‘गोपाल पराजुलीको नागरिकतामै ३ जन्ममिति’,शैक्षिक प्रमाणपत्र पनि दुई वटा



हाम्रो इकोनोमि

प्रधानन्यायाधीश गोपाल पराजुलीले जिल्ला प्रशासन कार्यालयमा कम्तिमा दुई पटक जन्ममिति फेरबदल गरेको र तीन पटक प्रतिलिपि निकालेको तथ्य फेला परेको समाचार कान्तिपुर दैनिकले तस्वीरसहित प्रकाशित गरेको छ ।
नागरिकताको अभिलेखमा पटक पटक तथ्यांक फेरबदल गर्नु कानुनी रुपमा दण्डनीय मानिन्छ ।

‘२०३० साउन २१ मा तनहुँबाट नागरिकताको प्रमाणपत्र निकालेका पराजुलीले त्यसपछि काठमाडौंबाट कम्तिमा दुई पटक प्रतिलिपि निकालेको तथ्य यसअघि सार्वजनिक भएको थियो । अर्को कागजातले भने प्रधानन्यायाधीश पराजुलीले २०४९ सालअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अर्को नागरिकता लिएको देखिन्छ,’ कान्तिपुरले लेखेको छ ।

यसैगरी कर्मचारी सञ्चयकोष कार्यालयको उच्च स्रोतबाट प्राप्त विवरणअनुसार पराजुलीले अन्य शैक्षिक प्रमाणपत्रमा नभएको जन्ममिति अभिलेखमा पेस गरेको देखिन्छ । २०४८ कात्तिक २३ देखि कर्मचारी सञ्चयकोषमा कोष कट्टा सुरु गरेका उनले २०४९ साउन ३१ गते सञ्चयकोषको परिचयपत्र बनाएको खुलेको छ । सञ्चयकोषको विवरणमा २०१० बैशाख १३ गतेको जन्ममिति र १४०३÷४४१ नम्बरको नागरिकता काठमाडौंबाट जारी भएको उल्लेख गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय स्रोतको भनाई समाचारमा लेखिएको छ, ‘यसको अर्थ उहाँले २०४९ साउनअघि नै काठमाडौंबाट नागरिकताको प्रमाणपत्र लिएको हुनुप¥यो । त्यतिबेला अर्को जिल्लाबाट नागरिकता लिएको व्यक्तिले नागरिकता सच्याउन पाउने कानुनी व्यवस्था थिएन ।’

स्रोतको दावीअनुसार २०३० साउन २१ गते २१ वर्ष उल्लेख गरी नागरिकता लिएका उनले २०१० साल बैशाख १३ गते जन्ममिति भनी सच्याउने कानुनी आधारसमेत छैन भने अन्य प्रमाणसमेत उनीसँग छैन ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको राति ८ बजेदेखि १ बजेसम्म मतदान

     नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन निर्वाचन समितिले निर्वाचनका संशोधित कार्यतालिका सार्वजनिक...

नबिल बैंकका अध्यक्ष चौधरीद्वारा गर्भनरबाट शपथ

     नबिल बैंक लिमिटेडका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष निर्वाण कुमार चौधरीले नेपाल...

महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको उम्मेदवारी

    नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले महामन्त्रीमा...

गगन थापाले सभापतिमा उम्मेदवारी दिए

     कांग्रेस विशेष महाधिवेशन चलिरहेका बेला संस्थापनसँगको वार्तामा प्रगति नभएपछि गगन थापाले...