२१ वर्षअघिको लागूऔषध मुद्दामा एभरेष्ट होटलका मालिक लारी पक्राउ



हाम्रो इकोनोमि

लागूऔषध तस्करी मुद्दामा फरार रहेका एभरेष्ट होटलका संचालक मस्कुर अहमद लारी पक्राउ परेका छन्। महानगरीय प्रहरी कार्यालय र महाराजगंज वृत्तलेले बिहिबार उनलाई महाराजगञ्जबाट पक्राउ गरेको हो।

२१ वर्षअघिको लागूऔषध मुद्दामा उनी पक्राउ परेका हुन्।

१९९७ मा जर्मनीको फ्रयांकफर्ट विमानस्थलमा फेला परेको २ सय ५० किलो चरेस बरामद भएको थियो। जसमा उनको संलग्ता खुलकोे थियो।

प्रहरीले पक्राउ गर्न नसकेपछि अभियुक्त फरार रहेको भनी जिल्ला अदालतमा मुद्दा तामेली राखिएको थियो। तर जिल्लाले उक्त मुद्दा जगाउँदै पुन सुनुवाइ गरेपछि २०६८ मा मस्कुरको नाममा पक्राउ आदेश जारी भएको थियो। त्यसयता उनी फरार थिए।
दुई दिनअघि मात्र एभरेष्ट होटलको शेयरसम्बन्धि विवाद मुद्दा उनले जितेका थिए।
महानगरीय प्रहरी कार्यालय,रानीपोखरीका डिआईजी गणेश केसीले लारी पक्राउ परेको पुष्टि गर्दै उनलाई अदालत पेश गर्ने तयारी भइरहेको बताए।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...