गोरखालाई विकासमा नमूना बनाउँछौँ : डा भट्टराई



हाम्रो इकोनोमि

नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गोरखालाई विकासमा नमूना बनाउने बताउनुभएको छ ।

ऐतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेको गोरखामा विकासका पूर्वाधार खडा गरेर नमूना जिल्ला बनाउने प्रण भट्टराईको छ ।

गोरखाको मानव सेवा आश्रमले गरेको स्वागत तथा सम्मान कार्यक्रममा आज उहाँले स्थानीय, प्रदेश र केन्द्रीय तहमा निर्वाचित जनप्रतिनिधिहरु मिलेर गोरखा विकासमा साझा योजना बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै मानव सेवा आश्रमलाई सांसद अवधि पाँच वर्षसम्म मासिक रु दुई हजारका दरले आर्थिक सहयोग गर्ने घोषणा भट्टराईले गर्नुभएको छ ।

आश्रमले बेसहारा, अपांग तथा अनाथलाई सडकबाट उद्धार गरी आश्रममा आवासीय सुविधा दिएर राखेको छ भने १८ जना बालबालिकालाई आवासीय सुविधा दिएर शिक्षा दिएको छ ।

यस्तै प्रदेश सांसद तथा नयाँ शक्तिका नेता हरिशरण आचार्यले पनि मासिक रु एक हजार आश्रमलाई सहयोग गर्ने बताउनुभयो । आश्रमका संरक्षक डा गोविन्द टण्डनले नेपाललाई मानवताको सहर बनाउने अभियान जारी रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
जनार्दनलाई आफ्नै जिल्लामा कालो झण्डा

    नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेपछि...

निजी क्षेत्रमाथि आक्रमण ठिक होइन : अर्थमन्त्री

    अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रमाथि आक्रमण ठिक नभएको बताएका छन् ।...

युवा संघले ५० हजार भन्दा बढी युवा उतार्ने

  नेकपा एमालेको ११ औँ महाधिवेशनमा युवा संघ नेपालले कम्तीमा ५० हजार युवा...

एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...