ल्याण्डमार्क होटलको सामुहिक बलात्कार काण्डमा प्रहरीलाई समेत बलात्कार मुद्दा चल्ने गरी यस्तो आयो प्रतिबेदन



हाम्रो इकोनोमि

तीन साताअघि कमलादीको ल्याण्डमार्क होटल एन्ड अपार्टमेन्टमा भएको सामूहिक बलात्कार घटनामा प्रहरीको प्रत्यक्ष मिलेमतो देखिएको भन्दै उनीहरु विरुद्ध समेत मुद्दा चलाउन सिफारिस भएको छ। छानबिन समितिले मिलापत्रमा डिएसपी, इन्सपेक्टर र सईको प्रत्यक्ष संलग्नता देखिएको भन्दै त्यस्तो सिफारिस गरेको हो।

एसपी रामदत्त जोशी नेतृत्वको छानबिन समितिले बिहिबार एसएसपी रविन्द्र धानुकलाई बुझाएको हो। समितिले मिलापत्र गराउने तथा घटना लुकाउनेहरुमाथि समेत कडा कारबाहीको सिफारिस गरेको छ। फौजदारी दायित्व देखिएमा उनीहरु विरुद्ध समेत मुद्दा चलाउन सकिने छानबिन समितिका संयोजक जोशीले बताए।

समितिको विज्ञप्तिमा भनिएको छ– तीनै जना उपर हदैसम्मको कडाभन्दा कडा कारबाहीको सिफारिस समेत भएको र मुद्दा अनुसन्धानका क्रममा निजहरुले फौजदारी दायित्व वहन गर्नुपर्ने देखिएमा प्रचलित कानुन बमोजिम कारबाही समेत अघि बढी जाने।’

बिहीबार परिसरद्वारा जारी विज्ञप्तिमा घटना लुकाउने र मिलापत्र गराउनेहरुलाई पनि कारबाही गर्न सिफारिस गरिएको उल्लेख छ। डिएसपी तिलम भारतीलाई वृत्तबाट हटाएर कडा कारबाही गर्न सिफारिस गरिएको छ। उनलाई एक साताअघि नै त्यहाँबाट हटाइसकिएको छ।

मिलापत्रमा संलग्न डिएसपी भारतीलाई वृत्तबाट हटाइएको छ भने इन्सपेक्टर लक्ष्मणसिंह ठकुरी र सई चन्द्र भण्डारी निलम्बनमा परिसकेका छन्।

गत माघ ७ गते प्रेमी शैलेस कार्कीसँग होटलमा गएकी २० वर्षीया युवतीलाई चार जनाले बलात्कार गरेका थिए। घटनामा संलग्न कार्कीसहित विकास गौतम, दीपक श्रेष्ठ र रवि पौडेल फरार छन्।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...