बाम एकता हुनै लाग्दा प्रधानसेनापतिले दिए यस्तो कडा जवाफ,सेनापतिको बक्तब्यले क-कसको उड्यो सातो?



प्रधानसेनापति राजेन्द्र क्षत्रीले राष्ट्रिय अखण्डता, सार्वभौमिकता र राष्ट्रिय एकता भाड्न खोज्नेलाई तह लगाउने चेतावनी दिएका छन्।नेपाली सेना दिवसको पूर्वसन्ध्यामा सोमबार अपराह्न एक शुभकामना सन्देश जारी गर्दै क्षत्रीले सांस्कृतिक एवं सामाजिक सद्भाव तथा सहिष्णुता कायम राख्न सेनाले सधै अहम भूमिका खेल्ने प्रतिबद्धता जनाउँदै देशको अस्मितामाथि प्रहार गर्नेलाई नछाड्ने चेतावनी दिए। ‘पुर्खाको रगत पसिनाले सञ्चित मातृभूमिको अस्मितामाथि धावा बोल्ने तत्वहरूको गतिविधिलाई निस्तेज पार्न कुनै कसर बाँकी राखिने छैन’ क्षत्रीले चेतावती दिँदै भनेका छन्– ‘नेपाली सेना कठिनभन्दा कठिन परिस्थितिमा पनि संविधान निर्दिष्ट कार्यहरूको परिधिभित्र रही राष्ट्रिय अखण्डता, सार्वभौमिकता र राष्ट्रिय एकता कायम गर्न सदैव तत्पर छ।’

उनले सैनिक सामग्रीहरुको परनिर्भरतालाई हटाई स्वदेशमा नै उत्पादन गर्दै जाने लक्ष्य अनुरुप समय सापेक्ष पहिरन, सामग्री, शाखा र सुन्दरीजल आर्सनल कार्यालयलाई आधुनिकिकरण गर्दै लगिएको जानकारी दिएका छन् ।

वाम एकता अर्थात् ओली र प्रचण्ड आलोपालो नेतृत्व

लामो अनिश्चिय र आशंकाबीच नेपालका दुई ठुला कम्युनिष्ट पार्टीबीच एकताको टुंगो लागेको छ। दुई पार्टीका नेताको पदीय व्यवस्थापनको विषय टुंगिएसँगै अब एकताको औपचारिक घोषणा मात्रै बाँकी रहेको छ ।

एकतालाई औपचारिकता दिन मात्रै बाँकी दुई वामका रहेको नेताहरुले बताएका छन् । पदीय बाँडफाँटको औपचारकि टुंगो बुधवार बस्ने एकता संयोजन समितिको बैठकले गर्ने भएको छ ।

आलोपालो नेतृत्व

सोमबार बिहान ललितपुर मानभवनस्थित माओवादी निकट व्यवसायी शारदाप्रसाद अधिकारीको घरमा भएको केपी ओली पुष्पकमल दाहालबीचको दुई घण्टा लामो वार्तामा प्रधानमन्त्रीका रुपमा ओलीले सरकारको र अध्यक्षका रुपमा दाहालले पार्टीको नेतृत्व गर्ने सहमति भएको हो ।

यस कुरालाई माओवादी केन्द्रका नेताहरूले पनि पुष्टि गरेका छन् । प्रचण्डनिकट एक नेताले अन्नपूर्णसँग भने, ‘आइतवारको बैठक सकारात्मक रह्यो । दुई नेताले अध्यक्ष र प्रधानमन्त्री आलोपालो गर्ने सहमति भएको छ । यसलाई औपचारिकता दिन बुधवार एकता संयोजन समितिको बैठक डाकिएको छ ।’

दुवैजना अध्यक्ष

दुवै अध्यक्षको छलफलपछि दाहाल ललितपुरको मानभवनमै नेताहरु जनार्दन शर्मा र रामबहादुर थापासँग छुट्टै छलफलमा जुटेका थिए । शर्माले झापा पुगेर दुवै नेता अध्यक्ष रहने गरी पार्टी एकता गर्ने सहमति भएको खुलासा गरेका छन् ।

मंगलवार ओली र दाहालबीच फेरि एक चरण ‘वान टु वान’ छलफल हुने भएको छ । सोमबार भएको सहमति अनुसार पार्टीमा दुई ‘कोर्चियर’ रहने छन् । पहिलो साढे दुई वर्ष ओलीले सरकारको नेतृत्व गर्ने छन् । त्यही समयमा दाहालले पार्टीको नेतृत्व गर्ने भएका छन् ।

‘सोमबार दुई अध्यक्षको बैठकले पार्टी एकतमा रहेको संशय र पदीय बाँडफाँटबारे सबै कुरा अन्त्य गरेको छ । पार्टी एकताको घोषणा पनि अब केही दिनभित्रै हुन्छ ।’

यसरी मिल्यो कुरो

दुवै पाटी एकताका लागि पदीय भागवन्डा पेचिलो विषय बन्दै आएको थियो । पटकपटक दुई अध्यक्षबीचको भेटघाट पनि एक महिना यता ठोस निष्कर्षमा पुग्न सकेको थिएन ।

पदीय बाडँफाँटका विषयमा दुवै अध्यक्षलाई जिम्मा दिएकाले विभिन्न विकल्पमा छलफल भएको नेताहरुले बताएका बताउँदै आएका थिए । दुवै नेता अध्यक्ष बन्नेसम्मका विकल्पमा पनि छलफल भएको छ । त्यस्तै आलोपालो नेतृत्वको विषयमा कुरा भएपनि त्यसमा दुवै सहमति नजिक पुग्न सकेका थिएनन् ।

एमालेले अध्यक्ष पद नछाड्ने अडान राख्दै आएको थियो । माओवादीले पनि अध्यक्ष नपाएसम्म पार्टी एकतामा नजाने अडान राखेको थियो ।

एमालेका उपाध्यक्ष वामदेव गौतमले केही दिन अघि मात्रै दुई अध्यक्षबीच भएको भेटमा २०४७ सामा मार्क्सवादी र मालेबीच एकता हुँदा ल्याएको प्रस्ताव अगाडि सारेका थिए । जसअनुसार एक अध्यक्ष र शक्तिशाली महासचिव पद रहने प्रस्ताव अगाडि सारिएको थियो ।

एमालेले नेता भीम रावलले ओली र प्रचण्डले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको र पदीय बाँडफाँटमा पनि छलफल सकारात्मक रहेको जानकारी दिए ।

‘सरकार गठन र पार्टी एकता एक साथ अगाडि बढाउने र पदीय बाँडफाँटका विषयमा पनि छलफल निष्कर्षमा पुगिसको छ । अब बस्ने एकता संयोजन समितिको बैठकले त्यसलाई मूर्तरुप प्रदान गर्ने छ’। उनले भने ।

ओली दाहालबीच सोमबारको छलफल सकारात्मक भएको र बुधबार एकता संयोजन समितिको बैठक बसेर सहमतिलाई अन्तिम रूप दिने माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले बताइन् ।

उनले भनिन् ‘सोमबार दुई अध्यक्षको बैठकले पार्टी एकतमा रहेको संशय र पदीय बाँडफाँटबारे सबै कुरा अन्त्य गरेको छ । पार्टी एकताको घोषणा पनि अब केही दिनभित्रै हुन्छ ।’

दुई वाम मिलेर नेपाल कम्युनिष्ट पार्टी

सहमति अनुसार पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहने छ । अरु नेताको पदीय व्यवस्थापनका लागि पदीय बाँडफाँट समिति गठन हुने भएको छ ।

एकता संयोजन समितिले नै त्यस्तो समितिको गठन गर्नेछ । पार्टी एकताको घोषणा पनि भव्य बनाउने सहमति पनि दुई अध्यक्षबीच भएको छ । घोषणाको दिन ५ लाख कार्यकर्ता सहभागी गराउने तयारी पनि दुई दलले गरेका छन् ।

भएको थियो भद्र सहमति

निर्वाचनअघि असोज १७ एमाले र माओवादीबीच चुनावी तालमेल गर्दा नै दुई दलबीच एकता गर्ने सहमति पनि भएको थियो । निर्वाचनअघि एमाले र माओवादीबीच पार्टी एकता गर्ने सहमति हुँदा नै पहिलो चरणमा ओली प्रधानमन्त्री र प्रचण्ड अध्यक्ष बन्ने भद्र सहमति भएको थियो । सोही सहमति कार्यान्वयन गर्न दुवै अध्यक्ष सोमबार राजी देखिएका हुन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभा र राष्ट्रियसभामा समेत चुनावी तामेल गरेका कारण प्रतिनिधिसभा र राष्ट्रियसभामा वाम गठबधनको बहुमत छ ।

६ वटा प्रदेशमा मुख्य मन्त्री समेत दुई दलले भागवन्डा गरिसकेका छन् । जसअनुसार प्रदेश १, ३, ४, ५ एमालेबाट मुख्य मन्त्री बन्दैछन् भने प्रदेश ६ र ७ मा माओवादीले मुख्यमन्त्रीको नेतृत्व गर्दैछ ।

निर्वाचनपछि फेरि एकीकृत पार्टीको अध्यक्षमा ओली र प्रचण्डबीच कुरा नमिल्दा एकता प्रक्रिया लम्बिएको थियो । पदीय वाडफाँटका विषयमा एकता लम्विएपनि बारम्बार गोप्य भेटभाट गर्दै आएका दुवै अध्यक्षले चाहिँ त्यसलाई अस्वीकार गदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री स्वदेश नफर्किँदासम्म रविलाई पक्राउ नगरिने

      प्रहरी स्रोतले पूर्वगृहमन्त्री लामिछानेलाई आजभोलि नै पक्राउ गर्ने सम्भावना नरहेको

दुर्गा प्रसाईको पक्राउविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन

     मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउको विरोधमा आज पनिविरोध प्रदर्शन भएको छ

बालेन प्रवृत्ति निरंकुश भयो, तानाशाह लाद्न खोजियो : अध्यक्ष निरौला

    नेकपा  एमाले काठमाडौंका अध्यक्ष दीपक निरौला बालेनको कार्यशैलीप्रति रुष्ट बन्नु भएको छ

कुलेखानी-सिस्नेरी सडक १२ दिन बन्द

  दक्षिणकाली-छैमले सडक कालोपत्रे गर्नका लागि हेटौँडा-काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडक १२ दिन