एमालेको बैठकमै बामदेवले प्रचण्ड बोके पछी यसरी भयो हंगामा,चितवन बाट प्रचण्डले फेरी यस्तो फायर खोले



हाम्रो इकोनोमि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा अघि सार्दै एमाले स्थायी समितिले तीन वटा महत्वपूर्ण निर्णय गरेको छ ।

पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा आज बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई अब बन्ने सरकारको नेतृत्वकोलागि प्रधानमन्त्रीमा अघि सार्ने निर्णय गरेको छ ।

सचिव प्रदिप ज्ञवालीले भने,‘आजको बैठकले मूलतः तीन वटा निर्णय गरेको छ, पहिलो निर्णय अब बन्ने सरकारको नेतृत्व अध्यक्ष ओली कमरेडले गर्नेगरि उहाँलाई प्रधानमन्त्रीमा अघि सारेका छौं, त्यस्तै सरकार गठनपूर्व नै माओवादी केन्द्रसँग एकताबारे ठोस सहमति कायम गर्ने र तेस्रोमा फागुणभित्रै एकता सम्पन्न गर्ने निर्णय गरेको छ ।’

आजको बैठकमा अध्यक्ष ओलीले आफ्नो धारणा राखेका थिए । तर, उपाध्यक्ष वामदेव गौतमले माओवादीसँग एकता तत्काल गरेर अघि बढ्नुपर्नेमा जोड दिए । उनले सरकार गठन अघि नै एकता गर्न सुझाएका थिए । तर, अध्यक्ष ओलीले पार्टी एकतामा अब कुनै शंका गर्ने ठाउँ नरहेको भन्दै एकता तत्काल अघि बढ्ने धारणा राखेका थिए । यद्धपी उनले पहिले सरकार गठनप्रति सोच्ने बेला भएको सुनाए ।

उता चितवनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्र र जनताको आवश्यकतानुसार आफूले जस्तोसुकै राजनीतिक निर्णय लिन पनि सक्ने बताएका छन्।

प्रकाश दाहाल स्मृति राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटनपछि पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले अहिलेको सन्दर्भमा आफूले अघि सारेको यो भनाइको अर्को राजनीतिक अर्थ नलगाउन पनि आग्रह गरे।

अध्यक्ष दाहालले शनिबार भरतपुरमा आयोजित एक कार्यक्रममा देशको हित नहुने भएमा आफूले फड्को हान्ने बताएका थिए। नेकपा (एमाले) र माओवादी केन्द्रबीच पार्टी एकताको बैठक चलिरहँदा अध्यक्ष दाहालको यस्तो प्रतिक्रिया बाहिर आउँदा राजनीतिक माहोल गर्माएको थियो।

दुई पार्टी एकीकरणका सन्दर्भमा उनले भने, “म काठमाडौँ गएपछि कुराकानी हुन्छ। मेरो चाहना छ दुई तीन दिनभित्र टुंगियोस्, यो कुरा नलम्बियोस्। पार्टी एकीकरण लम्बिएलाजस्तो भन्दा पनि टुंगिएलाजस्तो मैले देखिरहेको छु।”

खेलकुद प्रतियोगिताअन्तर्गतको चौथो मुवा थाई तथा बृहत् तेक्वान्दो प्रतियोगिताको उनले उद्घाटन गरेका हुन्।

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...