यी हुन एमालेबाट प्रतिनिधी सभाको समानुपातिक तर्फबाट सांसद हुने ३७ महिला र ४ पुरुष



निर्वाचन आयोगले शुक्रबार प्रतिनिधिसभाको समानुपातिकको सिट बाँडफाँट गरेर तीन दिनभित्र बन्द सूचीबाट नाम चयन गरेर पठाउन पाँच दललाई पत्र काटेको छ।

समानुपातिकका ३ प्रतिशत मत कटाएका एमाले, कांग्रेस, माओवादी केन्द्र, राजपा र फोरमलाई आयोगले तीनदिन भित्र केन्द्रीय समिति वा सो सरहको निकायबाट समावेशी सिद्धान्तका आधारमा उम्मेदवारको नाम चयन गर्न आग्रह गरको छ। दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्षबाट एक ६५ जना निर्वाचित भैसकेका छन् र अब समानुपातिकबाट एकसय १० जना निर्वाचित गर्ने प्रक्रिया सुरु भएको छ।

एक सय १० सदस्य समानुपातिकमा एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७ र संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले ६/६ जना सांसद पाएको निर्वाचन आयोगले जनाएको छ। संविधानको धारा ८४(८) अनुसार संघीय संसदमा कुनै पनि दलबाट कम्तिमा एक तिहाइ महिलाको प्रतिनिधित्व हुनुपर्ने व्यवस्था छ।

त्यस्तै कानुनमा उल्लेख भएको सातवटा कल्स्टरको अनुपातअनुसार निर्वाचित गर्नुपर्ने बाध्यता पनि छ जसमा खस आर्य ३१.२ प्रतिशत, आदिवासी जनजाती २८.७ प्रतिशत, थारु ६.६ प्रतिशत, दलित १३.३ प्रतिशत, मधेसी १५.३ प्रतिशत, मुस्लिम ४.४ प्रतिशत र पिछडिएको क्षेत्रबाट ४.३ प्रतिशत हुनुपर्नेछ।

आयोगका अनुसार एमालेले प्रत्यक्षमा ८०, समानुपातिकमा ४१ गरी प्रतिनिधिसमामा एक सय २१ सिट र राष्ट्रियसभामा २७ सदस्य जित्दै संघीय संसदमा एक सय ४८ सिट जितेको छ। सवैधानिक व्यवस्था अनुसार एमालेले कम्तिमा ४९ जना महिला संघीय संसदमा प्रतिनिधित्व गराउनुपर्छ।

प्रतिनिधिसभा र राष्ट्रियसभा गरी एमालेबाट जम्मा १३ जना महिलाले जितेका छन्। अब ४१ समानुपातिक सांसदमध्ये कम्तीमा ३७ जना महिला निर्वाचित गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ। एमालेको समानुपातिकबाट जम्मा चार जना पुरुष सांसद बन्न पाउने भएका छन्।

तीनजना पुरुष छनौट गर्दा सातवटै क्ल्स्टरको पहिलो नम्बरमा रहेका उम्मेदवार मध्येबाट छान्नुपर्ने कानुनी व्यवस्था छ। खस आर्यको पहिलो नम्बरमा रहेका मुकुन्द न्यौपाने, आदिवासी जनजाती कोटाको पहिलो नम्बरमा रहेका विजय सुब्बा, थारु कोटाको पहिलो नम्बरमा रहेका मझिलाल थारु, दलितको पहिलो नम्बरमा रहेका रामप्रित पासवान, मधेसी कोटाको पहिलो नम्बरमा रहेका मोतिलाल दुगड, मुस्लिम कोटाको पहिलो नम्बरमा रहेका समिम मियाँ अन्सारी र पिछडिएको क्षेत्रको पहिलो नम्बरमा मोहन बानियाँमध्ये चारजनाले मात्र सांसद बन्ने अवसर पाउने भएका छन्।

त्यस्तै ३७ जना महिलाको छनौट पनि यही सूत्रका आधारमा हुनेछ जसअनुसार आदिवासी जनजातिबाट ११ जना महिला पठाउनुपर्छ।

एमालेले बुझाएको बन्द सूचीको महिला क्रमसंख्या ११ सम्मका उम्मेदवार निर्वाचित गर्नुपर्ने बाध्यात्मक व्यवस्था भएकाले थममाया थापा मगर, डा. शिवमाया तुम्बाहाम्झे, सुजिता शाक्य, रामकुमार झाँक्री, बिना श्रेष्ठ, तुलसी थापा, नविना लामा, शान्तिमाया तामाङ, कुमारी मेचे, विनादेवी बूढाथोकी मगर र रणकुमारी बलमपाकी चुनिने छन्।

त्यस्तै खस आर्यबाट राधा ज्ञावली, विन्दा पाण्डे, गोमा देवकोटा, कल्याणीकुमारी खड्का, निरुदेवी पाल, मनकुमारी जिसी, मायादेवी न्यौपाने, विष्णु शर्मा, सरिता न्यौपाने, मेनाकुमारी भण्डारी र तीर्था गौतम निर्वाचित गर्नुपर्छ।

त्यस्तै थारु कोटाबाट दुई मात्र चुनिनेछन्। थारुको कोटाको पहिलो नम्बरमा रहेकी शान्ता चौधरी र दोस्रो नम्बरमा रहेकी लक्ष्मीकुमार चौधरी सांसद बन्नेछिन्।

दलित कोटाबाट निरादेवी जैर, विमला विश्वकर्मा, विमला विक, पार्वतीकुमारी विसुङ्गे र सानु शिवाले सांसद बन्नेछन्।

एमालेले मधेसी कोटाबाट ६ जना महिला पठाउनुपर्ने भएको छ। बन्द सूचीमा नाम रहेका जुलीकुमारी महतो, डा. पुष्पाकुमारी कर्ण, सरलाकुमारी यादव, रेखाकुमारी झा, सिरताकुमारी गिरी र सीता यादव मधेसी महिला कोटामा छानिने छन्।

यस्तै मुस्लिम कोटाबाट कालिला खान र समिना हुसेन सांसद बन्ने भएका छन्। पिछडिएको कोटाबाट पनि दुई जना मात्र महिला सांसद बन्न पाउने भएका छन्। बन्द सूचीअनुसार आशाकुमारी विक पिछडिएको क्षेत्रबाट सांसद बन्नुहुनेछ। बन्द सूचीमा पिछडिएको क्षेत्रबाट दोस्रो महिलाको नाम नभए पनि त्यसै क्लस्टरबाट अर्की महिला छान्नुपर्ने बाध्यता एमालेलाई छ।

प्रतिक्रिया दिनुहोस
तराइ मधेश समृद्धि कार्यक्रमका लागि दरबन्दी स्वीकृत, तीनवटा कार्यालय खारेज

    सरकारले तराइ मधेश समृद्धि कार्यक्रमका लागि तीन जनाको दरबन्दी स्वीकृत गरेको

सरकारले चुच्चे नक्सा अंकित १०० को नयाँ नोट छाप्ने

    नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट

रवि लामिछानेमाथि इजलासमा दुर्व्यवहार भएको छैन : कास्की प्रहरी

    कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

राजनीति नगर्न एनआरएनएलाई प्रधानमन्त्रीको सुझाव

     प्रधानमन्त्री केपी शर्माले गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र राजनीति नगर्न आग्रह गरेका