संसदीय दलको नेतामा नेपाल गुट सोत्तर भए पछी प्रचण्ड आत्तिए,ओलीको पेलानमा पर्ने डरले माओबादीमा भुकम्प



हाम्रो इकोनोमि

खासगरि कुनै पनि राजनीतिक पार्टीको आन्तरिक राजनीतिक निर्णय र प्रक्रिया आम नागरिक र अन्य दल तथा नेताहरुको लागि खासै चासोको विषय नहुन पनि सक्छ। तर महत्वपूर्ण राजनीतिक निर्णय लिदा कस्तो अभ्यास गरिन्छ त्यो भने सबैको लागि चासो बिषय हुन सक्छ भन्ने उदाहरण एमालेको प्रदेशको मुख्य मन्त्रीको उमेद्वारको रुपमा हेरिएको संसदीय दलको नेताको चयनको चुनावमा देखिएको छ।

खासगरि प्रदेश नम्वर १ र ३ मा एमालेका संसदीय दलका उमेद्वार छान्ने प्रक्रिया र त्यस प्रक्रियालाई अपनाउन गरिएका पहल अनि त्यसको परिणामले एमाले वृत्तमा मात्र हैन पार्टी एकताको प्रक्रियामा रहेको भनिएको माओवादी भित्र पनि निकै वहश गर्माएको छ।

माओवादीसँगको सहकार्यका क्रममा एमालेले आफ्नो भागमा पाएको ४ वटा प्रदेशको मुख्यमन्त्री मध्ये प्रदेश ५मा शंकर पोखरेल संसदीय दलमा निर्विरोध भएर मुख्यमन्त्रीको लागि पक्का गरे। वाँकी रहेका १, ३ र ४ मा भने संसदीय दलको नेता छान्ने प्रक्रियाले एमालेको आन्तरिक जीवनको जगलाई नै हल्लाइदिएको छ। एमालेको जग नै हल्लिदा त्यसको पराकम्पले माओवादी केन्द्रलाई पनि केहि न केहि प्रभाव पारेको देखिन्छ।

एमालेका दुई प्रभावशाली नेताहरु पार्टीको आन्तरिक जीवनमा पराजीत भए। प्रदेश नम्वर १मा पार्टी सचिव भिम आचार्य पोलिटव्यूरो सदस्य शेरधन राईसँग हारे। आचार्य माधव नेपाल पक्षधर हुन भने राई केपी ओली पक्षधर। चुनावमा आचार्यलाई नेपालका अतिरिक्त झलनाथ खनाल र वामदेव गौतमले पनि समर्थन गरेको बताइएपनि ओली निकट राईले नै जीते।

प्रदेश नम्वर ३ मा एमाले प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीको रुपमा हेरिएको थियो। पार्टीको प्रदेश प्रमुख नै संसदीय दलको नेता बन्न चाहेपछि उनीलाई नै मुख्यमन्त्रीको रुपमा हेरिएको थियो। तर ओलीले हेटौडाका आफ्ना खास मान्छे डोरमणी पौडेललाई उठाएर पार्टीको प्रदेश प्रमुख शाक्यलाई नै हराइदिए।

एमालेमा लामो राजनीतिक जीवन रहेको शाक्य एमालेका नेता अमृत वोहोराकी पत्नी पनि हुन्। उनलाई माधव नेपाल र झलनाथ खनालको पनि समर्थन रहेको बताइएको थियो। तर उनी पनि चुनावमा हारिन।

चुनावमा पराजय व्यहोरे लगत्तै उनले आफूलाई अध्यक्ष ओलीले झुक्याएर धोका दिएको मात्र नभइ आफूलाई अपमान गरेको बताइन। उनले अध्यक्षले आफूलाई गुटगत राजनीतिको शिकार बनाएर एमालेले पहिलो महिला मुख्यमन्त्री बनाउने अवसर गुमाएको समेत बताइन। अध्यक्ष ओलीले चरम गुटवन्दी गरेर आफूलाई मुख्यमन्त्री हन नदिएको टिप्पणी गर्दै उनले आफ्नो राजनीतिक जीवनको पनि खिल्ली उडाएको शाक्यले कडा प्रतिक्रिया दिइन।

प्रदेश ४ मा पनि ओलीले आफू निकट पृथ्वीसुव्वा गुरुङलाई नै दलको नेता बनाएर अर्का नेता किरण गुरुङलाई पाखा लगाउन निर्देशन दिएको वामदेव गौतम निकटहरु बताउँछन्। यसो भएमा एमाले अध्यक्ष ओली निकट नै ४ जना मुख्यमन्त्री बन्ने पक्का हुने छ। जस्को अर्थ एमालेमा ओली एक्लो वादशाहको रुपमा थप स्थापित हुनेछन्। कुनै दिन आफ्ना प्रत्यासी का रुपमा देखिएका सबै नेतालाई पाखा लगाएका ओलीले अहिले सबै एक ठाउँमा मिल्दा पनि आफ्नो जति शक्ति बन्न दिएका छैनन। संसदीय दलको नेता चयनमा सहमति नगरेर चुनावमा धकेल्ने उनको नियत नै यसैको उपज भएको नेतृ शाक्य बताउँछिन।

एमालेमा खैलावैला मच्चाएको यो घटनाले माओवादी बृत्तमा पनि हलचल मच्चाएको छ। चुनाव अघी ६० र ४० भागवण्डा गरेको एमाले माओवादीले चुनाव पछि ७० र ३० प्रतिशत भागवण्डा हुने हिसाव एमालेका तर्फबाट आएको छ। यसलाई बर्षमान पुन लगायतका माओवादी नेताहरु पार्टी एकता नभइ विलय भन्दै फरक मत राखिरहेका छन्। आफ्नो पार्टी भित्र त गुटका कुरामा फरक मत राख्नेहरुलाई एकै झड्कामा सिध्याइदिने ओलीको चरित्र देखेपछि माओवादी केन्द्रभित्र पनि यसको समिक्षा हुनुपर्ने आवाज उठिरहेको छ।

पार्टी एकता हुनुअघी समान हैसियतमा रहेको माओवादी नेतृत्व एकतापछि कतै दोस्रो तहमा मात्र सिमित हुनुपर्ने त हैन भन्नेमा चिन्तित हुन थालेको छ। झलनाथ माधव वामदेवहरु सबै एकैठाउँ आउँदा त ओलीलाई केहि गर्न नसक्दा आफूहरु केहि प्रतिशत भाग लिएर मिल्न पुग्दा त्यसले पार्टीमा संकट निम्त्याउने होकी भन्ने चिन्तन माओवादी भित्रमा हुन थालेको छ।यसकारण पनि पार्टी एकता अघी पार्टीको सिद्धान्त मार्गदर्शन लगायतका विषयमा टुङगोमा पुग्नुपर्नेमा दुवै पक्षले जोड दिएका छन्।

माओवादी नेता चक्रपाणी खनाल वलदेवले एमालेले जवज छोड्न नसक्ने हामीहरु जवजमा जान नसक्ने अवस्थामा पार्टी एकता केहि पर पुग्न सक्ने बताउँछन्।

पार्टीले अगाल्ने सिद्धान्तको जति महत्वको छ त्यत्तिकै पार्टी एकतापछि नेतृत्व तहमा कसरी व्यवस्थापन हुन्छ को को प्रभावशाली बन्छन भन्ने कुराले धेरै अर्थ राख्ने देखिन्छ। माओवादी वृत्त एमालेको पछिल्ला सांगठिक गतिविधिलाई हेरेर हच्किएको छ। अहिले एमालेमा रहेका नेपाल र खनालहरुकै हैसियतमा पुग्ने हो भने पार्टी एकता गर्नुभन्दा समिकरण मात्र गरेर जानुपर्ने सुझाव पनि आउन थालेको छ।

हेर्डक्वाटरको नाममा पार्टीमा राज गरिरहेका माओवादीका नेताहरु कतै पार्टी एकता पछि एमाले महासचिवको अह्रन खटनमा पर्नुपर्ने होकी भन्ने चिन्तामा पनि देखिन्छन। एमाले अध्यक्ष जति शक्तिशाली देखिइरहेका छन् त्यससँगै उनै महासचिव ईश्वर पोखरेल शक्तिशाली बन्दै गएका हुन्। यो सत्यलाई राम्ररी बुझेका माओवादी नेतृत्व अझै स्पष्ट खाका नभएसम्म पार्टी एकता भन्दा पनि सत्ता समिकरणकै बिषयलाई मात्र लिएर जाने देखिन्छ।

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...