बाम एकता भाडिने देखे पछी बामदेबले ल्याए यस्तो प्रस्ताब,ओली र प्रचण्ड दुवै खुसीले गद् गद्



हाम्रो इकोनोमि

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताका लागि एमाले उपाध्यक्ष बामदेव गौतम अन्तिम गृहकार्यमा लागेका छन् । चुनावमा एक भएर जाने तथा पार्टी एकताको सुत्रधार मध्येका एक भनिएका गौतम पार्टी एकताका लागि नयाँ प्रस्ताव लिएर अगाडि आएका छन् । पद बाँडफाँडमा कुरा नमिलेपछि अल्झिएको एकताका विषयमा एमाले उपाध्यक्ष बामदेव गौतमले नयाँ प्रस्ताव अगाडि सार्दै पार्टी एकता गर्ने प्रयास गरेका हुन् ।

बामदेवको प्रस्ताव अनुसार एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीसहित पार्टी एकतापछि सर्वोच्च नेताको पद पाउनेछन् । त्यसैगरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टी अध्यक्षको पद दिने प्रस्ताव बामदेवले राखेको उच्च स्रोतले बताएको छ ।

पछिल्लो समय पार्टी एकताका विषयमा अनेक चर्चा परिचर्चा भइरहँदा बाम एकताका मुख्य योजनाकार बामदेवले एकताको नयाँ सूत्र ल्याएका हुन् । बामदेवको यो प्रस्तावले एमालेमा भने फेरि तरंग ल्याउने बुझिएको छ ।

पद बाँडफाँडमा अलमल देखिएपछि प्रचण्डले शनिबारमात्रै गृहजिल्ला चितवनमा ‘नयाँ फड्को हान्न सक्ने’ जनाउ दिएको आसपासमा बामदेवले नयाँ प्रस्ताव अगाडि सारेको बुझिएको छ ।

के होला एकता ?
यो एकताको विषयले मुलुकको राजनीतिलाई नै निकै गर्माएको छ । एकताका विषयमा एमाले र माओवादीबीच गम्भीर वार्ता नहुँदा समस्या अझ बढेको हो । बामदेवको यो नयाँ प्रस्तावले वार्ताको ढोका फेरि खोलेको छ ।

के हुने अरु नेताको वरियता ?
समस्या पदकै रहेको छ । ओलीलाई पहिलो र प्रचण्डलाई दोस्रो स्थानमा राख्दा पूर्व प्रधानमन्त्री र पार्टी प्रमुखको हैसियतमा रहिसकेका माधवकुमार नेपाल र झलनाथ खनाल तेस्रो वरियतामा रहने देखिन्छ ।

तर यही स्थितिमा बामदेव र माओवादीका नारायणकाजी श्रेष्ठ अनि कृष्णबहादुर महरा र रामबहादुर थापा बादलको अवस्था के हुने भन्ने अन्योल छ । त्यसैगरी पार्टी एकता नभएका खण्डमा एमालेको नेतृत्व लिन तयार देखिएका वर्तमान महासचिव ईश्वर पोखरेलको अवस्था के हुने भन्ने अर्को प्रश्नसमेत खडा भएको छ ।

एमालेमा आशंका
एमालेमा अहिले नयाँ आशंका जन्मिएको छ । एमालेको एउटा बृतमा प्रचण्ड र बामदेव मिलेर पार्टीलाई कब्जा गर्ने त होइनन् भन्ने आशंका समेत पैदा भएको हाम्रा कुराले उल्लेख गरेको छ ।

एमालेका अहिलेका दोस्रो वरियताका नेताहरुमा यो संसय पैदा भएको छ । उनीहरुले बामदेव र प्रचण्डको सेटिङ पहिलेदेखिनै रहेको र बामदेवको नयाँ प्रस्तावले पार्टीलाई नै कब्जा गर्न सक्ने शंकासमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
किन पक्राउ परे दुर्गा प्रसाईं ?

   झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं गत शुक्रबार मध्यान्ह दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ...

एमाले गुगलमा होईन भूगोलमा हुन्छ : महेश बस्नेत

    नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा...

चीनको १५आौं पञ्चवर्षीय योजनाबाट नेपाल लाभान्वित हुनुपर्छ

    चीन सम्बन्धका विज्ञहरुले चीनको खुलापन र १५आौं पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष...

दुई वटा बस ठोकिँदा ट्रिपर चालकको मृत्यु

    पृथ्वी राजमार्ग अन्तर्गत धादिङ, थाक्रे–६, दसकिलोमा बस दुर्घटना हुँदा एक जनाको...