प्रदेश ३ को सभामुखमा ओली गुटका सानु श्रेष्ठ निर्विरोध



हाम्रो इकोनोमि

प्रदेश नम्बर ३ को सभामुखमा एमालेका सानुकुमार श्रेष्ठ निर्विरोध चयन भएका छन्।

शनिबार भएको निर्वाचन प्रक्रियामा श्रेष्ठको मात्र एक्लो उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्। दिउँसो १ बजेसम्म मनोनयनका लागि दिइएको समयभित्र श्रेष्ठको मात्र उम्मेदवारी परेको थियो।

प्रदेश ३ मा एमालेलाई बहुमत प्राप्त छ। १ सय १० जनाको प्रदेशसभामा एमालेबाट ५८ सांसद छन्। श्रेष्ठ एमालेभित्र पार्टी अध्यक्ष केपी ओली पक्षका हुन्। सो प्रदेशमा एमालेले माओवादीसँग मिलेर प्रादेशिक सरकार चलाउनेछ।

शुक्रबारमात्र एमालेबाट प्रदेश ३ को संसदीय दलको नेतामा डोरमाणि पौडेल निर्वाचित भएका थिए। उनी मुख्यमन्त्री बन्ने निश्चित छ।

आजै अपराह्न निर्वाचित सभामुख श्रेष्ठलाई प्रदेश प्रमुख अनुराधा कोइरालाले शपथ ग्रहण गराउने कार्यक्रम छ। नवनिर्वाचित सभामुख श्रेष्ठले आजै साँझ पदभार ग्रहण गर्नेछन्।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...