राष्ट्रिय सभामा ९९ प्रतिशत मतदान भयो,पाँच बजेदेखि यसरी हुदैछ मतगणना



हाम्रो इकोनोमि

राष्ट्रिय सभाको निर्वाचन सातै प्रदेशमा सम्पन्न भएको छ।
प्रदेश १ को विराटनगर, ३ को ललितपुर, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र प्रदेश ७ को डोटीमा १० बजेबाट सुरु भएको निर्वाचन ३ बजे सम्पन्न भएको निर्वाचनमा ९९ प्रतिशत मत खसेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए। उनले बुधबार पाँच बजेदेखि सबै प्रदेशमा मतगणना हुने जानकारी दिए।

निर्वाचन सकिएलगत्तै मतगणना सुरु हुने र बिहीबारबाटै परिणाम आउन सुरु हुने र शुक्रबारभित्र सबै परिणाम सार्वजनिक गरिसक्ने आयोगका ढकालले जानकारी दिए।
प्रदेश ४ मा राष्ट्रियसभा सदस्य चयनका लागि भएको निर्वाचनमा प्रदेशसभा सदस्य दिपक मनाङ्गे भनिने राजिव गुरुङ बाहेक अरु सबैले मतदान गरेका छन्।
५ वर्ष जेल सजाय गर्ने पुरानावेदनको फैसलालाई सर्वोच्चले सदर गरेपछि फरार उनले सपथ नै लिएका छैनन्। निर्वाचन आयोगका अनुसार ३ बजेपछि मतगणना शुरु हुनेछ।

प्रदेश ५ मा ३०५ जना मतदातामध्ये ३०३ जनाले मतदान गरेका छन् । रुपन्देहीकी विना पन्त र बाँकेका अहमद साहले मतदान गरेका छैनन् । उनीहरु संघीय समाजवादी फोरम नेपालका हुन्।

राष्ट्रियसभा निर्वाचनमा चयन हुने ८ सदस्यमध्ये तीन जना महिला सदस्य निर्विरोध निर्वाचित भइसकेका छन्। निर्वाचनको मत परिणाम बुधबार नै राति १० बजेसम्म आउने भएको छ। तीन बजे मतदान सकिएपछि दलहरुसँग छलफल गरेर चार बजेदेखि मतगणना सुरु गर्ने र १० बजेसम्म नतिजा दिने निर्वाचन आयोगले जानकारी दियो।

प्रदेश ६ मा पनि निर्वाचन सम्पन्न भयो। अस्थायी मुकाम सुर्खेतको वीरेन्द्रनगरस्थित जिल्ला निर्वाचन कार्यालयमा मतदान भएर सतप्रतिशत मतदान भएको हो। प्रदेश ६ मा ८ जना राष्ट्रिय सभा सांसदका लागि जम्मा १९८ जना मतदाताले नै मतदान गरेका छन्। प्रदेश सभा सांसद ४० जना र बाँकी नगरपालिका र गाउँपालिकाका प्रमुखरउपप्रमुख गरी १५८ जना मतदाताले मतदान गरेका हुन्।

खुला र महिला ३/३ र दलित, अल्पसंख्यक तथा अपाङगताका लागि एक/एक जना सांसदका लागि प्रदेश ६ मा एमाले, माओवादी र कांग्रेसबाट गरी १२ जना उम्मेदवार रहेका छन्। जसमा एमालेबाट ५ जना, माओवादी ३ जना र कांग्रेसबाट ४ जना उम्मेदवार छन्।

त्यस्तै प्रदेश ७ मा दुई सय २७ जनाले मतदान गरेका छन्। २२९ जना मतदातामध्ये राष्ट्रिय जनता पार्टी नेपालका दुई प्रदेशसभा सांसदले मतदान गरेनन्।

दिपायलको स्थानीय पद्म पव्लिक मुक्तिनारायण माविमा भएको मतदानमा २२७ जना मतदाताले दिउँसो १ बजेसम्म नै मतदान गरिसकेका थिए। राजपाका प्रदेश सांसदहरु मालमती राना थारु र कृष्णकुमार चौधरी मतदानमा आएका छैनन्। मतगणनाको विषयमा छलफल गर्न बुधबार दिउँसो दुई बजे निर्वाचन अधिकृतको कार्यालयले सर्वपक्षीय बैठक बोलाएको छ।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...