फेरि अर्को डरलाग्दो हर्कत मुख थुनेर वालिकाको बलात्कार,बाबु र दाजुले बलात्कारी भगाए



सिरहा जिल्लाको सिरहा नगरपालिकाकी ११ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिका बलात्कारको घटना गाउँमै मिलाउने प्रयत्न गरेपनि रक्तश्राव नरोकिएर अवस्था गम्भिर भएर अस्पताल ल्याएपछि मात्र तीन दिनपछि घटना सार्वजनिक भएको हो ।

घर नजिकै रहेको गोठमा बस्तुभाउलाई पराल हाल्न गएकी बालिकालाई स्थानीय २४ वर्षीय सुरेश ठाकुरले बिहीबार साँझ मुख थुनेर बलात्कार गरेका हुन् ।
बलात्कारपछि अत्यधिक रक्तश्राव हुँदा उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल सिरहा ल्याइएको थियो ।

िसरहा अस्पतालमा उपचार गर्दा पनि रक्तश्राव नरोकिएपछि थप उपचारका लागि लहान पठाइएको सिरहा अस्पतालले जनाएको छ ।
बालिकाको लहानमा उपचार जारी रहेपनि रक्तश्राव नरोकिएको परिवारजनले जनाएको छ ।

उपचारमा रहेकी बालिकाको कुरुवा बसेका आफन्तले भने ‘बोल्न समेत अप्ठ्यारो छ, चिकित्कसकले पनि नबोल्न भनेका छन् ।’
पीडित परिवारका अनुसार आरोपी युवकले मदिरा सेवन गरेर बलात्कार गरेका हुन् । आरोपी ठाकुर फरार रहेकाले पक्राउ पर्न सकेका छैनन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक शेखर कोइरालाका अनुसार बलात्कारमा संलग्न ठाकुर फरार रहेकाले पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ ।

‘पीडित परिवार बालिकाको उपचारमा लागेकाले किटानी जाहेरी पनि परेको छैन’ प्रहरी उपरीक्षक कोइरालाले भने ‘जाहेरी परेपछि फरार रहेका ठाकुर विरुद्ध मुद्दा दर्ता गरी कारबाहीको प्रकृया अगाडि बढाउने छौं ।’
‘घटनाको सूचना पाए लगत्तै ठाकुरलाई पक्राउ गर्न प्रहरी टोली पुग्नु अगावै बाबु रामलखन ठाकुर र दाजु जमिन ठाकुरले भगाएछन्’ प्रहरी उपरीक्षक कोइरालाले भने ‘मुख्य आरोपी फरार गराइएपछि तत्काल अनुसन्धानका लागि मतियारको काम गर्ने बाबु र दाजुलाई नियन्त्रणमा लिएका छौं ।’

उता सुनसरीको इनरुवामा शुक्रबार राती मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ।
दुर्घटनामा मोटरसाइकल चालक सुनसरी हरिनगरा–३ बस्ने २३ वर्षीय अमरेश कुम्वरको मृत्यु भएको प्रहरीले जनाएको छ।

कुम्वर आफैँले चलाएको को ३० प २९९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई इनरुवा–९ बबियामा दुर्घटना भएको हो।

प्रतिक्रिया दिनुहोस
तराइ मधेश समृद्धि कार्यक्रमका लागि दरबन्दी स्वीकृत, तीनवटा कार्यालय खारेज

    सरकारले तराइ मधेश समृद्धि कार्यक्रमका लागि तीन जनाको दरबन्दी स्वीकृत गरेको

सरकारले चुच्चे नक्सा अंकित १०० को नयाँ नोट छाप्ने

    नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट

रवि लामिछानेमाथि इजलासमा दुर्व्यवहार भएको छैन : कास्की प्रहरी

    कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

राजनीति नगर्न एनआरएनएलाई प्रधानमन्त्रीको सुझाव

     प्रधानमन्त्री केपी शर्माले गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र राजनीति नगर्न आग्रह गरेका