२१ वर्षअघिको लागूऔषध मुद्दामा एभरेष्ट होटलका मालिक लारी पक्राउ



हाम्रो इकोनोमि

लागूऔषध तस्करी मुद्दामा फरार रहेका एभरेष्ट होटलका संचालक मस्कुर अहमद लारी पक्राउ परेका छन्। महानगरीय प्रहरी कार्यालय र महाराजगंज वृत्तलेले बिहिबार उनलाई महाराजगञ्जबाट पक्राउ गरेको हो।

२१ वर्षअघिको लागूऔषध मुद्दामा उनी पक्राउ परेका हुन्।

१९९७ मा जर्मनीको फ्रयांकफर्ट विमानस्थलमा फेला परेको २ सय ५० किलो चरेस बरामद भएको थियो। जसमा उनको संलग्ता खुलकोे थियो।

प्रहरीले पक्राउ गर्न नसकेपछि अभियुक्त फरार रहेको भनी जिल्ला अदालतमा मुद्दा तामेली राखिएको थियो। तर जिल्लाले उक्त मुद्दा जगाउँदै पुन सुनुवाइ गरेपछि २०६८ मा मस्कुरको नाममा पक्राउ आदेश जारी भएको थियो। त्यसयता उनी फरार थिए।
दुई दिनअघि मात्र एभरेष्ट होटलको शेयरसम्बन्धि विवाद मुद्दा उनले जितेका थिए।
महानगरीय प्रहरी कार्यालय,रानीपोखरीका डिआईजी गणेश केसीले लारी पक्राउ परेको पुष्टि गर्दै उनलाई अदालत पेश गर्ने तयारी भइरहेको बताए।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...