प्रचण्डले फड्को हान्ने भने पछी तिल्मिलाएका ओली यस्तो शर्त राख्दै प्रचण्डलाई अध्यक्ष मान्न यसरी भए राजी



हाम्रो इकोनोमि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रसँगको एकताको लागि अर्को चमत्कार गर्ने तयारीमा जुटेका छन् ।ओली निकट उच्च स्रोतको अनुसार ओलीले आज यसबारेमा आफू निकट नेताहरुसँग गम्भिर भेटवार्ता गरेका छन् । एमाले उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, उप–महासचिव विष्णु पौडेल र सचिव प्रदिप ज्ञवालीसँगको भेटवार्तामा ओलीले आफू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्ष दिन तयार रहेको विश्वास दिलाएका थिए ।

उनले वाम गठबन्धन घोषणा गर्नुभन्दा पहिल्यै नै ओलीले प्रचण्डलाई अध्यक्ष दिने भद्र सहमति गरेको खुलासा एमालेकै नेताहरुले खुलासा गरेका थिए । तर, प्रचण्डलाई अहिल्यै नै अध्यक्ष दिन नसकिने एमाले नेताहरुले बताउन थालेपछि एकतामा समस्या आएको हो ।

एमालेका एक नेताले भने,‘हाम्रो अध्यक्ष प्रच्ण्डलाई अध्यक्ष दिन तयार हुनुहुन्छ, तर प्रचण्डले धम्क्याउन भएन, उहाँले धम्क्याउने हिसावले प्रस्तुत हुनु भएन्।’

स्रोतका अनुसार ओलीले आफू त्याग गरेर भएपनि एकतालाई निश्कर्षमा पुर्याउन तयार रहेको आजको बैठकमा नेताहरुलाई वचनबद्धता जनाएका छन् । उनले ०४७ सालमा मदन भण्डारीले मनमोहन अधिकारीलाई अध्यक्ष दिएझैं आफूपनि प्रचण्डलाई अध्यक्ष बनाउन तयार रहेको विश्वास दिलाएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हिजो नै चितवनको एक कार्यक्रममा अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद नदिईए एकता हुन नसक्ने अभिव्यक्ति दिएका थिए । प्रचण्डले सुरुदेखि नै ओली अबको प्रधानमन्त्री भनेर बताउँदै आएका थिए । तर, ओली प्रधानमन्त्री भए आफूलाई अध्यक्ष दिनुपर्ने बताउँदै आएका छन् ।

प्रचण्डको यस्तो अभिव्यक्ति आएपछि ओली पनि झस्किएका छन् । प्रचण्डले त हिजो चितवनको एक भाषणमा आफू राष्ट्रलाई अहित हुने भए अर्को फड्को हान्न पनि बेर नलगाउने भनेर बोलेका थिए ।

यता आजै निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको मतपरिणाम राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आइतबार शीतल निवास पुगेर राष्ट्रपति भण्डारीलाई चुनावको अन्तिम परिणाम बुझाएका हुन्।

राष्ट्रपति कार्यालयका अनुसार, आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपति भण्डारी समक्ष पेश गरेको छ।

आयोगले फागुन पहिलो साताभित्र निर्वाचनको सम्पूर्ण मतपरिणाम राष्ट्रपति भण्डारीलाई बुझाउने तयारी गरेको छ। आयोगले राष्ट्रियसभाको निर्वाचन नभएको भन्दै प्रतिनिधिसभा निर्वाचनको समानुपातिकको सूची सार्वजनिक गरेको छैन। माघ मसान्तभित्र समानुपातिकतर्फको सूची बुझाउन आयोगले राजनीतिक दलहरुलाई सूचित गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...