ओलीले शिवरात्रिको शुभकामना दिँदै भने– विकास र समृद्धिमा सम्झौता हुँदैन



हाम्रो इकोनोमि

एमाले अध्यक्ष केपी शर्मा ओलीले महाशिवरात्रिका अवसरमा शुभकामना सन्देश जारी गर्दै विकास र समृद्धिमा कसैसँग सम्झौता नगर्ने बताएका छन् ।

ओलीले हालै सम्पन्न प्रतिनिधिसभा तथा राष्ट्रियसभाको निर्वाचन पछि देशमा लगभग राजनीतिक संक्रमणकाल सकिएकोले अब देशको प्राथमिकता विकास र समृद्धि भएको बताए। अध्यक्ष ओलीले आफ्नो शुभकामना सन्देशमा भनेका छन्, ‘निर्वाचन मार्फत जनताले प्रकट गरेको स्थिरता, विकास र समृद्धिको लक्ष्य प्राप्त गर्नका लागि कसैसँग पनि सम्झौता गर्दैनौं।’

ओलीले महाशिवरात्रि राष्ट्रिय एकताको पर्वसमेत भएको उल्लेख गर्दै नेपालीहरुबीचको आपसी एकता, सद्भाव र भाइचारा सम्बन्धमा जोड दिएका छन्। ‘धार्मिक साँस्कृतिक पर्व नेपालको एकताका आधार स्तम्भहरु हुन्,’ अध्यक्ष ओलीको भनाइ छ, ‘धार्मिक पर्वहरुको माध्यमबाट मुलुकको एकता र समृद्धिका लागि एकजुट भएर अघि बढ्ने प्रेरणा मिलोस्।’

महाशिवरात्रि हिन्दूहरुको पर्व भए पनि सबै धार्मिक समूदायले उत्तिकै श्रद्धा गरेको उल्लेख गर्दै उनले एक अर्काको धार्मिक आस्थामाथि श्रद्धा गर्ने नेपालीको परम्परा नै भएको बताए।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...

पोखरा विमानस्थल भ्रष्टाचारमा पाँच पूर्वमन्त्रीलाई मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा...

महाधिवेशनको उद्घाटनमा सहभागी हुन पार्टीका सदस्यको घरघरमा पत्र

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७ गतेदेखि सुरू हुने...

प्रतिनिधिसभाको उम्मेदवारका लागि रास्वपाले २५ हजार लिने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...