नेप्से ११ महिना यता कै न्यून बिन्दुमा, साँढे २६ करोडको सेयर कारोवार



हाम्रो इकोनोमि

साताको चौथो दिन बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ। आज नेप्से परिसूचक १२.०१ अंकले घटेर १३८२.०२ अंकमा आएर रोकिएको छ। यो बिन्दु ११ महिना यता कै न्यून बिन्दु हो । यस अघि गत चैत्र ६ गते नेप्से १३८२.१९ को बिन्दुमा पुगेको थियो । त्यसपछि आज सूचक चैत्र ६ गतेको भन्दा पनि कम भएको हो ।

बुधबार १५२ कम्पनीका सात लाख ४२ हजार कित्ता शेयर २६ करोड ५५ लाख रुपैयामा कारोबार भयो। बुधबार सबैभन्दा बढी नेपाल बैंक लिमिटेडको पाँच करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो।

उपसूचक मिस्रित देखिएका छन्। १० समुहको कारोबारमा आठ समूह घटेका छन् भने दुई समूह बढेका छन्। बैंक १०.०५, होटल १८.१३, विकास बैंक ६.५७, जलाबिद्युत १.६३, बीमा ८३.०५, उत्पादनमूलक १६.२९, अन्य ९ र लघुबित्त १५.९१ अंकले घटेका छन्।

गुहेश्वरी मर्चेन्ट बैंकका शेयरधनीले सबैभन्दा बढी करिब सात प्रतिशत कमाएका छन्। कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंकका शेयरधनीले करिब पाँच प्रतिशत गुमाए।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...