तीन घण्टा लगाएर ओलीले प्रचण्डलाई फकाए,ओली र प्रचण्ड बीच यस्तो भयो गोप्य सहमति



वाम गठबन्धनका प्रमुख नेताद्धय एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच आज सरकारको नेतृत्व एमाले र माओवादीले आलोपालो गर्नेगरि सहमति गरेका छन् ।
एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आज बिहान भएको ‘वान टु वान’ वार्तामा सरकारको नेतृत्व ओली र प्रचण्डले आलोपालो गर्नेगरि सहमति गरेको विशेष सूत्रले जानकारी दिएको छ ।

स्रोतका अनुसार सरकारको नेतृत्व ओलीले गर्ने र त्यसपछि प्रचण्डले गर्नेगरि सहमति भएको हो । ललितपुरको एक घरमा भएको वार्ता बिहान १० बजेदेखि ३ घण्टासमम्म चलेको थियो । वार्ता सकारात्मक भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

वार्ता राजनीतिक परिस्थिति र पार्टी एकताबारे भएको थियो । आजको वार्ता पार्टी एकता प्रक्रियालाई टुङगोमा पुर्याउने बिषयमा सकारात्मक रहेको बताइएको छ । एमालेका केही नेताहरुले पार्टी एकतापछि बन्ने नयाँ पार्टीको अध्यक्ष र प्रधानमन्त्री केपी ओली नै बन्ने बताउँदै आएका थिए । यही बेला माओवादी अध्यक्ष प्रचण्डको उक्त अभिव्यक्ति आएपछि हलचल मच्चिएको थियो ।

आलोपालो सरकारको नेतृत्वमा सहमति भएपछि यो वीचमा एकतको लागि प्रयास गर्ने नभए पनि गठबन्धन कायम गर्दै अघि बढ्ने पनि ओली र प्रचण्डवीच सहमति भएको हो ।

एमाले र माओवादी केन्द्रबीचको एकताले गति नदिइरहेका बेला एमाले अध्यक्ष केपी आली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच करिव तीन घन्टा एक्ला एक्लै वार्ता भएको थियो।

ललितपुरमा भएकाे छलफलमा पार्टी एकता र नयाँ सरकार गठन भएका विषयमा कुराकानी भएकाे थियाे। पछिल्लो समय पार्टी एकता संयोजन समितिको बैठक बस्न नसकिरहेका बेला ओली र प्रचण्डबीच गोप्य छलफल भएकाे हाे।

एमालेले पहिला सरकार गठन भएपछि मात्र पार्टी एकता हुने बताउँदै आएको छ भने माओवादीले भने पहिला पार्टी एकता हुनुपर्ने अडान राखेको छ। दुई दलले आफ्नो अडान नछोड्दा पार्टी एकता नै नहुने हो की भन्ने अड्कालबाजी भइरहेका बेला दुई नेताबीच एक्लाएक्लै वार्ता भएकाे हाे।

दुई दलबीच अन्य विषयमा विवाद नभएपनि अध्यक्ष के बन्ने विषयमा भने विवाद छ। माओवादीले एमालेलाई प्रधानमन्त्री र माओवादीले अध्यक्ष पद पाउनु पर्ने बताउँदै आएको छ। तर, एमालेले भने अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्री आफैंले पाउनुपर्ने बताउँदै आएको छ।

अध्यक्षमा कुरा नमिलेपछि एमाले उपाध्यक्ष वामदेव गौतमले एकीकरणका विषयमा नयाँ प्रस्ताव अघि सार्दै माओवादीलाई अध्यक्ष र एमालेलाई महासचिव दिनुपर्ने बताएका छन्। उनले अध्यक्ष सेरेमोनियल बनाउने र महासचिवलाई शक्तिशाली बनाउनुपर्ने अवधारणा ल्याएका छन्। केही दिन अगाडि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवन पुगेर आवश्यक परे आफू नयाँ फड्को मार्न तयार रहेको बताएका थिए।

वार्ता राजनीतिक परिस्थिति र पार्टी एकताबारे भएको थियो । आजको वार्ता पार्टी एकता प्रक्रियालाई टुङगोमा पुर्याउने बिषयमा सकारात्मक रहेको बताइएको छ । प्रचण्ड सचिवालयले दिएको जानकारी अनुसार अध्यक्षद्वयबीच पार्टी एकतालाई टुंगोमा पूर्याउने बिषयमा सकारात्मक कुराकानि भएको थियो । आजको छलफल यसअघि गत साता भएको छलफलको निरन्तरता भएको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री स्वदेश नफर्किँदासम्म रविलाई पक्राउ नगरिने

      प्रहरी स्रोतले पूर्वगृहमन्त्री लामिछानेलाई आजभोलि नै पक्राउ गर्ने सम्भावना नरहेको

दुर्गा प्रसाईको पक्राउविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन

     मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउको विरोधमा आज पनिविरोध प्रदर्शन भएको छ

बालेन प्रवृत्ति निरंकुश भयो, तानाशाह लाद्न खोजियो : अध्यक्ष निरौला

    नेकपा  एमाले काठमाडौंका अध्यक्ष दीपक निरौला बालेनको कार्यशैलीप्रति रुष्ट बन्नु भएको छ

कुलेखानी-सिस्नेरी सडक १२ दिन बन्द

  दक्षिणकाली-छैमले सडक कालोपत्रे गर्नका लागि हेटौँडा-काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडक १२ दिन