उन्नति माइक्रोफाइनान्सको सेयर बाँडफांड, २ लाख २९ हजार ४१२ जनाजनाले पाएनन् सेयर



हाम्रो इकोनोमि

उन्नति माइक्रोफाइनान्सले पुस २१ गतेदेखि २५ गतेसम्म खुला गरेको साधारण सेयर शुक्रबार बाँडफाँड भएको छ । सेयर विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा शुक्रबार विहान आइपिओ बाँडफाँड गरिएको हो ।

कुल २ लाख ४४ हजार ४७२ आवेदन परेकोमा २ हजार ४६७ जनाको आबेदन रद्द भएका छन। यी मध्ये १५ हजार १५ जना सर्वसाधारणलार्इ गोलाप्रथाबाट १० कित्ताका दरले एक लाख ५० हजार १५० कित्ता सेयर बाँडफाँड गरिएको छ। त्यस्तै १०१ कर्मचारीले ६ हजार ६०० कित्ता, १२ सामुहिक लगानी कोषले ८ हजार २५० कित्ता सेयर पाएका छन।

लघुवित्तको सेयरमा ५२.३८ गुणा बढी रकमको आवेदन परेकाले योग्य आवेदकमध्ये दुई लाख २९ हजार ४१२ जनाले सेयर प्राप्त गर्न सकेनन् ।

रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको माइक्रोफाइनान्सले लुम्बिनी अञ्चलका पाँच जिल्ला रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँचीसहित प्युठान, मनाङ, मुस्ताङ, पर्वत लगायत १० जिल्लाका २७ शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दे आएको छ ।

तीन करोड ८५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको उन्नति माइक्रोफाइनान्सको आइपीओपछि चुक्तापुँजी ५ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

गत आर्थिक वर्षमा एक करोड ६९ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको उन्नतिले चालू आवको प्रथम त्रैमासमा ४५ लाख १० हजार रूपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको प्रतिसेयर आम्दानी बार्षिक ४४ रुपैयाँ २ पैसा छ ।

प्रतिक्रिया दिनुहोस
सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...

आन्तरिक एकता सुदृढ बनाउन नेता-कार्यकर्तालाई ओलीको निर्देशन

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र...

दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...