ओलीको यस्तो दबाबलाई प्रचण्डको लात, पार्टी एकता भाँडिने ‘निश्चित’



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच मनमुटाव बढेको छ। वाम गठबन्धनका शीर्ष दलको नेता ओलीको प्रस्ताव प्रचण्डले लत्याएपछि दुबै नेताबीच सम्बन्ध चिसिएको उच्च स्रोतले बतायो।

खासगरी प्रचण्डको सचिवालयले ओलीलाई ‘भारतीय दलाल’को संज्ञा दिएपछि ओली र एमाले असन्तुष्ट रहँदै आएको छ। यसै विषयमा ओलीले आफूलाई भारतीय दलाल भनेर आलोचना गर्ने प्रचण्डका प्रेस सहयोगी मनहरि तिमिल्सीनालाई हटाउन दबाब दिएका थिए। तर सो दबाब लत्याउँदै प्रचण्डले उनलाई नहटाएपछि दुई पार्टीबीच दुरी बढेको स्रोतको दाबी छ। प्रचण्डका सहयोगी तिमिल्सीनाले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भ्रमणलाई लिएर ओलीको विरोध गरेका थिए। उनले ओलीको तुलना कुकुरको पुच्छरसँग गरेपछि एमालेमा खैलाबैला भएको थियो।

यो प्रकरणले उग्र रुप लिएपछि तिमिल्सीना केही दिन विदामा बसेर पुन प्रचण्डको सचिवालयमा काममा फर्किएका छन्। उनलाई प्रचण्डले हटाउनुभन्दा पनि विदामा बस्न भनेका थिए। यो बीचमा उनी विरामी समेत भएकाले विदामा बस्दा एमालेले हटाएको ठानेको थियो। तर, पुन काममा फर्किएपछि एमाले प्रचण्डसँग सशंकित बनेको हो। मनहरिलाई पुन काममा फर्काएर प्रचण्डले उनको भनाई (ओली भारतीय दलाल)मा मौन समर्थन जनाएका छन्।

यसरी एमाले र माओवादीबीच दुरी बढ्दै गएपछि वाम एकताको प्रक्रिया अनिश्चित बन्न पुगेको छ। जानकारहरुका अनुसार यस्तै सिलसिला चलिरहे एकता नहुने निश्चित छ।

यसअघि आजै एमाले महासचिव ईश्वर पोखरेलले माओवादी केन्द्रका नेता वर्षमान पुनमाथि ‘रअ’सँग साँठगाँठ रहेको आरोप लगाएका थिए। यसबाट पनि दुई दलबीच पछिल्लो समय दुरी बढ्दै गएको देखिन्छ। पार्टी एकता गर्ने भनेर निर्वाचनबाट जनमत पाएका दुई दल एक हुनुभन्दा पनि सत्तामा जान हतारिएका छन्। यसबाट उनीहरु एकता नगर्ने पक्षमा रहेको बुझ्न सकिन्छ। यद्यपी आगामी दिनमा एकता गर्छन कि एक्लाएक्लै हिड्छन त्यो हेर्न बाँकी नै छ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री स्वदेश नफर्किँदासम्म रविलाई पक्राउ नगरिने

      प्रहरी स्रोतले पूर्वगृहमन्त्री लामिछानेलाई आजभोलि नै पक्राउ गर्ने सम्भावना नरहेको

दुर्गा प्रसाईको पक्राउविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन

     मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउको विरोधमा आज पनिविरोध प्रदर्शन भएको छ

बालेन प्रवृत्ति निरंकुश भयो, तानाशाह लाद्न खोजियो : अध्यक्ष निरौला

    नेकपा  एमाले काठमाडौंका अध्यक्ष दीपक निरौला बालेनको कार्यशैलीप्रति रुष्ट बन्नु भएको छ

कुलेखानी-सिस्नेरी सडक १२ दिन बन्द

  दक्षिणकाली-छैमले सडक कालोपत्रे गर्नका लागि हेटौँडा-काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडक १२ दिन