सोमबार सपथ खाने गरी डोरमणि प्रदेश ३ को मुख्यमन्त्री नियुक्त,४ मा पृथ्वीसुब्बाले यसरी बाजी मारे



प्रदेश ३ मा मुख्यमन्त्री नियुक्त गरिएको छ । प्रदेश ३ को एमाले संसदीय दलको नेता डोरमणी पौडेल मुख्यमन्त्री नियुक्त भएका हुन् । प्रदेश प्रमुख अनुराधा कोईरालाले मुख्यमन्त्रीको सिफारिसलाई सदर गरेसँगै पौडेल मुख्यमन्त्री नियुक्त भए । योसँगै सात प्रदेश मध्ये सबै भन्दा पहिले मुख्यमन्त्री नियुक्त गर्ने र सरकार बनाउनेमा प्रदेश ३ पहिलो भएको छ ।
मुख्यमन्त्री नियुक्त भएका पौडेलले सोमबार वहान पद तथा गोपनीयताको सपथ लिने छन् ।

उता संसदीय चुनावहरुमा जीत भन्दा हारको धेरै अनुभव भोगेका एमाले सचिव पृथ्वीसुब्बा गुरुङ प्रदेश–४ को मुख्यमन्त्री सहज रुपमा बन्ने भएका छन्। मुख्यमन्त्रीमा एमालेका अर्का प्रभावशाली नेता किरण गुरुङले दावेदारी पेश गरेपनि अन्तिम समयमा किरणले दावेदारी फिर्ता लिएपछि पृथ्वीसुब्बाले प्रदेश–४ को पहिलो मुख्यमन्त्री बन्ने अवसर पाएका हुन्।

२०४३ को राष्ट्रिय पञ्चायतको चुनावमा तत्कालिन मालेको तर्फबाट जनपक्षीय उम्मेदवारका रुपमा पहिलो पटक चुनावी प्रतिस्पर्धा गरेका गुरुङका लागि बहुदलकालमा कहिल्यै संसदको ढोका खुलेन। २०४३ का अलावा २०४८, २०५१ र ०५६ का चार वटै चुनावमा उनी कांग्रेस उम्मेदवारहरुबाट पराजित भए।

बहुदलकालका कुनैपनि चुनावमा विजयको अनुभव गर्न नपाएका गुरुङका लागि एकैपटक संसदको ढोका २०६४ को चुनावमा खुल्यो। नेपाली कांग्रेसका नेता दीलबहादुर घर्तिलाई भारी मतान्तरले पराजित गर्दै गुरुङ संविधान सभामा निर्वाचित भए। खासमा कहिल्यै ‘चुनाव नजितेका’ नेता भन्दै सहानुभूतिस्वरुप पाएको मतबाट उनले विजय हासिल गरेका थिए।

पहिलो संविधान सभा चुनावमा कांग्रेसका बरिष्ठ नेता घर्तिलाई पराजित गरेका गुरुङ दोस्रो संविधान सभा निर्वाचनमा भने कांग्रेसका जिल्लास्तरका नेताबाट पराजित हुन पुगे। लमजुङ कांग्रेसका सचिव चन्द्रबहादुर कुँवरले उनलाई दोस्रो संविधान सभा निर्वाचनमा सहज रुपमा पराजित गरेका थिए।

तर, २०७४ को प्रदेश सभा निर्वाचनमा भने गुरुङ भारी मतान्तरका लागि लमजुङ ‘ख’ बाट विजयी भए। मुख्यमन्त्रीका बलिया दावेदार भएकाले पनि प्रदेश सभा निर्वाचनमा विजय हासिल गर्न उनलाई सहज भयो। निर्वाचनमा एमाले–माओवादी केन्द्रबीचको गठबन्धनले पनि गुरुङको विजयमा भूमिका खेल्यो।

यसरी पहिलो संविधान सभा निर्वाचनमा विजय हासिल गरेपनि गुरुङका लागि संसद निर्वाचनमा विजय हासिल गर्न चाहिँ सँधै कठिन भयो। तर, गुरुङलाई संसदको ढोका खोल्न जति असहज भयो, त्यसको तुलनामा प्रदेश–४ को मुख्यमन्त्री बन्ने ढोका चाहिँ गुरुङले सहज ढंगले खोले।

प्रदेश–४ को मुख्यमन्त्रीमा पृथ्वीसुब्बाका प्रतिस्पर्धी थिए, एमाले नेता किरण गुरुङ। गण्डकी एमालेको राजनीतिमा लमजुङका पृथ्वीसुब्बा भन्दा तनहुँका किरण ‘सिनियर’ मानिन्छन्। तिनै किरण पृथ्वीसुब्बासँगै प्रदेश–४ को मुख्यमन्त्रीको प्रतिस्पर्धामा थिए। आइतबार विहानसम्म पनि तनहुँका किरणको दावेदारी जीवितै थियो।

अन्य प्रदेशमा मुख्यमन्त्रीका लागि एमाले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधव नेपाल समूहबीच प्रतिस्पर्धा भयो। तर, अन्य प्रदेशका विपरित प्रदेश–४ यी दुई प्रतिस्पर्धी दुबै जना ओली समूहका थिए। पृथ्वीसुब्बा सुरुदेखि नै ओली समूहमा थिए भने किरण एमालेको नबौं महाधिवेशनका क्रममा बामदेब गौतमसँगै ओली समूहमा लागेका थिए।

सुरुदेखि नै किरणलेचुनौति दिएपनि त्यो चुनौति निर्वाचन हुने दिनसम्म आईपुग्दा कायम रहेन। एमाले प्रदेश सभा दलका लागि निर्वाचन हुनुअघि एमाले महासचिव ईश्वर पोखरेलको मध्यस्थतामा दुबै नेताबीच वार्ता भयो, जहाँ पृथ्वीसुब्बाका लागि किरणले सहज रुपमा बाटो खुला गरिदिए। र, लमजुङका पृथ्वीसुब्बा प्रदेश–४ को मुख्यमन्त्री बन्ने बाटो सहज रुपमा खुल्यो

प्रतिक्रिया दिनुहोस
नेकपा एस एकढिक्का छ : माधव नेपाल

    नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी अरुमा विलीन हुन लागेको

पार्टीको परीक्षण निर्वाचनले गर्छ, सामाजिक सञ्जालले होइन : शंकर पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले अन्य पार्टीका नेता-कार्यकर्तालाई एमालेको चिन्ता नलिन

हेटौँडा-कुलेखानी-सिस्नेरी-काठमाडौँ सडक खुल्यो

    हेटौँडा–काठमाडौँलाई जोड्ने हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाडौँ सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ ।

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति

    सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति