छोरीको बिहे टुंग्याउन घर गएका सिँचाइ सचिवको शव फेला, दुई जना अझै भेटिएनन्



त्रिशूली नदीमा जिपसहित हराएकामध्ये एक जनाको शव फेला परेको छ।
नेपाल सरकारका सिँचाइ सचिव रामानन्द यादवसहित चढेको बा २ झ ३१४० नं को जिप बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा आज बिहान दुर्घटनामा परेको थियो। हराएकामा सचिव यादवलाई मृतावस्थामा फेला पारिएको छ।

सशस्त्र प्रहरी गोताखोरको टोलीले उनको शव पानीबाट बाहिर निकालेको हो। बेपत्ता भएका उनका छोरा र एक किशोरी भने अझै भेट्टिएका छैनन्। जिपलाई डोरीले बाँधेर अड्काइएको प्रजिअ श्याम भण्डारीले जानकारी दिए।

नारायणघाटबाट काठमाडौँतर्फ आउँदै गरेको जिपमा मन्त्रालयका सचिव यादव, उनका छोरा सञ्जय र एक किशोरी सवार थिए। चालक निराजन यादव भने घाइते भएका छन्। अरु बेपत्ताको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमिल्सेनाले जानकारी दिए।

घाइते चालकलाई उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।
सिँचाइ सचिव रामानन्द प्रसाद यादव चढेको जिप त्रिशुलीमा खस्दा २ जना बेपत्ता भएका छन्। सिँचाइ सचिव यादवको शव फेला परेको छ

शनिबार बिहान पौने ३ बजे बा १ झ ३१४० नम्बरको सरकारी जिप पृथ्वीराजमार्गको सलाङ्घाटबाट करिब ५० मिटर तल नदीमा खसेको थियो।

उनको शव ड्राइभरको सिटबाटै निकालिएको प्रहरीले जनाएको छ। उद्दारमा संलग्न प्रहरीका अनुसार जिप सचिव यादवले नै चलाएको देखिएको छ। यसअघि सचिवका ड्राइभरले पनि जिप सचिव यादवले नै चलाएका बताएका थिए। गोताखोरले उक्त जिप १५ मिटर गहिराइमा पत्ता लगाएको बताइएको छ।

सचिव यादवसँग उनका २२ वर्षीय छोरा सन्तोष पनि थिए। उनीहरुसँगै वेपत्ता अर्की एक जना किशोरीको नाम खुल्न सकेको छैन।

छोरीको बिहेको टुंगो लगाउन घर कपिलवस्तु गएर काठमाडौँ फर्कैदै गरेका यादव दुर्घटनामा परेका हुन्। उनी छोरी रञ्जनाको बिहेको कुरो छिनेर छोरा सहित काठमाडौँ फर्किएका थिए।

उक्त जिपका चालक निरन्जन यादव भने घाइते अवस्थामा फेला परेका छन्।

दुर्घटना पछि पौडी खेल्दै गएका चालक यादवलाई स्थानीयले पुल मुनिबाट उद्दर गरेका थिए।

चालक यादवलाई प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौं पठाइएको चितवन प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री स्वदेश नफर्किँदासम्म रविलाई पक्राउ नगरिने

      प्रहरी स्रोतले पूर्वगृहमन्त्री लामिछानेलाई आजभोलि नै पक्राउ गर्ने सम्भावना नरहेको

दुर्गा प्रसाईको पक्राउविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन

     मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउको विरोधमा आज पनिविरोध प्रदर्शन भएको छ

बालेन प्रवृत्ति निरंकुश भयो, तानाशाह लाद्न खोजियो : अध्यक्ष निरौला

    नेकपा  एमाले काठमाडौंका अध्यक्ष दीपक निरौला बालेनको कार्यशैलीप्रति रुष्ट बन्नु भएको छ

कुलेखानी-सिस्नेरी सडक १२ दिन बन्द

  दक्षिणकाली-छैमले सडक कालोपत्रे गर्नका लागि हेटौँडा-काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडक १२ दिन