वाम एकताको नयाँ मोडलः माओवादीलाई अध्यक्ष, एमालेलाई महासचिव



हाम्रो इकोनोमि

एमाले–माओवादी एकता निर्णायक मोडमा पुगेको  छ ।

समाचार अनुसार एमाले र माओवादी केन्द्रले एकता वार्तालाई निर्णायक मोडमा पुर्याउने तयारी गरेका छन् । माओवादी अध्यक्ष प्रचण्डले दुई–तीन दिनभित्रै परिणाम आउने गरी निर्णायक वार्ता गर्ने जनाएका छन् भने एमालेले पनि नयाँ मोडालिटीसहित वार्तामा बस्ने तयारी गरेको छ ।

नयाँ पत्रिकाका अनुसार एमाले उपाध्यक्ष वामदेव गौतमले माओवादीलाई अध्यक्ष र एमालेले महासचिव लिएर भए पनि पार्टी एकता गर्नुपर्ने मोडालिटी प्रस्ताव गरेका छन् । ०४७ को तत्कालीन माले र माक्र्सवादी एकीकरण गर्दाको यो मोडलअनुसार सेरेमोनियल अध्यक्ष र शक्तिशाली महासचिव बनाउने उनको प्रस्ताव छ ।

 

माले–माक्र्सवादी एकीकरणपछि बनेको एमालेमा माक्र्सवादीका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी अध्यक्ष थिए भने मालेबाट मदन भण्डारी महासचिव बनेको थिए । यसरी एकता गर्दा नेताद्वय माधव नेपाल र झलनाथ खनालमध्ये एक जनालाई राष्टपति पनि बनाउन सकिने उनको भनाइ रहेको नयाँ पत्रिकामा खबर छ ।नयाँ पत्रिका दैनिक

यता, अन्नपूर्ण पोस्ट दैनिकले भने एमालेले सरकार गठनलगत्तै माओवादी केन्द्रसँग पार्टी एकता टुंगिने लेखेको छ । स्थायी समितिको आइतबार बसेको बैठकमा पार्टी अध्यक्ष केपी ओलीले पार्टी एकताको विषयमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग निकै सकारात्मक छलफल भइरहेको र केही दिनभित्रै त्यसले आकार लिने बताएका थिए ।

समाचार अनुसार, फागुन दोस्रो साताभित्रै सरकारको नेतृत्व लिने तयारीमा रहेको एमाले त्यसअगावै माओवादीसँग एकताको खाकामा सहमति खोज्ने तयारीमा छ ।

एमाले–माओवादी एकता वार्ताको चर्चा पनि आजका पत्रपत्रिकाहरुमा छन् । नयाँ पत्रिका दैनिकमा एकता वार्ता निर्णायक मोडमा पुगेको समाचार छ भने अन्नपूर्ण पोस्ट दैनिकले सरकार गठनलगत्तै पार्टी एकता हुने र त्योभन्दा पहिले एकताको खाका बन्ने लेखेको छ । नयाँ पत्रिकाका अनुसार, एमाले उपाध्यक्ष वामदेव गौतमले माओवादीलाई अध्यक्ष र एमालेले महासचिव लिएर भए पनि पार्टी एकता गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

एमालेले आइतबार प्रतिनिधिसभाको समानुपातिक सांसद् छानेको छ । यो विषयलाई पनि आजका पत्रपत्रिकाहरुले विभिन्न शीर्षक दिएर लेखेका छन् । एमालेले समानुपातिकतर्फका सांसद् छनोट गरे पनि कांग्रेस–माओवादीले भने टुंग्याएका छैनन् ।

यसका अतिरिक्त भवन नहुँदा प्रहरीको बिजोग भएको, राज्यलाई छलेर रेडक्रसले ५ अर्ब खर्च गरेको, पूर्वमन्त्रीको उपचार खर्चको बिल ७३ लाख आएकोलगायत समाचारलाई पनि पत्रपत्रिकाहरुले उत्तिकै महत्त्वका साथ आफ्नो पहिलो पृष्ठमा छापेका छन् ।

प्रतिक्रिया दिनुहोस
किन पक्राउ परे दुर्गा प्रसाईं ?

   झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं गत शुक्रबार मध्यान्ह दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ...

एमाले गुगलमा होईन भूगोलमा हुन्छ : महेश बस्नेत

    नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा...

चीनको १५आौं पञ्चवर्षीय योजनाबाट नेपाल लाभान्वित हुनुपर्छ

    चीन सम्बन्धका विज्ञहरुले चीनको खुलापन र १५आौं पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष...

दुई वटा बस ठोकिँदा ट्रिपर चालकको मृत्यु

    पृथ्वी राजमार्ग अन्तर्गत धादिङ, थाक्रे–६, दसकिलोमा बस दुर्घटना हुँदा एक जनाको...