“अस्तित्व” गीति एल्बम सङ्ग्रह लिएर आइन सङ्गीतकार रेखा पौड्याल



“अस्तित्व” एल्बम लिएर सङ्गीत प्रेमिका चाहना मेटाउन युगल जोडी रेखा र उनका दाजु सजिंब पौड्याल गीत–सङ्गीत बजारमा प्रवेश गरेका छन् । रेखा पौड्यालको युगल गायनले भरिएको “अस्तित्व” एल्बम एक भव्य समारोहका बिच वरीष्ट गीतकार यादव खरेलले विमोचन गरेका छन् । यस एल्बममा युगल जोडी संजिव र रेखा पौड्यालका सुमधुर स्वरवद्ध भएका ६ वटा पप र पप÷आधुनिक गीत समेटिएको उक्त एल्बमलाई बिन्दवासीनी म्युजिकले उत्पादन तथा बजारीकरणको जिम्मा पाएको छ ।

नेपाली संगीतीक क्षेत्रले बजार हिस्सा वठाउंदै सङ्गीत प्रेमीबिच चर्चितहुंदै गएकोमा खुसी व्यक्त गर्दे पमुख अतिथि खरेलले नेपालमा पश्चिमी र भारतीय सङ्गीतको एकाधिकारको अनत्यहुन सङ्गीत क्षेत्रका कलाकारहरूले थप सृजनशीलता देखाउनुपर्ने समेत टिप्पणी गरेकोका छन् । चितवनमा आयोजित वि.स २०५९ सालको आधुनिक गीत प्रतियोगितामा प्रथम स्थान प्राप्त गरेपछि रेखा पौड्यालले साङ्गीतिक यात्रा सुरुवात भएको हो ।

उनले साङ्गीतिक क्षेत्रलाई पछयाउंदै प्रसिद्ध सङ्गीतकार मास्टर चन्दन कुमार श्रेष्ठको गन्र्धब सङ्गीत विद्यालयबाट ५ वर्ष शास्त्रीय सङ्गीत अध्ययन पछि वि.स २०६५ सालमा “आकृति” नामक पहिलो एकल एल्बम म्युजिक नेपालले बजारमा ल्याएको थियो । उनकोे पछिल्लो पटक युगल गीत र स्वरवद्ध गीति एल्बम “अस्तित्व” ले सङ्गीत प्रेमी माझ छिटो चर्चामा आउने जनाइएको छ । रेखा पौड्यालको अनुपम, अलङ्कार, अठोट र अविरल लगायतका एल्बमले यस अघिनै बजारमा चर्चा पाईसकेको छन् ।

प्रतिक्रिया दिनुहोस
सरकारले चुच्चे नक्सा अंकित १०० को नयाँ नोट छाप्ने

    नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट

‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं