ओलीले शिवरात्रिको शुभकामना दिँदै भने– विकास र समृद्धिमा सम्झौता हुँदैन



हाम्रो इकोनोमि

एमाले अध्यक्ष केपी शर्मा ओलीले महाशिवरात्रिका अवसरमा शुभकामना सन्देश जारी गर्दै विकास र समृद्धिमा कसैसँग सम्झौता नगर्ने बताएका छन् ।

ओलीले हालै सम्पन्न प्रतिनिधिसभा तथा राष्ट्रियसभाको निर्वाचन पछि देशमा लगभग राजनीतिक संक्रमणकाल सकिएकोले अब देशको प्राथमिकता विकास र समृद्धि भएको बताए। अध्यक्ष ओलीले आफ्नो शुभकामना सन्देशमा भनेका छन्, ‘निर्वाचन मार्फत जनताले प्रकट गरेको स्थिरता, विकास र समृद्धिको लक्ष्य प्राप्त गर्नका लागि कसैसँग पनि सम्झौता गर्दैनौं।’

ओलीले महाशिवरात्रि राष्ट्रिय एकताको पर्वसमेत भएको उल्लेख गर्दै नेपालीहरुबीचको आपसी एकता, सद्भाव र भाइचारा सम्बन्धमा जोड दिएका छन्। ‘धार्मिक साँस्कृतिक पर्व नेपालको एकताका आधार स्तम्भहरु हुन्,’ अध्यक्ष ओलीको भनाइ छ, ‘धार्मिक पर्वहरुको माध्यमबाट मुलुकको एकता र समृद्धिका लागि एकजुट भएर अघि बढ्ने प्रेरणा मिलोस्।’

महाशिवरात्रि हिन्दूहरुको पर्व भए पनि सबै धार्मिक समूदायले उत्तिकै श्रद्धा गरेको उल्लेख गर्दै उनले एक अर्काको धार्मिक आस्थामाथि श्रद्धा गर्ने नेपालीको परम्परा नै भएको बताए।

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...