बुटवल पावरद्वारा एफपिओ बिक्रीको म्याद थप



बुटवल पावर कम्पनीले आह्वान गरेको थप निष्काशन (एफपिओ)मा मागअनुसारको आवेदन नपरेपछि संस्थागत लगानीकर्ताले पनि शेयर खरिद गर्न पाउने व्यवस्था गरिएको छ ।

सो कम्पनीको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले सबै शेयर बिक्री नभएकाले संस्थागत लगानीकर्तालाई शेयर दिने उल्लेख गरेको छ । कम्पनीले रु दुई अर्ब बराबरको एफपिओ जारी गरेकामा अझै रु ८० करोड बराबरको एफपिओ बिक्री भएको छैन ।

रु एक अर्ब २० करोड बराबरको मात्रै एफपिओ बिक्री भएपछि कम्पनीले संस्थागत रुपमा नै लगानी गर्न पाउने व्यवस्था गरिएको हो । कम्पनीले आज एक सूचनामार्फत संस्थागत लगानीकर्तालाई एफपिओ बिक्री गर्ने जानकारी दिएको हो । कम्पनीले यही माघ १५ गतेदेखि सर्वसाधारणका लागि भन्दै ४० लाख ८१ हजार कित्ता एफपिओ बिक्री खुल्ला गरेको थियो ।

कम्पनीले आफ्नो शेयर प्रतिकित्ता रु १०० मा रु ४०१ प्रिमियम मूल्य जोडेर प्रतिकित्ता रु ५०१ मा एफपिओ जारी गरेको हो । कम्पनीले साधारण शेयर (आइपिओ) बिक्री नगरी एफपिओ बिक्री गरेको भन्दै आलोचना भएको थियो । नेपाल धितोपत्र बोर्डले बुटवल पावर कम्पनीको एफपिओ कानून सम्मत् नै रहेको जनाएको थियो ।

हालसम्म निष्कासित सबै धितोपत्र खरिदका लागि आवेदन पर्न नआएकाले ‘धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका, २०७४’ अनुसार आजदेखि संगठिन संस्था वा प्रचलित कानून बमोजिम स्थापना भएका संस्थाले समेत शेयर खरिद गर्न पाउने गरी बिक्री खुल्ला गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सो कम्पनीको शेयर बिक्री प्रबन्धक एनएमबी क्यापिटल हो । क्यापिटलका अनुसार यही माघ २४ गतेसम्ममा जम्मा रु एक अर्ब २० करोड बराबरको मात्रै एफपिओ बिक्री भएको छ ।

उन्नति माइक्रो फाइनान्सको शेयर बाँडफाँड

उन्नति माइक्रो फाइनान्सको साधारण शेयर (आइपिओ) आज बाँडफाँड भएको छ । शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले गोलाप्रथाबाट गरेको बाँडफाँडमा १५ हजार १५ आवेदकले न्यूनतम १० कित्ता शेयर पाएका छन् ।

साधारण शेयर माग गरेका दुई लाख ४६ हजार ८९४ जनामध्ये दुई हजार ४६७ आवेदन रद्द भएको छ । शेयर आवेदनमा प्रष्ट नभएको र हितग्राही खाता नम्बर स्पष्ट नभएका आवेदकको समेत आवेदन रद्द भएको हो ।

उन्नतिले एक लाख ६५ हजार कित्ता साधारण शेयर निष्कासन गरेको थियो । जसमा आठ हजार २५० कित्ता शेयर सामूहिक लगानी कोष र छ हजार ६०० कित्ता कर्मचारीलाई छुट्याएर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ । भैरहवामा केन्द्रीय कार्यालय रहेको सो माइक्रो फाइनान्सले विभिन्न १० जिल्लामा सेवा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
तराइ मधेश समृद्धि कार्यक्रमका लागि दरबन्दी स्वीकृत, तीनवटा कार्यालय खारेज

    सरकारले तराइ मधेश समृद्धि कार्यक्रमका लागि तीन जनाको दरबन्दी स्वीकृत गरेको

सरकारले चुच्चे नक्सा अंकित १०० को नयाँ नोट छाप्ने

    नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट

रवि लामिछानेमाथि इजलासमा दुर्व्यवहार भएको छैन : कास्की प्रहरी

    कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

राजनीति नगर्न एनआरएनएलाई प्रधानमन्त्रीको सुझाव

     प्रधानमन्त्री केपी शर्माले गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र राजनीति नगर्न आग्रह गरेका