राष्ट्रियसभामा पनि वाम गठबन्धनको बहुमत, कहाँ को विजयी भए ? (सूचीसहित)



हाम्रो इकोनोमि

राष्ट्रियसभामा पनि एमाले र माओवादी केन्द्रको वाम गठबन्धनको प्रष्ट बहुमत आएको छ । तर, एमाले एक्लैको भने बहुमत पुगेन ।

मंगलबार चुनाव भएका ३२ मध्ये २९ सिटको अन्तिम मत परीणाम आइसकेको छ भने तीन सिटको गणना जारी छ । २४ सदस्य भने निर्विरोध निर्वाचित भएका थिए ।

निर्वाचित र निर्विरोध गरी ५३ सिटको परीणम आउँदा वाम गठबन्धनले ३६ सिट जितेको छ । जसमा एमालेको २५ सिट छ भने माओवादीले ११ सिट जितेको छ । कांग्रेसले १३ सिट जित्दा राजपा र संघीय समाजवादी फोरमले २-२ सिट जितेका छन् ।

कुन प्रदेशमा के भयो ?

प्रदेश १ बाट ६ सदस्य निर्विरोध भएका थिए । दलित र अपाङ्ग तथा अल्पसंख्यक कोटामा चुनाव भएको थियो र दुबैमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । चुनावी प्रतिस्पर्धामा कांग्रेस उम्मेदवारहरु हारेका छन् ।

प्रदेश २ बाट आठै सदस्य निर्विरोध चयन भए । उनीलाई बुधबार नै प्रमाणपत्र दिइएको छ ।

प्रदेश ३ मा वाम गठबन्धनका महिला कोटाकी उम्मेदवार गंगा पराजुली पराजित भइन् । त्यहाँ एमालेका दुई महिला उम्मेदवार र कांग्रेसका एक विजयी भएका छन् । यस्तै नेमकिपा र राप्रपाका उम्मेदवार पनि हारेका छन् ।

प्रदेश ४ मा खुला र महिलातर्फ कांग्रेस र वाम गठबन्धनका उम्मेदवार विजयी भए । राजमोका उम्मेदवार पराजित भए । दलित कोठामा वाम गठबन्धनले कांग्रेस उम्मेदवारलाई पराजित गर्दा अपाङ्गमा कांग्रेस उम्मेदवार निर्विरोध भएका थिए ।

प्रदेश ५ मा महिला समूहबाट तीन सदस्य यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । दलित र अपाङ्ग तथा अल्पसंख्यकका साथै खुलातर्फ दुई सिट वाम गठबन्धनले जित्दा खुला तर्फको एक सिटमा कांग्र्रेस उम्मेदवार विजयी भएका छन् ।

त्यहाँ पनि राजमोका उम्मेदवार पराजित भए ।

प्रदेश ६ को खुलाको गणना जारी छ । महिला, दलित र अपाङ्ग तथा अल्पसंख्यकमा वाम गठबन्धन विजयी भएका छन् ।

प्रदेश ७ मा मात्र दुई सिटका लागि चुनाव भएको थियो र दुबै सिट वाम गठबन्धनले जितेको छ ।

काे काे विजयी भए ?

 

प्रतिक्रिया दिनुहोस
चीनको १५आौं पञ्चवर्षीय योजनाबाट नेपाल लाभान्वित हुनुपर्छ

    चीन सम्बन्धका विज्ञहरुले चीनको खुलापन र १५आौं पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष...

दुई वटा बस ठोकिँदा ट्रिपर चालकको मृत्यु

    पृथ्वी राजमार्ग अन्तर्गत धादिङ, थाक्रे–६, दसकिलोमा बस दुर्घटना हुँदा एक जनाको...

रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...