ओली नेतृत्वको सरकारमा सहभागी नहुने प्रचण्डको घोषणा, ‘रअ’ले दियो प्रचण्डलाई दायाँबायाँ नगर्न यस्तो चेतावनी



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेसँग पार्टी एकता हुनेमा विश्वस्त हुन सकेका छैनन् । आज भएको ओलीसँगको भेटवार्तामा उनले ओलीलाई बाहिरै बसेर सहयोग गर्ने वचनबद्धता जनाएका हुन्।

ओली निवास बालकोटमा भएको वान–टु–वान भेटवार्तामा प्रचण्डले तत्काल पार्टी एकता हुने संभावना नदेखेपछि ओलीलाई बाहिरै बसेर सहयोग गर्ने बताए । स्रोतका अनुसार प्रचण्डले यस्तो प्रस्ताव गरेपछि ओली भने झस्किएका छन् ।

प्रचण्ड निकट उच्च स्रोतले भन्यो,‘तत्काल एमालेसँग एकताको सुनिश्चितता् नदेखेपछि, प्रचण्डले बाहिर बसेर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो, उहाँले ओलीजीलाई प्रधानमन्त्री बन्नुहोस् म सहयोग र समर्थन गर्छु भन्नुभएको छ।’

ओलीको नेतृत्वमा जसरीपनि सरकार बनाउने ‘रअ’ को यस्तो छ मिसन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउन भारतीय खुफिया एजेन्सी ‘रअ’ले आफ्नो सक्रियता बढाएको छ ।

रअ का नेपाल स्टेशन प्रमुख अभिजीत हल्दरले ओलीको नेतृत्वमा मधेसवादी दललाई मिलाएर सरकार बनाउन प्रमुख भुमिका निर्वाह गरिरहरहेका छन् । ओलीलाई समर्थन गर्न हल्दरले मधेशी दललाई दबाब दिइरहेको उच्च स्रोतले बतायो। भारतले वाम गठबन्धन भ‌त्काउन खेल गरिरहेको समाचारहरु आइरहेको बेला अचानक भारतले केपी ओलीलाई समर्थन गरेर प्रधानमन्त्री बनाउन लबिङ थालेको हो ।

भारतीय विदेश मन्त्री सुष्मा स्वराजको भ्रमणपछि अचानक भारत र ओली एक अर्काप्रति बिश्वस्त हुँदै गएका छन् । भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भ्रमणको क्रममा ओलीले ४५ मिनेट ‘वान टु वान’ गोप्य वार्ता गरेका थिए । भेटमा सुष्मासँग ओलीले पञ्चेश्वर, बुढीगण्डकी, फास्ट ट्रयाक, जनकपुर अन्तर्राष्ट्रिय विमानस्थल र नेपालगंज अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा भारतलाई दिने प्रतिबद्धता जनाएका थिए ।

साथै भेटमा ओलीले नाकाबन्दीको बिषयमा माफी पनि मांगेका थिए र आफू प्रधानमन्त्री बनेपछि सार्बजनिक रुपमै नाकाबन्दीको लागि भारत र नेपाली जनतासँग माफी माग्ने प्रतिवद्धता ब्यक्त गरेको स्रोतको दाबी छ । स्वराज दुर्इ दिने भ्रमण सकेर स्वदेश फर्किएलगत्तै दिल्लीबाट आएको निर्देशन अनुरुप नै ‘रअ’ प्रमुख हल्दार ओलीको नेतृत्वमा सरकार बनाउन सक्रिय भएको बताइएको छ ।

स्रोतका अनुसार स्वराजले दिल्ली पुगेर प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक एक कुरा ब्रिफिङ्ग गरेपछी मोदीकै निर्देशनमा रअले सकियता बढाएको हो । मोदीले आफ्ना सुरक्षा सल्लाहकार अजित दोभाललाई बोलाएर नेपालमा जसरी हुन्छ ओली सरकार बन्नुपर्छ भनेपछि रअ अहिले पुरै एक्सनमा देखिएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकै सचिवालयबाट ओलीबिरुद्ध स्टेटमेन्ट, माओवादी नेताहरुको गठबन्धन बिरोधी वक्तव्य र प्रचण्डले वाम गठबन्धन तोडेर काँग्रेससँग मिलेर सरकार बनाउने तयारी गरिरहेको समाचारहरु आउन थालेपछि रअका एकजना अधिकारीले प्रचण्डलाई घरमै गएर यदि एमालेसँग गठबन्धन तोडे जे पनि हुन् सक्ने भन्दै धम्की समेत दिएको बताइएको छ । प्रचण्डलाई यसघि पनि रअ का तर्फबाट धेरै धम्की आइसकेको छ ।

हिजोमात्रै केही संचारमाध्यमले प्रचण्ड पुत्र प्रकाशलाई रअले नै मारेको संकेत गर्दै समाचारहरु प्रकाशित गरेका थिए । रअको धम्कीपछि प्रचण्ड अहिले तनाबमा रहेको बताइन्छ । देशको र पार्टीको आन्तरिक मामिला र निर्णयमा रअ को अस्वाभाविक चलखेललाई मान्ने कि के गर्ने भन्ने बिषयमा प्रचण्डले सोच्न सकेका छैनन्

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री स्वदेश नफर्किँदासम्म रविलाई पक्राउ नगरिने

      प्रहरी स्रोतले पूर्वगृहमन्त्री लामिछानेलाई आजभोलि नै पक्राउ गर्ने सम्भावना नरहेको

दुर्गा प्रसाईको पक्राउविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन

     मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउको विरोधमा आज पनिविरोध प्रदर्शन भएको छ

बालेन प्रवृत्ति निरंकुश भयो, तानाशाह लाद्न खोजियो : अध्यक्ष निरौला

    नेकपा  एमाले काठमाडौंका अध्यक्ष दीपक निरौला बालेनको कार्यशैलीप्रति रुष्ट बन्नु भएको छ

कुलेखानी-सिस्नेरी सडक १२ दिन बन्द

  दक्षिणकाली-छैमले सडक कालोपत्रे गर्नका लागि हेटौँडा-काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडक १२ दिन