प्रदेश ४ को मुख्यमन्त्रीमा पृथ्वीसुब्बा,प्रदेश ३ मा स्थापति मन्त्री बने,१ नम्बर प्रदेशमा भण्डारी सभामुख



प्रदेश नम्बर ४ को मुख्यमन्त्रीमा एमालेका पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन्।

माओवादीको समर्थनमा गुरुङले मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख बाबुराम कुँवर समक्ष दाबी पेश गरेका थिए। एमालेका २७ र माओवादीका १२ हस्ताक्षरसहित कार्यालय पुगेका गुरुङलाई प्रदेश प्रमुख कुँवरले मुख्यमन्त्रीमा नियुक्ति गरेका हुन्। गुरुङको सपथ फागुन २ गतेका लागि तोकिएको प्रदेश संसद सचिवालयले जनाएको छ।

एमालेबाट सर्वसम्मत रुपमा गुरुङ प्रदेशको संसदीय दलमा हिजो चयन भएका थिए। वाम गठबन्धनसँगको सहमति अनुसार एमालेले माओवादीको समर्थनमा प्रदेश ४ मा प्रादेशिक सरकारको नेतृत्व गर्ने तय थियो।

सोही अनुसार गुरुङ प्रदेश ४ को मुख्यमन्त्री नियुक्त भएका हुन्।

यता प्रदेश नम्बर ३ को भौतिक पूर्वाधार तथा निर्माणमन्त्रीमा केशव स्थापित नियुक्त भएका छन्।

डोरमणि पौडेलले मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएलगत्तै स्थापितलाई समावेश गर्दै तीन सदस्यीय मन्त्रीमण्डल गठन गरेका छन्। काठमाडौं महानगरपालिकाको मेयर भइसकेका स्थापित प्रदेश नम्बर ३ को मुख्यमन्त्रीको दाबेदार हुँदै अन्तिममा प्रादेशिक सरकारको मन्त्रीमण्डलमा अटाएका छन्।

मन्त्रीमण्डलमा माओवादी संसदीय दलका नेता शालिकराम जमरकट्टेललाई समेत समावेश गरिएको छ। उनलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ।

उता प्रदेश नं १ को सभामुखमा प्रदीपकुमार भण्डारी निर्विरोध निर्वाचित भएका छन्। प्रदेशसभाका ज्येष्ठ सदस्य ओमप्रकाश सरावगीले सभामुख पदमा भण्डारीलाई निर्विरोध निर्वाचित भएको घोषणा गरे।

यसअघि आज प्रदेशको संसद् सुरु भएपछि सभामुख पदको एकमात्र उम्मेदवार रहेका भण्डारीलाई निर्वाचित गरियोस् भनी प्रस्ताव टेबुल गरिएको थियो।

ज्येष्ठ सदस्य एवं सभाका सञ्चालक सरावगीले प्रदेशसभा सदस्य तुलसीप्रसाद न्यौपानेलाई सभामुख पदका एकमात्र उम्मेदवार भण्डारीको प्रस्ताव पेश गर्न निर्देशन जारी गरेका थिए।
प्रदेशसभा सदस्य न्यौपानेले प्रदेशसभा सञ्चालनका लागि सभामुखको खाँचो रहेको भन्दै संविधानको मर्म, भावनालाई आत्मसात् गरी संयुक्त वाम गठबन्धनको तर्फबाट भण्डारीलाई संविधानको धारा १८ को १८२ को १ बमोजिम र प्रदेशसभा अन्तरिम कार्यविधि सञ्चालनको दफा ६ (१) अनुसार प्रदेशसभाको सभामुखमा निर्वाचित गरियोस् भनी प्रस्ताव राखे।

सभा सञ्चालक ज्येष्ठ सदस्यको निर्देशअनुसार प्रदेशसभा सदस्य लक्ष्मण तिवारीले स्वतन्त्र र निष्पक्ष ढंगले प्रदेशसभा सञ्चालनका लागि सभामुखको आवश्यकता रहेकाले प्रदेश सदस्य न्यौपानेको प्रस्तावलाई समर्थन गर्न प्रस्ताव टेबुल गरे। प्रदेशसभा सदस्यहरुले सर्वसम्मत ढंगले सो प्रस्तावलाई समर्थन गरेपछि भण्डारी निर्विरोध भएका हुन्।

प्रदेशसभा आज दिउँसो १ बजेर १९ मिनेटमा सुरु भएर १ बजेर ३५ मिनेटमा सकिएको थियो। प्रदेशसभाको दोस्रो बैठक आजै अपराह्न ४ बजे फेरि बस्नेछ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री स्वदेश नफर्किँदासम्म रविलाई पक्राउ नगरिने

      प्रहरी स्रोतले पूर्वगृहमन्त्री लामिछानेलाई आजभोलि नै पक्राउ गर्ने सम्भावना नरहेको

दुर्गा प्रसाईको पक्राउविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन

     मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउको विरोधमा आज पनिविरोध प्रदर्शन भएको छ

बालेन प्रवृत्ति निरंकुश भयो, तानाशाह लाद्न खोजियो : अध्यक्ष निरौला

    नेकपा  एमाले काठमाडौंका अध्यक्ष दीपक निरौला बालेनको कार्यशैलीप्रति रुष्ट बन्नु भएको छ

कुलेखानी-सिस्नेरी सडक १२ दिन बन्द

  दक्षिणकाली-छैमले सडक कालोपत्रे गर्नका लागि हेटौँडा-काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडक १२ दिन