प्रचण्ड-ओली निर्णायक वार्तामा ओली लच्किएको यस्तो आयो सूचना,प्रचण्डले पार्टी हाक्ने बाटो खुल्यो



हाम्रो इकोनोमि

पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउन वाम गठबन्धनका शीर्ष नेता गोप्य छलफलमा छन्। नयाँ सरकार गठन अगाडि नै एकीकृत पार्टीको रुपरेखा तयार गर्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच गोप्य वार्ता भइरहेको छ। स्रोतका अनुसार दुवै नेताबीच अहिले गोप्य स्थानमा निर्णायक वार्ता चलिरहेको छ।

नयाँ सरकार गठन र पार्टी एकताको विषयमा दुवै दलका शीर्ष नेताले गत बिहीबार करिब ३ घन्टा छलफल गरेका थिए। बैठकले भोलिपल्टै अर्थात् शुक्रबार एकता संयोजन समितिको बैठक बस्ने निर्णय गरे पनि तयारी नपुगेको भन्दै अन्तिम समयमा आएर स्थगित गरिएको थियो।

पार्टी एकता भाँडिने अवस्थामा पुगेको भन्दै विभिन्न तहबाट आशंका व्यक्त भइरहेको समयमा दुवै दलका शीर्ष नेता प्रक्रियालाई निर्णायक तहमा पुर्‍याउने गरी तयारीमा जुटेका हुन्।

स्रोतका अनुसार माओवादी केन्द्रका अध्यक्ष दाहालले वार्ता सकारात्मक दिशामा अघि बढेको भन्दै एक दुई दिनमा नतिजा निस्कने बताएका छन्। दाहालले एकीकृत पार्टीको नेतृत्व माओवादीलाई दिएर एकता प्रक्रिया टुङ्गोमा पुर्‍याउन एमाले सकारात्मक देखिएको बताउँदै केही दिनमै नतिजा निस्कने बताएका हुन्।
स्रोत भन्छ, ‘पार्टी एकता संयोजन समितिको बैठक बस्ने बित्तिकै एकता प्रक्रियाको विषयमा ‘ब्रेक थ्रु’ हुनेछ।’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रसँगको एकताको लागि अर्को चमत्कार गर्ने तयारीमा जुटेका छन् ।ओली निकट उच्च स्रोतको अनुसार ओलीले आज यसबारेमा आफू निकट नेताहरुसँग गम्भिर भेटवार्ता गरेका छन् । एमाले उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, उप–महासचिव विष्णु पौडेल र सचिव प्रदिप ज्ञवालीसँगको भेटवार्तामा ओलीले आफू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्ष दिन तयार रहेको विश्वास दिलाएका थिए ।

उनले वाम गठबन्धन घोषणा गर्नुभन्दा पहिल्यै नै ओलीले प्रचण्डलाई अध्यक्ष दिने भद्र सहमति गरेको खुलासा एमालेकै नेताहरुले खुलासा गरेका थिए । तर, प्रचण्डलाई अहिल्यै नै अध्यक्ष दिन नसकिने एमाले नेताहरुले बताउन थालेपछि एकतामा समस्या आएको हो ।

एमालेका एक नेताले भने,‘हाम्रो अध्यक्ष प्रच्ण्डलाई अध्यक्ष दिन तयार हुनुहुन्छ, तर प्रचण्डले धम्क्याउन भएन, उहाँले धम्क्याउने हिसावले प्रस्तुत हुनु भएन्।’

स्रोतका अनुसार ओलीले आफू त्याग गरेर भएपनि एकतालाई निश्कर्षमा पुर्याउन तयार रहेको आजको बैठकमा नेताहरुलाई वचनबद्धता जनाएका छन् । उनले ०४७ सालमा मदन भण्डारीले मनमोहन अधिकारीलाई अध्यक्ष दिएझैं आफूपनि प्रचण्डलाई अध्यक्ष बनाउन तयार रहेको विश्वास दिलाएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हिजो नै चितवनको एक कार्यक्रममा अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद नदिईए एकता हुन नसक्ने अभिव्यक्ति दिएका थिए । प्रचण्डले सुरुदेखि नै ओली अबको प्रधानमन्त्री भनेर बताउँदै आएका थिए । तर, ओली प्रधानमन्त्री भए आफूलाई अध्यक्ष दिनुपर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...