ओलीलाई छिर्के हान्न देउवा र प्रचण्डको एकाएक यसरी मिल्यो कुरा,देउवा राष्ट्रपति र प्रचण्ड प्रधानमन्त्री बन्दै



चुनावमा पार्टीले लज्जास्पद पराजय बेहोरेपछि पार्टीभित्रैबाट आलोचनाको सिकार बनेका कांग्रेस सभापति शेरबहादुर देउवा अबको केही दिनभित्रमा नै सरकार बाहिर हुनेछन् ।

त्यसपछि उनको भूमिका पार्टी सभापतिको रुपमा कांग्रेसलाई बलियो बनाउनु हुनेछ । तर केही प्रभावशाली नेताहरुले नै तत्काल नेतृत्व परिवर्तन गर्नुपर्ने आवाज उठाइरहेकाबेला देउवालाई पार्टीभित्र ठूलै चुनौति छ ।

यही कुरालाई मध्यनजर गर्दै देउवा अब राष्ट्रपति बन्ने बाटो खोज्दैछन् । राष्ट्रपति बन्न पाए कांग्रेसको नेतृत्व हस्तान्तरण गर्न सहज हुने उनको ठम्याई छ ।

त्यसैले देउवाले एमाले र माओवादीबिच पार्टी एकता नभएको खण्डमा माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाएर आफूलाई राष्ट्रपतिको रुपमा प्रस्ताव गर्न लागेका छन् । कांग्रेसका एक नेताले नाम उल्लेख नगर्ने शर्तमा देउवा राष्ट्रपति बन्न चाहेको कुरा खुलासा गरेका हुन् । संघीय समाजवादी फोरम र राजपालाई पनि सहमत गराएर प्रचण्डलाई प्रधानमन्त्री बनाउने र कांग्रेसको भागमा राष्ट्रपति पद मागेर आफैँ राष्ट्रपति बन्ने दाउमा देउवा रहेको ति कांग्रेस नेताले बताए ।
तर कांग्रेस कै वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि राष्ट्रपति बन्ने चाहना व्यक्त गरेको बताइएको छ ।

यता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्ने संकेत गरेका छन् । शनिबार गृहजिल्ला चितवनमा आयोजित कार्यक्रममा देशको हितका लागि आफू फड्को मार्न तयार रहेको भन्दै गठबन्धन तोड्ने र आफै प्रधानमन्त्री बन्ने संकेत गरेका हुन्।

यदि यसो भए एमाले अध्यक्ष केपी ओलीको प्रधानमन्त्री बन्ने सम्भावना टर्नेछ। प्रमुख दल भएर एमाले प्रतिपक्षमा बस्नुपर्ने अवस्था आउनेछ। उसो त एमालेले पार्टी एकताभन्दा सरकार गठनलाई प्राथमिकता दिएपछि माओवादी केन्द्र सशंकित देखिन्छ । एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधर अझै पनि एकतापछि माओवादीलाई पार्टी नेतृत्व दिने विषयमा कन्भिन्स हुन सकेको छैन । त्यसले अब ओलीको नेतृत्वमा बन्ने भनिएको सरकार नै प्रभावित हुने देखिएको छ ।

शनिबार माओवादी अध्यक्ष प्रचण्डले चितवनबाट देशको हितका लागि आफू फड्को मार्न तयार रहेको संकेत गरिसकेका छन् । यो संकेत उनले ओलीलाई दिएको प्रष्ट हुन्छ । एमाले प्रधानमन्त्री र पार्टी अध्यक्ष आफै राख्ने दाउँमा छ । यो बुझेको माओवादी आत्मसमर्पण गरेर एमालेमा विलय हुन चाहन्न । त्यसो गर्नुभन्दा कांग्रेस र मधेसवादी दलसँग मिलेर सरकार गठन गर्न उसलाई फाइदा छ ।

मधेसवादी दलले एमाले–माओवादी एकता भाँडिदै जाँदा ‘ग्रीन सिंग्नल’ दिइसकेका छन् । रापजाले महन्थ ठाकुरलाई राष्ट्रपति बनाउनुपर्ने शर्तसहित सरकारमा जाने ढोका खुला राखेको छ भने समाजवादी फोरका अध्यक्ष उपेन्द्र यादव पनि प्रचण्ड नेतृत्वको सरकारमा जान तयार हुनेछन् । उता कांग्रेसले प्रचण्डलाई पाँच वर्षका लागि प्रधानमन्त्री बन्न प्रस्ताव गरिसकेको छ । तर, प्रचण्ड पदभन्दा वाम गठबन्धनलाई जनताले विश्वास गरेर जिताएकाले पार्टी एकता गरेर जाने पक्षमा छन् । माओवादीका एक नेताले भने, ‘माओवादी कुनै पनि हालतमा आफ्नो पहिचान गुमाएर एमालेमा विलय हुन जानेवाला छैन । एमालेले दम्भ देखाउन थालेको छ, त्यसको मूल्य चुकाउनु पर्दा उसको बल्ल आँखा खुल्नेछ ।’ यसअघि तीन बुँदे सहमति गरेर ओलीले माओवादीलाई धोका दिएको प्रशंग केलाउँदै ती नेताले अब माओवादी ओलीको जालमा नफस्ने बताए ।

एमाले स्रोतका अनुसार ओलीमा प्रचण्डलाई अध्यक्ष दिएमा आफू अल्पमतमा पर्ने डरका कारण पार्टी एकता हुन नसकेको हो । एकतापछि माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम लगायतका नेता प्रचण्डको पक्षमा उभिने र आफू अल्पमतमा पर्ने ओलीमा ठूलो डर छ । तर, नयाँ सरकार बन्ने समय नजिकिँदै गर्दा प्रचण्डले भनेजस्तै फड्को मार्न बेर नलगाउलान् भन्न सकिन्न । त्यसो भएको खण्डमा त्यसको सबैभन्दा बढी पीडा ओलीले भोग्नुपर्ने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री स्वदेश नफर्किँदासम्म रविलाई पक्राउ नगरिने

      प्रहरी स्रोतले पूर्वगृहमन्त्री लामिछानेलाई आजभोलि नै पक्राउ गर्ने सम्भावना नरहेको

दुर्गा प्रसाईको पक्राउविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन

     मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउको विरोधमा आज पनिविरोध प्रदर्शन भएको छ

बालेन प्रवृत्ति निरंकुश भयो, तानाशाह लाद्न खोजियो : अध्यक्ष निरौला

    नेकपा  एमाले काठमाडौंका अध्यक्ष दीपक निरौला बालेनको कार्यशैलीप्रति रुष्ट बन्नु भएको छ

कुलेखानी-सिस्नेरी सडक १२ दिन बन्द

  दक्षिणकाली-छैमले सडक कालोपत्रे गर्नका लागि हेटौँडा-काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडक १२ दिन