मुख्यमन्त्रीका लागि आज प्रदेश १ मा एमाले संसदीय दलको निर्वाचन,भीम आचार्य र शेरधन राई बिच कडा प्रतिस्पर्धा



प्रदेश १ को मुख्यमन्त्रीको टुंगो आज लाग्दै छ । त्यसका लागि आज ११ बजे विराटनगरस्थित प्रदेश सभा भवनमा दलको बैठक बोलाइएको छ । सकेसम्म सर्वसम्मत, नभए मतदान प्रक्रियाबाट एमालेले संसदीय दलको नेता टुंगो लगाउने भएको छ । बहुमत प्राप्त दल एमालेको संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने पक्का छ । एमाले दलको नेता बन्न सचिव भीम आचार्य र पोलिटब्युरो सदस्य शेरधन राई मुख्य प्रतिस्पर्धामा छन् । केन्द्रीय सदस्य जीवन घिमिरेले दलको नेता बन्न आकांक्षा देखाए पनि उनी अन्तिममा दौडबाट बाहिरिने एमाले नेताहरूको विश्लेषण छ ।

दलको नेता राई कि आचार्य ?
एमाले प्रदेश १ का संयोजक सचिव आचार्य र सहसंयोजक राईबीच सहमतिको सम्भावना देखिँदैन । बिहीबार दिनभर दलको नेताका आकांक्षी आचार्य र राई आफ्नो पक्षका प्रदेश सभा सदस्यसँगको छलफलमा व्यस्त थिए । बिहान अबेरसम्म सहमति नभए ११ बजेपछि मनोनयन दर्ता हुने र अपराह्न ४ बजेसम्म संसदीय दलको नेता टुंगो लगाउने एमाले नेताहरूले बताएका छन् ।

बिहीबार दिनभर गुटको बैठक
संसदीय दलका प्रतिस्पर्धी सचिव भीम आचार्य पार्टीमा नेता माधव नेपाल पक्षका मानिन्छन् । अर्का नेता शेरधन राई संस्थापन पक्षका हुन् । संसदीय दलको नेता प्रक्रियाबाट छान्ने सम्भावना बढिरहँदा प्रदेश १ मा एमालेभित्रको गुट उदांगो भएको छ । बिहीबार दिनभर नेपाल पक्ष र संस्थापन (अध्यक्ष केपी ओली) पक्षका प्रदेश सांसदहरू भेला तथा छलफलमा थिए ।

संसदीय दलको नेताका अर्का आकांक्षी जीवन घिमिरे माधव नेपाल पक्षकै हुन् । उनलाई सहमतिमा ब्याक गराएर सचिव भीम आचार्यलाई सघाउन नेपाल पक्षले आग्रह गरिरहेको छ । नेपाल पक्षका एक नेताका अनुसार घिमिरे पछि हटिसकेका छन् । शुक्रबार मनोनयन दर्ताको समयसम्म घिमिरेले खुलेर आचार्यको पक्षमा मतदान गर्ने र आफ्नो उम्मेदवारी नदिने एमाले स्रोतको दाबी छ ।

उता, संस्थापन पक्षले भने सहमति शेरधनको नाममा गर्ने र नभए त्रिपक्षीय भिडन्त गराउने दाउमा छ । जीवन घिमिरेले समेत उम्मेदवारी दिए आचार्यको पक्षमा कम मत जाने भन्दै संस्थापन पक्षले घिमिरेलाई अन्तिम अवस्थासम्म प्रतिस्पर्धा गर्न सुझाइरहेको स्रोतले बतायो ।

घिमिरे ब्याक भए आचार्यको सम्भावना, नत्र शेरधन
केन्द्रीय सदस्य जीवन घिमिरेले चुनावी प्रक्रियामा गए सचिव भीम आचार्यलाई संसदीय दलको नेता बन्न गाह्रो हुने एमाले नेताहरूको आकलन छ । घिमिरे नेपाल पक्षकै भएकाले केही भोट घिमिरेको पक्षमा जाने र शेरधन संसदीय दलको नेता बन्ने बुझाइ कतिपय सांसदको छ । तर, घिमिरे पछि हट्ने सम्भावना बढी रहेकाले आचार्य दलको नेता बन्न सक्ने अर्कोथरीको बुझाइ छ । प्रदेश १ मा एमालेका ५१ सांसद छन् । नेपाल पक्षमा २५, संस्थापन पक्षमा २१ र पाँचजना तटस्थ देखिएको एमालेका एक नेताले बताए ।

को कहाँ बसेर सक्रिय ?
नयाँपत्रिकाका अनुसार प्रदेश १ को संसदीय दलको नेता टुंगो लगाउन माधव नेपाल पक्षका सचिव योगेश भट्टराई र अध्यक्ष केपी ओली पक्षका नेता भानुभक्त ढकाल दुवै विराटनगरमा छन् । सचिव भट्टराई विराटनगरस्थित एसिया पिक होटेलमा बसेर सांसदहरूलाई आचार्यको पक्षमा मनाउन प्रयासरत छन् । मुख्यमन्त्रीका आकांक्षी शेरधन राई भने फन एन्ड फुड रिसोर्टमा आफ्ना पक्षकासँग भेटघाटमा व्यस्त छन् । सचिव भीम आचार्यले भने इटहरीलाई बेस बनाएर आफ्नो गुट सांसदसँग सम्पर्कमा रहेको एमाले स्रोतले बतायो ।

कसरी मिलाइँदै छ सन्तुलन ?
प्रदेश १ का एमाले संयोजक भीम आचार्यसँग यसअघिको निर्वाचनमा टिकट लिने विषयमा माधव नेपाल पक्षकै केही नेता असन्तुष्ट छन् । जसलाई मिलाउने प्रयास सचिव योगेश भट्टराईलगायतले गरिरहेका छन् । माधव नेपाल पक्षले आचार्यलाई संसदीय दलको नेता छानेर उषाकला राई वा गणेश कामहाङमध्ये एकजनालाई सभामुख बनाउने निष्कर्ष निकालेको छ । अर्कोतर्फ संस्थापन पक्षले शेरधन राईलाई मुख्यमन्त्री बनाउने र जगदीश कुसियत वा अन्य कुनै खस–आर्य समुदायका सांसदलाई सभामुख बनाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री स्वदेश नफर्किँदासम्म रविलाई पक्राउ नगरिने

      प्रहरी स्रोतले पूर्वगृहमन्त्री लामिछानेलाई आजभोलि नै पक्राउ गर्ने सम्भावना नरहेको

दुर्गा प्रसाईको पक्राउविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन

     मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउको विरोधमा आज पनिविरोध प्रदर्शन भएको छ

बालेन प्रवृत्ति निरंकुश भयो, तानाशाह लाद्न खोजियो : अध्यक्ष निरौला

    नेकपा  एमाले काठमाडौंका अध्यक्ष दीपक निरौला बालेनको कार्यशैलीप्रति रुष्ट बन्नु भएको छ

कुलेखानी-सिस्नेरी सडक १२ दिन बन्द

  दक्षिणकाली-छैमले सडक कालोपत्रे गर्नका लागि हेटौँडा-काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडक १२ दिन