अष्टलक्ष्मीलाई सिध्याउन राष्ट्रपतिले ओलीको कान फुकेको यस्तो तथ्य बाहिरियो,माधब गुटले राष्ट्रपति बिरुद्द फायर खोल्यो



प्रदेश नम्बर ३ को एमाले संसदीय दलको निर्वाचनमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई पराजित गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले भुमिका खेलेको तथ्य बाहिरिएपछि नेकपा एमालेमा उनी विवादमा तानिएकी छन्।

माधव नेपाल समूह उनसँग रुष्ट बनेको छ। संसदीय दलको नेता नै मुख्यमन्त्री हुने भएकाले राष्ट्रपति भण्डारीले आफू निकट डोरमणि पौडेललाई जिताउन भुमिका खेलेर मुख्यमन्त्रीको बाटो खोलिदिइन भने अर्काेतर्फ पहिलो महिला मुख्यमन्त्रीमा चर्चा गरिएकी शाक्यलाई अघि बढ्न रोकिन। राष्ट्रपति बन्नुअघि भण्डारी र अष्टलक्ष्मी शाक्य एक अर्काका प्रतिष्पर्धी थिए । किनकी दुबै उपाध्यक्ष थिए। आफू राष्ट्रपति बनिसकेपछि पनि भण्डारीले शाक्यलाई बदलास्वरुप प्रदेश प्रमुख हुन दिइनन् । प्रदेश ३ चुनावमा राष्ट्रपतिको विशेष पहलमा सबै ३४ जना सांसदलाई बेलुका अबेरसम्म होटलमा राखेर केपी ओलीले प्रशिक्षण दिएका थिए ।

ओली आफैंले शाक्यलाई बोलाएर चुनावी स्थिति कस्तो छ भनी बुझेका थिए । शाक्यले अध्यक्षको भूमिका तटस्थ भएमा चुनाव जित्ने आशय व्यक्त गरेकी थिइन् । ओली र शाक्यबीच भेट भएको थाहा पाए लगत्तै ओली खेमाले शीतलनिवासलाई गुहारेका थिए । शीतलनिवासमा भण्डारीले शाक्यलाई कुनै पनि हालतमा मुख्यमन्त्री मान्न नसकिने भनेर ओलीलाई उठबस् गर्न नदिएपछि बाध्य भएर ओली आफैंले भेला बोलाएका थिए । जसको सबै संयोजन भित्री रुपमा शीतलनिवासले मिलाएको थियो ।

प्रदेश नम्बर ३ को चुनावमा विध्यादेवी भण्डारी आफैं लागेर अष्टलक्ष्मी शाक्यलाई हराएपछि उनलाई पनि ओलीको किचेन क्याविनेटकै रुपमा अथ्र्याइएको छ । प्रदेश ३ को चुनावमा आफू पक्षधर डोरमणि पौडेललाई जिताउन उनले राष्ट्रपति कार्यालयको श्रोत समेत उपयोग गरेको माधव नेपाल समूहको आरोप छ । माधव नेपाल समूह आफूले अघि सारेको उम्मेदवार पराजित भएपछि आफू निकटका सांसद्हरुको विशेष भेला गरेको थियो । भेलामा शाक्यलाई हराउन राष्ट्रपति भण्डारी समेतको संलग्नताबारे समेत छलफल भएको छ ।

एक नेताले भने “एमालेभित्र फरक मत राख्नेलाई त खेदो खन्ने ओली समूहले माओवादी मिसिएपछि उनीहरुलाई कस्तो व्यवहार गर्ने हुन् ।” ओली र वर्तमान राष्ट्रपति भण्डारी माओवादीका कट्टर आलोचक हुन् । माधव नेपाल समूहको भेलाका सहभागीहरुले शाक्यलाई हराउन बाहिरी सतहमा पार्टी अध्यक्ष केपी ओली देखिएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री स्वदेश नफर्किँदासम्म रविलाई पक्राउ नगरिने

      प्रहरी स्रोतले पूर्वगृहमन्त्री लामिछानेलाई आजभोलि नै पक्राउ गर्ने सम्भावना नरहेको

दुर्गा प्रसाईको पक्राउविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन

     मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउको विरोधमा आज पनिविरोध प्रदर्शन भएको छ

बालेन प्रवृत्ति निरंकुश भयो, तानाशाह लाद्न खोजियो : अध्यक्ष निरौला

    नेकपा  एमाले काठमाडौंका अध्यक्ष दीपक निरौला बालेनको कार्यशैलीप्रति रुष्ट बन्नु भएको छ

कुलेखानी-सिस्नेरी सडक १२ दिन बन्द

  दक्षिणकाली-छैमले सडक कालोपत्रे गर्नका लागि हेटौँडा-काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडक १२ दिन