प्रतिनिधिसभाको समानुपातिक सिट बाँडफाँट गर्दै यसरी अन्तिम नतिजा निकाल्दैछ आयोग,कुन दलका कति सांसद?



हाम्रो इकोनोमि

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतपरिणाम आज सार्वजनिक गर्दैछ। आयोगले साँझसम्म प्रतिनिधिसभा निर्वाचनमा दलहरुले प्राप्त गरेको सिटको बाँडफाँट सार्वजनिक गर्न लागेको हो।

आयोगका प्रवक्ता नवराज ढकालले आज बेलुकासम्म प्रतिनिधिसभाको समानुपातिक नतिजा सार्वजनीक गर्ने बताए। समानुपातिकको मतगणना सकिए पनि कानुनी जटिलता देखिएको भन्दै आयोगले त्यसको नतिजा रोकेर राखेको थियो। राष्ट्रियसभाको निर्वाचन सम्पन्न भएर नतिजा आएसँगै आयोगले प्रतिनिधिसभा सदस्यको मतपरिणाम सार्वजनिक गर्न लागेको छ।

आयोगका अनुसार थ्रेसहोल्ड कटाएका ५ वटा राष्ट्रिय पार्टीलाई मात्र समानुपातिकको सिट बाँडफाँट गरिनेछ। गत मंसिर १० र २१ गते भएको निर्वाचनमा एमाले, माओवादी, कांग्रेस र दुई मधेसकेन्द्रित दल राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरमले थ्रेसहोल्ड कटाएका थिए।

आयोगका अनुसार पहिलो दल बनेको एमालेले समानुपातिकतर्फ ३१ लाख ७३ हजार ४ सय ९४ मत ल्याएको छ। प्रत्यक्षतर्फ दोस्रो भए पनि कांग्रेसले समानुपातिकतर्फ ३१ लाख २८ हजार ३ सय ८९ मत र तेस्रो माओवादीले १३ लाख ३ हजार ७ सय २१ मत प्राप्त गरेको छ।

राष्ट्रिय जनता पार्टी नेपालले ४ लाख ७२ हजार २ सय ५४ र संघीय समाजवादी फोरम नेपालले ४ लाख ७० हजार २ सय १ मत ल्याएका छन्।

आयोगले समानुपातिकतर्फको सिट बाँडफाँट गर्दै तीन दिनभित्र नामावली बुझाउन दलहरुलाई समय सीमा दिने तयारी गरेको छ। समानुपातिकतर्फको नतिजासँगै निर्वाचनको सम्पूर्ण विवरण फागुनको पहिलो साताभित्र राष्ट्रपतिलाई बुझाउने निर्वाचन आयोगको तयारी छ।

त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...