वाम एकता संयोजन समिति बैठक आज, यस्ता छन् एजेण्डाहरु



एमाले–माओवादी केन्द्रले पार्टी एकतासम्बन्धमा अहिलेसम्म भएका कार्यप्रगति समीक्षा गर्दै थप रोडम्याप तयार पार्ने भएका छन्। एकता प्रक्रिया अपेक्षित रूपमा अगाडि बढ्न नसकेको गुनासो बढिरहँदा दुई पार्टीका अध्यक्षले शुक्रबार एकता संयोजन समितिको बैठक बोलाएका हुन्।

गत साता बसेको बैठकमा दुई अध्यक्षले आआफ्ना तर्फबाट केही गृहकार्य गर्नुपर्ने सुझाव आएपछि यो अवधिमा दुई अध्यक्षबीच पटक–पटक अनौपचारिक छलफल भएको छ । छलफलमा दुवै नेताले एकताको विधि के हुने भन्ने स्पष्ट निक्र्योल गरिसकेका छैनन् ।

तर आज यही विषयमा ठोस छलफल गर्ने गरी बैठक बोलाएको अध्यक्ष दाहालका स्वकीय सचिव जोखबहादुर महराले जानकारी दिए । शुक्रबारको बैठकले पार्टी एकताको संगठनात्मक र सैद्धान्तिक विषयमा गृहकार्य गर्न कार्यदल गठनको निर्णय गर्ने सक्ने सम्भावना छ । यसअघिको बैठकमा दुई अध्यक्षबीच थप गृहकार्य गरेपछि कार्यदल बनाउनुपर्ने सुझाव आएको थियो ।

एमाले र माओवादीबीच विशेष गरी पार्टी एकतापछिको अध्यक्ष पद कसले लिने भन्नेमा मुख्य समस्या छ । यो गाँठो फुक्नसके एकताको प्रक्रिया सहज रूपमा अघि बढ्न सक्ने अवस्था छ । फागुन दोस्रो साताभित्र सरकार बनाइसक्नुपर्ने भएकाले यस बीचमा पार्टी एकताको खाका तयार गरिसक्ने गरी दुवै दलको जोड छ ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री स्वदेश नफर्किँदासम्म रविलाई पक्राउ नगरिने

      प्रहरी स्रोतले पूर्वगृहमन्त्री लामिछानेलाई आजभोलि नै पक्राउ गर्ने सम्भावना नरहेको

दुर्गा प्रसाईको पक्राउविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन

     मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउको विरोधमा आज पनिविरोध प्रदर्शन भएको छ

बालेन प्रवृत्ति निरंकुश भयो, तानाशाह लाद्न खोजियो : अध्यक्ष निरौला

    नेकपा  एमाले काठमाडौंका अध्यक्ष दीपक निरौला बालेनको कार्यशैलीप्रति रुष्ट बन्नु भएको छ

कुलेखानी-सिस्नेरी सडक १२ दिन बन्द

  दक्षिणकाली-छैमले सडक कालोपत्रे गर्नका लागि हेटौँडा-काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडक १२ दिन