प्रदेश ३ को सभामुखमा ओली गुटका सानु श्रेष्ठ निर्विरोध



हाम्रो इकोनोमि

प्रदेश नम्बर ३ को सभामुखमा एमालेका सानुकुमार श्रेष्ठ निर्विरोध चयन भएका छन्।

शनिबार भएको निर्वाचन प्रक्रियामा श्रेष्ठको मात्र एक्लो उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्। दिउँसो १ बजेसम्म मनोनयनका लागि दिइएको समयभित्र श्रेष्ठको मात्र उम्मेदवारी परेको थियो।

प्रदेश ३ मा एमालेलाई बहुमत प्राप्त छ। १ सय १० जनाको प्रदेशसभामा एमालेबाट ५८ सांसद छन्। श्रेष्ठ एमालेभित्र पार्टी अध्यक्ष केपी ओली पक्षका हुन्। सो प्रदेशमा एमालेले माओवादीसँग मिलेर प्रादेशिक सरकार चलाउनेछ।

शुक्रबारमात्र एमालेबाट प्रदेश ३ को संसदीय दलको नेतामा डोरमाणि पौडेल निर्वाचित भएका थिए। उनी मुख्यमन्त्री बन्ने निश्चित छ।

आजै अपराह्न निर्वाचित सभामुख श्रेष्ठलाई प्रदेश प्रमुख अनुराधा कोइरालाले शपथ ग्रहण गराउने कार्यक्रम छ। नवनिर्वाचित सभामुख श्रेष्ठले आजै साँझ पदभार ग्रहण गर्नेछन्।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...