ओली र प्रचण्ड नमिल्ने भए पछी मोहन वैद्य र विप्लवले पार्टी एकता चाँडै गर्ने भन्दै निकाले यस्तो विज्ञप्ति



मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पार्टी एकतालाई छिटै टुङ्गोमा पुर्‍याउने निष्कर्ष निकालेका छन्।

दुई पार्टीका शीर्ष नेता सम्मिलित उच्चस्तरीय बैठकले क्रान्तिकारी कम्युनिस्ट पार्टीबीचको एकता आवश्यक रहेको ठहर गर्दै कता प्रक्रियालाई छिटै टुंगोमा पुर्‍याउने निर्णय गरेको हो।

दुई वामपन्थी दल नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकताको विषयमा निर्णायक छलफल चलाइरहेका बेला विप्लव र किरण नेतृत्वको माओवादीले समेत एकता प्रक्रिया अघि बढाएका हुन्। क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलले क्रान्तिकारी शक्तिबीच कार्यगत एकता भइरहेका समय त्यसलाई पार्टी एकतामा रुपान्तरण गर्न दुवै दलका नेताले निर्णय गरेको नेपाल लाइभलाई बताए।

किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले ऋषि कट्टेल नेतृत्वको नेकपा र मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसालसँग कार्यगत एकता गर्दै आएको छ।

नेकपाका महासचिव विप्लव र नेकपा क्रान्तिकारी माओवादीका महासचिव किरणले बिहीबार संयुक्त विज्ञप्ति निकाल्दै पार्टी एकताको प्रक्रियालाई अगाडि बढाउन छिटै आवश्यक पहल गर्ने निर्णय गरिने बताए।

दुवै महासचिवद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय स्वाधीनता, जनतान्त्रिक अधिकार र सामाजिक, राजनीतिक तथा आर्थिक क्षेत्रमा आमूल परिवर्तन गर्न क्रान्तिकारी कम्युनिस्टहरुबीचको एकता अनिवार्य आवश्यकता बन्न पुगेको छ भन्ने अघिल्लो बैठकको निष्कर्ष सही सावित भएको छ। यो प्रक्रियालाई अगाडि बढाउन छिटै आवश्यक पहल गर्ने निर्णय गरिएको छ।’

यता नेकपा माओवादी केन्द्रका नेता रामनारायण विडारीले अबको प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत पार्टीको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै हुने ठोकुवा गरेका छन् । उनले भने,‘सकेसम्म सरकार गठन सँगसँगै नभए एक दुई दिनपछि भएपनि पार्टी एकता हुन्छ, एकीकृत पार्टीको अध्यक्ष प्रचण्ड नै बन्नुहुन्छ।’

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता विडारीले दुवै पार्टीको एउटै सिद्धान्त र विचार भएकोले परिवर्तनका संवाहकद्धय नेता ओली र प्रचण्ड एक-एक पदमा बस्ने भएकोले आली प्रधानमन्त्री बन्दा प्रचण्ड अध्यक्ष बन्ने विश्वास दिलाए । एकता प्रक्रिया आँफैमा गाह्रो काम भएकोले समय लाग्नु स्वभाविक भएको उनको स्पष्टोक्ति थियो ।

यद्धपी उनले पार्टी एकताको विषयमा दुवै पार्टीका अध्यक्षद्धय ओली र प्रचण्डले धेरै पटक वान–टु–वान भेटवार्ता गरेको र दुवै पार्टीका दोस्रो तहका नेताहरुवीच पनि धेरै पटक सामूहिक वार्ताहरु भैरहेको जनाए । एमाले र माओवादी अब एउटै पार्टी भैसकेकोले घोषणा गर्न मात्रै बाँकी रहेको विडारीको भनाई थियो ।

अब बन्ने सरकारसामू अवसरसँगै चूनौतिहरु प्नि प्रशस्तै रहेको उनले बताए । अझैपनि एक सयजति कानून निर्माण गर्न बाँकी रहेको उनले सुनाए । उनले भने,‘प्राकृतिक स्रोत तथा वित्त आयोगसम्बन्धी कानूनहरु बनाउन बाँकी छ, संघीयता नेपालको लागि नयाँ हो, त्यसैले अवसरहरु धेरै छन्, यो सँगै चूनौतिहरु प्नि छन्, यी सबैलाई हल गर्नुपर्छ।’ विडारीले फागुणको १५ गतेभित्रै एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने विश्वास दिलाए ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री स्वदेश नफर्किँदासम्म रविलाई पक्राउ नगरिने

      प्रहरी स्रोतले पूर्वगृहमन्त्री लामिछानेलाई आजभोलि नै पक्राउ गर्ने सम्भावना नरहेको

दुर्गा प्रसाईको पक्राउविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन

     मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउको विरोधमा आज पनिविरोध प्रदर्शन भएको छ

बालेन प्रवृत्ति निरंकुश भयो, तानाशाह लाद्न खोजियो : अध्यक्ष निरौला

    नेकपा  एमाले काठमाडौंका अध्यक्ष दीपक निरौला बालेनको कार्यशैलीप्रति रुष्ट बन्नु भएको छ

कुलेखानी-सिस्नेरी सडक १२ दिन बन्द

  दक्षिणकाली-छैमले सडक कालोपत्रे गर्नका लागि हेटौँडा-काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडक १२ दिन