‘गोपाल पराजुलीको नागरिकतामै ३ जन्ममिति’,शैक्षिक प्रमाणपत्र पनि दुई वटा



प्रधानन्यायाधीश गोपाल पराजुलीले जिल्ला प्रशासन कार्यालयमा कम्तिमा दुई पटक जन्ममिति फेरबदल गरेको र तीन पटक प्रतिलिपि निकालेको तथ्य फेला परेको समाचार कान्तिपुर दैनिकले तस्वीरसहित प्रकाशित गरेको छ ।
नागरिकताको अभिलेखमा पटक पटक तथ्यांक फेरबदल गर्नु कानुनी रुपमा दण्डनीय मानिन्छ ।

‘२०३० साउन २१ मा तनहुँबाट नागरिकताको प्रमाणपत्र निकालेका पराजुलीले त्यसपछि काठमाडौंबाट कम्तिमा दुई पटक प्रतिलिपि निकालेको तथ्य यसअघि सार्वजनिक भएको थियो । अर्को कागजातले भने प्रधानन्यायाधीश पराजुलीले २०४९ सालअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अर्को नागरिकता लिएको देखिन्छ,’ कान्तिपुरले लेखेको छ ।

यसैगरी कर्मचारी सञ्चयकोष कार्यालयको उच्च स्रोतबाट प्राप्त विवरणअनुसार पराजुलीले अन्य शैक्षिक प्रमाणपत्रमा नभएको जन्ममिति अभिलेखमा पेस गरेको देखिन्छ । २०४८ कात्तिक २३ देखि कर्मचारी सञ्चयकोषमा कोष कट्टा सुरु गरेका उनले २०४९ साउन ३१ गते सञ्चयकोषको परिचयपत्र बनाएको खुलेको छ । सञ्चयकोषको विवरणमा २०१० बैशाख १३ गतेको जन्ममिति र १४०३÷४४१ नम्बरको नागरिकता काठमाडौंबाट जारी भएको उल्लेख गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय स्रोतको भनाई समाचारमा लेखिएको छ, ‘यसको अर्थ उहाँले २०४९ साउनअघि नै काठमाडौंबाट नागरिकताको प्रमाणपत्र लिएको हुनुप¥यो । त्यतिबेला अर्को जिल्लाबाट नागरिकता लिएको व्यक्तिले नागरिकता सच्याउन पाउने कानुनी व्यवस्था थिएन ।’

स्रोतको दावीअनुसार २०३० साउन २१ गते २१ वर्ष उल्लेख गरी नागरिकता लिएका उनले २०१० साल बैशाख १३ गते जन्ममिति भनी सच्याउने कानुनी आधारसमेत छैन भने अन्य प्रमाणसमेत उनीसँग छैन ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई ५४ लाख धरौटीमा छाड्न आदेश

     चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख

बालेन र रविदेखि आशिका तामाङसम्मको बचाउमा उत्रिए प्रचण्ड

    सत्ताबाट बाहिरिएपछि राज्यसत्तासँग असन्तुष्ट व्यक्ति र समूहसँग अघोषित सहकार्यमा उत्रिएका माओवादी

रविको थुनछेक बहस सकियो, आजै आदेश आउने

    चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्दाको थुनछेक

पोखरा फाइनान्सका सीईओ रविचन्द्र गुरुङ पदमुक्त

  पोखरा फाइनान्सले प्रमुख कार्यकारी अधिकृत (सीईओ) रवि चन्द्र गुरुङलाई पदमुक्त गरेको छ