प्रतिनिधिसभाको समानुपातिक सिट बाँडफाँट गर्दै यसरी अन्तिम नतिजा निकाल्दैछ आयोग,कुन दलका कति सांसद?



हाम्रो इकोनोमि

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतपरिणाम आज सार्वजनिक गर्दैछ। आयोगले साँझसम्म प्रतिनिधिसभा निर्वाचनमा दलहरुले प्राप्त गरेको सिटको बाँडफाँट सार्वजनिक गर्न लागेको हो।

आयोगका प्रवक्ता नवराज ढकालले आज बेलुकासम्म प्रतिनिधिसभाको समानुपातिक नतिजा सार्वजनीक गर्ने बताए। समानुपातिकको मतगणना सकिए पनि कानुनी जटिलता देखिएको भन्दै आयोगले त्यसको नतिजा रोकेर राखेको थियो। राष्ट्रियसभाको निर्वाचन सम्पन्न भएर नतिजा आएसँगै आयोगले प्रतिनिधिसभा सदस्यको मतपरिणाम सार्वजनिक गर्न लागेको छ।

आयोगका अनुसार थ्रेसहोल्ड कटाएका ५ वटा राष्ट्रिय पार्टीलाई मात्र समानुपातिकको सिट बाँडफाँट गरिनेछ। गत मंसिर १० र २१ गते भएको निर्वाचनमा एमाले, माओवादी, कांग्रेस र दुई मधेसकेन्द्रित दल राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरमले थ्रेसहोल्ड कटाएका थिए।

आयोगका अनुसार पहिलो दल बनेको एमालेले समानुपातिकतर्फ ३१ लाख ७३ हजार ४ सय ९४ मत ल्याएको छ। प्रत्यक्षतर्फ दोस्रो भए पनि कांग्रेसले समानुपातिकतर्फ ३१ लाख २८ हजार ३ सय ८९ मत र तेस्रो माओवादीले १३ लाख ३ हजार ७ सय २१ मत प्राप्त गरेको छ।

राष्ट्रिय जनता पार्टी नेपालले ४ लाख ७२ हजार २ सय ५४ र संघीय समाजवादी फोरम नेपालले ४ लाख ७० हजार २ सय १ मत ल्याएका छन्।

आयोगले समानुपातिकतर्फको सिट बाँडफाँट गर्दै तीन दिनभित्र नामावली बुझाउन दलहरुलाई समय सीमा दिने तयारी गरेको छ। समानुपातिकतर्फको नतिजासँगै निर्वाचनको सम्पूर्ण विवरण फागुनको पहिलो साताभित्र राष्ट्रपतिलाई बुझाउने निर्वाचन आयोगको तयारी छ।

त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...