथीभरा म्याराथन यहाँ आजदेखि शुरु भएको छ ।

‘ताप्लेजुङमा अवस्थित आस्था र विश्वासको धरोहर पाथीभरा जाऔँ, अलौकिक दैवी शक्ति र अद्धितीय प्राकृतिक सौन्दर्यसँग साक्षात्कार गरौँ’ नाराका साथ महोत्सव शुरु भएको हो ।

पाथीभरा मन्दिर र कञ्चनजंघा हिमाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रर्वद्धन गर्र्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो । प्रदेश नं १ का प्रदेशसभा सदस्य प्रताप प्रकाश हाङगामले परेवा उडाएर कलशयात्राको उद्घाटन गर्नुभएको थियो ।

महोत्सवमा आजैदेखि खेलकुद प्रतियोगिता, राष्ट्रिय र स्थानीय कलाकारद्वारा सांस्कृतिक कार्यक्रमको प्रस्तुति तथा विभिन्न झाँकी प्रदर्शनी गरिनेछ । पाथीभरा म्याराथन महोत्सवको अन्तिम दिन फागुन ३ गते गरिने आयोजकले जनाएको छ ।

तीन हजार ७९४ मिटरको उचाइमा रहेको पाथीभरा मन्दिरसम्म म्याराथन दौड प्रतियोगिता हुनेछ । पाथीभरादेवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समिति, पाथीभरा क्षेत्र विकास समिति र नयाँ रणभिम गुल्मले संयुक्त रुपमा उक्त महोत्सवको आयोजना गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...